Saturday, November 5, 2016


मेरो जन्म दिनमा ....

सर्वप्रथम मेरो जीवनको अस्तित्वलाई मान्दै अनि कदर गर्दै मेरो जन्मदिनको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, प्रगति र दीर्घायूका कामनाको संदेश प्रदान गर्नुहुने  महानुभावहरुप्रति म हार्दिक कृतज्ञता साथै आभर प्रकट गर्दछु ।

  म आजकै दिन यस धर्तीमा पदार्पण भएर पाँच बर्षको उमेरमा क ,ख,ग सिके  र ८ बर्षको उमेरमा ए ,बि , सि, डी.  | प्राथमिक र माध्यमिक अध्यनको क्रममा डोको बुने ,डालो  बुने ,चित्रा बुने,टाट्नो बनाए अनि नाम्लो र दाम्लो पनि बाटे | त्यति मात्रै हैन ,गाईभैसी चराए,दाउरा र  भाटा  काटे,अर्मपर्म र बनिबुतो पनि गरे  | बाउसे र दयरो धेरै गरे |   यसै बिचमा सबै  सहपाठी र दौतरीहरु लाहुर हिडेपछि म लगभग गाउमा एक्लो परे | लक्ष्मी आदर्श मा.बि. बाट एस.एल.सी प्रथम श्रेणीमा उत्तीर्ण गरेर काठमाडौँ आएपछि मलाइ अहिलेसम्म पुन: यी कामहरु गर्ने अबसर जुरेको छैन |

  जन्मदिवसमा म केही गर्न सकू आसयको कबिता पस्कदै : 

"जन्मदिनमा म "

म एउटा फूल भै फुलू ,मौरीको मनोहरमा !

फूलको रसले भरोस ,मौरी घार हराभरा !!

त्यही मह बन्न सकोस ,आयुर्वेदिक औषधी !

स्वास्थ्यलाभ तिनीलाई,असहाय र रोगी !!

------१-------------------------------------

म एउटा आगो भै बलू,रन्किएर रापमा !

आगोको रापले फाडोस ,झार् पाते खोरिया !!

त्यही खोरियामा भोली,फलोस उर्बर फसल !

भूमीहिन सुकुम्बासी,बनाउदै घरबार !!

---२---------------------------------------

म एउटा जल भै बगू,यत्रतत्र बगाउदै !

जलको संगमभित्र ,खोलानदी बनाउदै !!

त्यही नदी हुन सकोस,सिचाइको साधक !

आकासे पानीको भरमा,मुक्ति पाउन कृषक !!

-------------३------------------------------------

म एउटा ऋतु भै आउ ,चाडपर्ब बोलाउदै !

चाडको रंगमा दशैं ,तीज तिहार मनाउदै !!

त्यही पर्ब हुन सकोस ,खुशीको ठूलो उत्सब !

सारा नेपालीमा छावोस, हर्ष एबम महोत्सब !!

----------४ ----------------------------------------

    (समाप्त)    

No comments:

Post a Comment