Saturday, August 17, 2024

मुटु चोर (लघुकथा )

                            "मुटु चोर"    (लघुकथा ) 


                रमेश संगीताको आनीबानी, रुपरंग, लवाई, खुवाई सबै चीजदेखि अति प्रभावित थियो। संगीता उसको हृदय र मानसपटलमा एउटा अमिट छाप बनेर बसेकी थिई।  संगीताको रुपरेखा र लवाई खुवाई पनि हुरुक्कै खालको थियो।  संगीताको चार कोशे झाडीजस्तो बाक्लो कालो कपाल, मृगको जस्तो ठूला ठूला र गाजलु आँखा, चन्द्रमाजस्तो हँसिलो मुहार, दारिमको फल जस्तो सलक्क मिलेको जीऊडाल , सुन्तलाको केस्रा जस्तो भरिलो ओठ, बारुले कम्मर, उठेका नितम्ब, अनार दाना दात साच्चिकै रमेशको आँखाको नानीमा हरदम घुमिरहन थाले।  यो क्रम बढ्दै जादा रमेशको नजर संगीताको नजरमा र संगीताको नजर रमेशको नजरमा आमने सामने र आदान प्रदान हुनथाल्यो। बिस्तारै दुबैका दुई आँखा मिलेर बेला बेलामा चार आँखा हुन थाले। 

          रमेश मन भरीको मायाप्रेम शब्दमा बोली मार्फत ब्यक्त गर्न चाहन्थ्यो तर सक्दैनथ्यो।  मुख खोल्न नपाउदै उसको मुटुको धड्कन बढ्थ्यो, दिल धर्मराउथ्यो , केही ब्यक्त गर्न सक्दैनथ्यो। 

     रमेश बढी भाबुक, काल्पनिक, ठट्टाबाज र रोमाञ्चित किशोर हो।  उसलाई क्रोध र रिसको मनस्थितिमा कहिल्यै भेटिदैन , भेटिहालिएछ भने पनि निरास र उदास मनस्थितिमा।  नत्र सधै हासीखुशी र प्रसन्न मुहार नै उसको पर्याय हो।  उता संगीता रुपले अति  सुन्दरी  छिन।  सायद राक्षस गण र सिंह राशी भएर होला, कसैले उनको बिरुद्द ओठ र अगुली मात्रै उठाईहाले पनि उनी मुखले कडा प्रतिक्रिया दिने मात्र हैन , हात खुट्टा जीऊ सबैले एकैचोटि प्रतिक्रिया दिन्छिन। एकदिन सबेरै सूर्योदय हुनैलाग्दा मर्निङ्गवाकको समयमा रमेश र संगीताको दुई दुई नयन  मिलेर चार नयन बनिदिन्छ। रमेशले आफ्नो श्वासलाइ बढाउदै, चेहरा अलिकति रातो पिरो पार्दै पहिलो पटक संगीता सामु आफ्नो मुख खोल्छ। 

 रमेश :  संगीता तिमीसंग एउटा कुरा खोलूँ ?

संगीता : एउटा हैन, दुई चार ओटै खोलन। संगीताले मुसुक्क मुस्कुराएर शालीन जबाफ दिन्छिन। 

रमेश : तिमीलाई देखेर मैले धेरै कुरा गुमाए।  रमेशले एकोहोरो संगीताको मुहारमा हेर्दै भन्छ। 

संगीता : गुमाए ! गुमाए !! त्यसमा पनि धेरै कुरा ?? संगीताले निधारमा गाठो पार्दै आश्चर्य र आक्रोशको प्रतिक्रिया दिईन । 

रमेश : हो त, तिमीलाई हेर्दा हेर्दै मैले सारा संसार भुल्छु।  तिमीले मेरो सारा संसार चोर्यौ ?  रमेशले एकोहोरो बोलिरह्यो। 

संगीता: चोर्यौ ? चोर्यौ ??  चोर्यौ ???  (अझै उत्तेजित हुदै ) मैले तेरो के चोरे ?।  मैले तेरो बाऊको के चोरे ?   तलाई चोर , त चोर कि म चोर ? 

त साले चोर , गधा, डाका, फटाहा, अपराधी ! मलाई चोरको कसूर कसरी लगाउने साहस गरिस ? ( उनी लगातार गालीको बर्षा बर्साउन थालिन। अरु तीन मिनट चोर शब्द दोहोर्याउदै तेहेराउदै नानाभाती सराप गर्न थालिन। ) 

रमेश न कुनै एक शब्द फर्काउछ , न अनुहारमा कुनै परिबर्तन नै देखाउछ।  संगीताले सराप्न अन्त्य भएजस्तो आभास पाएपछि अलि सानो स्वरमा बोलि फर्काउछ। 

रमेश : हो साच्चिकै तिमीले मेरो एकथोक चोर्यौ , त्यो हो मुटु चोर्यौ।  संगेता तिमीले मेरो मुटु चोर्यौ , दिल चोर्यौ , हृदय चोर्यौ।  रमेश प्रत्येक बोलीमा अरु गम्भीर हुन थाल्यो। 

संगीताले एकाएक छेपारोले रंग फेरे झैँ आफ्नो आक्रोशित मुहारलाई चन्द्रमा जस्तो हसिलो बनाइन अनि फूलको अङ्कुर जस्तै मुसुक्क  मुस्कुराउदै मलिन स्वरमा भनिन " हँ , साच्चिकै मुटु चोरे ! दिल चोरे !! हृदय चोरे !!!  कसरी तिमीजस्ता इमान्दार, कर्मठ र जेहेन्दार 

युवाको मुटु चोर्न सके  मैले ? 

