Sunday, June 25, 2017


" ए श्रावण कति सम्झू "

भलले उर्लेर होला, खहरे गडगडाउदै !

टारी र बारीको कान्ला यत्रतत्र बगाउदै !!

थामिन सकेन होला,पैतेको कुलोले पनि !

गडुवा अझ बढेर बग्यो होला अरु बढी !!

-----------१ --------------------------

कालो मेघ गर्जदै होला, बर्षाबनी निरन्तर !

मुसलधारे पानी पर्दा दिपाङ्गको दृश्य सुन्दर !!

ठूलो पधेरीकोमाथि जरुवा फुटेको होला !

सानी पधेरीको कुवा रसाएर बढ्यो होला !!

-----------२ ----------------------------

कोलाको स्वारको चौर हरियो घासले होला !

गाइभैसी गोठालेको जमघट भयो होला !!

गयो कि पहिरो कतै टारी खेत खस्यो कि त !

खुट्टे र पैतेको गाभो बाढीसंगै बग्यो कि त !!

----------३ ---------------------------------

ए श्रावण कति सम्झू अरु भक्कानो उठ्दछ !

ए श्रावण कति लेखू, अरु भावना बग्दछ !!

न सम्झेमा सुख छैन सम्झेको हुन्छ सुन्दर !

लेख्दैछु कबिता तिम्रो झार्दै आँशु बर्बर !!

------- ४  -------------------------

    (समाप्त )

--इ. दीपक यात्री

 सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम

 पोखरा लेखनाथ -२७ ; अर्चले ;कास्की नेपाल

 हाल: हैदराबाद भारतमा कार्यरत

No comments:

Post a Comment