Saturday, November 2, 2024

मेरो प्राण नआउदा घर

   मेरो प्राण नआउदा घर

-----------------------------

 मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

बालापनको संगी र साथी !

कहिले लाहुरे सोध्दछन दिन राति !!

घरको आफ्नै आटो र पिठो !

रोटी ढिडो गरको झन् मिठो !!

  मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

------------------१ -------------------------

सोधीराछन इष्ट र मित्र !

कहिले लाहुरे दिनलाई आशिष !!

वैली गयो टिका र जमरा !

बुढी आमा बगाउछिन दश धारा !!

 मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

--------२ ------------------------

बाल बच्चा नाना र चाचा ले  !

पिङ्ग खेल्दै बाबाको आशाले !!

खेल्ने बेला देउसी र भैलो !

अध्यारै छ पिढी र दैलो !!

 मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

-----३ -------------------------

सयपत्री फूल पनि वैलियो !

मालश्री धून पनि बन्द भो !!

झिलीमिली रमझम नि छैन !

देउसी गीत छमछम नि छैन !!

मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

--------------------४ ------------

    डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

रचना मिति : २०८१ कार्तिक १७ गते शनिबार (भाईटिका दिन )

No comments:

Post a Comment