  संगीताको मुस्कानमा दोब्बर मुस्कान भर्दै मलिन स्वरमा रमेशले बोली फर्काउछन : साच्चिकै तिमी रुपवती र अप्सराले म कुरुपको नानीमा अटाएर मुटु चोर्यौ , रातको नीद हर्यौ, दिनको प्यास चोर्यौ। 

 संगीता लामो खुशीको स्वास तान्दै प्रसन्न मुद्रामा भन्छिन : हे प्रभु ! मेरो भाग्य , तिम्रो मुटु चोर्नुभन्दा दुइटा मुटु एउटै भए , न चोर्नुपर्थ्यो , न त हर्नुपर्थ्यो। 

  रमेश र संगीता दुवैको अनुहारमा  एउटै  भाव , उस्तै मुस्कान !

   भनिरहनु नपर्ला, आखिर यी दुई मुटुहरु लगन गाठोमा बाधिएर अन्तत: एक ढिक्का श्रीमान श्रीमती बनेका छन। 

                                   (समाप्त )


              (समाप्त )


डा दीपक यात्री 


  लेखनाथ -२७ , कास्की 


हाल : प्रमुख सूचना प्राबिधिक , 



नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 


सम्पर्क फोन नं : ९८१३४५६३७४ 

ई-मेल :

Saturday, June 15, 2024

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

 जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी


आमाले तानमा गुन्द्री बुन्दै गर्दा 

मैले देश बुनिदै गरेको  देखेको छु। 

बाबाले डोको बुन्दै गर्दा 

मैले शान्ति र समृद्ध  बुनिदै गरेको भेटेको छु। 

हली बाले खेतको गरा जोत्दै गर्दा 

मैले देश उर्वर भएको देखेको छु। 

खेताला दिदीले धानको बीऊ रोप्दै गर्दा 

मैले राष्ट्रियता रोपिएको  देखेको छु। 

बाऊसे दाईले खेतबारी खन्दै गर्दा 

मैले बिकासको आली लगाइएको देखेको छु। 

--------------१ ---------------------------

मलाई त अझै,

चुहिने पालामा धीप धीप गरेर 

बाले झैँ लाग्छ यो देशको स्वाभिमान। 

पुषको जाडोमा थरथर गरेर 

कापे झैँ लाग्छ यो देशको राष्ट्रियता। 

चैतको खडेरीमा तपतप पसिना चुहाएर 

निथ्रुक्क भए झैँ लाग्छ यो देशको अखण्डता । 

----------------------२ -----------------------------

बस नेपाल आमा,

 मलाई एउटा प्रकाशरुपी टुकी देऊ 

विश्वासका पालाभरी तेल थप्दै पानस सल्काउनुछ यो देशको स्वाभिमान। 

मलाई पौरखी हातसंगै च्यांग्राका ऊन  देऊ 

प्रेमको गलबन्दी र स्वीटरले न्यानो पार्नुछ यो देशको  राष्ट्रियता। 

मलाई पुष्पमाधुर्य सहितको सिरसिरे बायु देऊ 

शीतल र स्वच्छ पार्नुछ यो देशको अखण्डता। 

------------------३ ---------------------------------

हुन त !

यो देश भित्र मात्र मान्छे हैन 

मान्छेभित्र पनि देश अडेको हुन्छ। 

यो शरीरभित्र मात्र मुटु हैन 

मुटुभित्र राष्ट्रियता पनि जोडेको हुन्छ। 

त्यसैले त,

आखाँभरी फलाउनुछ समृद्धिको सपना 

छातिभरी सजाउनुछ राष्ट्रियताको कल्पना 

जागौ ,

उठाऔ धरतीको एकमुठी माटो 

र खाऔ  माटोको किरिया 

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

---------------------४ --------------------------

     (समाप्त) 

शृजना मिति : जून १५ २०२४ /आषाढ १ गते २०८१ 

Sunday, June 9, 2024

हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो !

 हिमाल हाम्रो शिरको टोपी :

हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो !

तराई हाम्रो आँखाको नानी, मन र मुटुको !!

कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा !

कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

  -------------१ ------------------------------

मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली !

मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !!

छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी !

काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

------------२ -------------------------------

म हास्छु मेरै गुराँससंगै , पहाड झलल !

म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !!

भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो !

जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

---------३ -------------------------------

धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल !

चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !!

लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा !

पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

--------------४ -----------------------------

    (समाप्त )

डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

Wednesday, June 5, 2024

राष्ट्रिय गीत लेखन :

 चाहिँदैन धनदौलत चाहिँदैन सुख

मलाई मेरै चोखो राष्ट्र नेपाल भए पुग्छ


हिमाल, पहाड, तराई र महाकाली, मेची

अखण्ड यो राष्ट्र मेरो पुग्छ भए यति


देउराली र भञ्ज्याङ अनि झरनाको पानी

फाँट, टार, लेकबेँसी, वनजंगल र खानी


होस्टे गर्दा हैँसे गर्ने हात भए पुग्छ

नेपाललाई नेपालीको साथ भए पुग्छ


कञ्चनजङ्घा सगरमाथा हिमालहरु हाम्रो

बुद्ध हाम्रो जनक हाम्रो संस्कृति झन् राम्रो


जातजाति भाषाभाषी चाडपर्व राम्रो

अद्वितीय वीरता र स्वाभिमान हाम्रो


हिमालझैँ मुहार छ चन्द्र सूर्य टीका

मलाई मेरो नेपाल प्यारो लाग्छ अरु फिका


तराईको हरियो सारी पहाडको चोली

जहाँ रहे पनि सुन्न पाऊँ नेपालीकै बोली


तीन करोड नेपालीको बनोस् एउटै सोच

देशको मुहार हँसाउन झिक्नुपर्छ जोस


श्रम लाऊ सीप लाऊ तन मन लाऊ
जय जय नेपालको एउटै गीत गाऊ
-----------------------
गीत: हाम्रो देश, हाम्रो गर्व
अन्तरा १:
हाम्रो देश नेपाल, हाम्रो प्यारो मातृभूमि,
सगरमाथाको शिखर, हिमालको सुन्दर भूमि।
सुनौलो र सुकिलो, हरियालीले भरिपूर्ण,
जनताको एकता, हाम्रो राष्ट्रिय सम्पत्ति।
--------------------------------
अन्तरा १:
हरेक पाइलामा, हाम्रो देश छ, हाम्रो गर्व
सगरमाथाको शिखरमा, उँचो हाम्रो राष्ट्र चढ्छ
पानीको धारामा, हिमालको शीतलता
हाम्रो देशको माटोमा, सुनमा जस्तो उर्वरता

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

अन्तरा २:
लुम्बिनीको भूमि, शान्तिको प्रतिक यहाँ
गौतम बुद्धको सन्देश, संसारभरि जान्छ यहाँ
तराईको हरियाली, पहाडको कडा पत्थर
हाम्रो देशको सौन्दर्य, संसारभरि फैलिन्छ

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

अन्तरा ३:
सगरमाथाको छायाँमा, हिमालको गर्व
भोजपुरको याक र, पोखराको ताल
मकवानपुरको इतिहास, काठमाडौंको सम्पदा
हाम्रो देशको विविधता, छ अपूर्व अद्भुतता

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

अन्तरा ४:
मातृभूमिको माया, सधैं रहिरहोस् हाम्रो मनमा
देशप्रेमको भावना, सधैं बलियो रहोस् हामीमा
हाम्रो देशलाई राखौं, सधैं अघि बढाउँदै
नेपालीको शान, सधैं रहोस् गुञ्जाउँदै

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेचि-माहाकाली
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल
----------------------------------------
शब्दः प्रतीक्षा पाण्डेय

मेरो देश

शिरमा हिमाल मुटु पहाड र काखमा तराई राखौला
सत्यको बाटो हिड्नलाई चन्द्र र सुर्य भाकौला
मरे सहिद हुनेगरी यो देशकै लागि बाचौला
लालिगुरास झै फुली मयुरजस्तै नाचौला - ।।

गरिब देशमा जन्मियौ मान्दैनौ यसमा कत्ती पिर
देश कै लागि परिआए चढाउन सक्छौ आफ्नै शिर
नराखौ जातभात यो गरौ सबलाइ बराबरी
नेपाली हौ सबै हामी नेपालका छोराछोरी - ।।

कुरिती उखेली अब ती ज्ञानको बीउ छर्नु छ
नेपाल अमर बनाउनलाई केही त काम गर्नुछ
जबसम्म दिनमा सुर्य रातमा चन्द्र छाइरहोस
तबसम्म यो मनमा जय जय नेपाल आइरहोस - ।

सुजन्म यो मनाइयो ! (anantaram Neupane)

 हिजो बेलुका

अरूहरूजसै गरी न कार्ड साटियो कतै
सिकेर पश्चिमी कुरा न केक काटियो कतै
न टोप लाइयो बुचे न मैन नै निभाइयो
न नाक बीचमा टिको पिठो दलेर लाइयो !
न जन्तु मारियो कुनै न रक्त, मांस खाइयो
अनेक शिष्य साथमा सँगै बसी रमाइयो
भवन्तु सर्वमङ्गलम् भनेर गीत गाइयो
र मित्र मेघनाथको सुजन्म यो मनाइयो !

--------------------Anantaram Neupane