Tuesday, August 8, 2023

बजेन किन तीजको गीत, दिदी लिन बरिलै गाथ्यो भाई त !

 बजेन किन तीजको गीत, दिदी लिन बरिलै गाथ्यो भाई त !

आगन मेरो खालिं नै रह्यो, बहिनीको नाच बरिलै रहरै भैगयो  !!

बजेन किन तीजको गीत .....................


आइनन मेरी पियारी बहिनी, आमाको धोको बरिलै भयो अधुरै 

नाचिनन मेरी मायालु दिदी, नाचने रहर बरिलै  भयो भयो अधुरै  

बजेन किन तीजको गीत .....................

आगन मेरो खालिं नै रह्यो------------------


गाईनन मेरी दिदीले गीत, घरको पिढी बरिलै भयो  टुहुरै

गौथली चरी  भुरुरु उड्थी, आगनको डिलमुनि बरिलै भयो बिरानै   

बजेन किन तीजको गीत .....................

आगन मेरो खालिं नै रह्यो------------------


छैन मेरो पिढीमा पंचमी पूजा, शिवलिङ्ग बरिलै भयो अधुरै 

छैन मेरो भान्छामा पाकेको दर , खाने मान्छे बरिलै छैनन  माइतै

बजेन किन तीजको गीत .....................

आगन मेरो खालिं नै रह्यो------------------

Saturday, August 5, 2023

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

 तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको 

माटो र पानी पहिलो धन धर्तीका छोराको 

ए कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे 

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले 

हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले 

बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे 

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न

 पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न

 बिम्झौँला कहाँ पुर्वको पैलो उज्यालै नरहे

 नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

Thursday, August 3, 2023

यो नेपाली बीर साहसी (राष्ट्रिय गीत )

  "यो नेपाली बीर साहसी"   (राष्ट्रिय गीत )

यो नेपाली बीर साहसी, डटी डटी लड्ने गर्दछ !

यो नेपाली बहादुरीले, लिङ्गो जस्तै बढ्ने गर्दछ !!


डाँफे चरी नवै रङ्गले यही देशको रङ्ग बोक्दछ !

मयूरको रङ्गीचङ्गीले यही देशको प्वाँख ओडदछ !! 

गुराँसको फूलसंगै, यही देशको शान फुल्दछ !

खुकुरीको धारसंगै, यही देशको डोब बस्दछ !!


यो नेपाली बीर साहसी, डटी डटी लड्ने गर्दछ !

यो नेपाली बहादुरीले, लिङ्गो जस्तै बढ्ने गर्दछ !!


स्वयम्भूको दुईटा आँखाले, यही देशलाई शान्ति दिलाउछ !

पशुपति सुनको गजुरले , यही देशलाई बरदान चढाउछ !!

सारङ्गीको मीठो धुनले, यही देशको गाथा गाऊछ !

शंखध्वनीको  उद्घोषले , यही देशको ध्वनी बजाउछ !! 


यो नेपाली बीर साहसी, डटी डटी लड्ने गर्दछ !

यो नेपाली बहादुरीले, लिङ्गो जस्तै बढ्ने गर्दछ !!

       (समाप्त )

Friday, July 28, 2023

हिमाल हास्छ, पहाड नाच्छ, तराई झुल्दछ

      "हिमाल हास्छ, पहाड नाच्छ, तराई झुल्दछ" 


हिमाल हास्छ, पहाड नाच्छ, तराई झुल्दछ !

यही हिमाल, पहाड, तराइसंग नेपाल बल्दछ !!

धानको बाला, तराई झुल्दा मधेश उज्यालो !

तोरीको फूल पहेलै फुल्दा यो मन रमायो !!

हिमाल हास्छ, पहाड नाच्छ--------------

यही हिमाल, पहाड, तराइसंग---------------

-------- १-----------------------------------------

शिरमा मेरो ढाका र टोपि, शिरैमा हिमाल !

चन्द्र र सूर्य नेपाल झण्डा, नाच्दछ फरर !!

आखाँमा मेरो त्रिशुली बग्ला, नानीमा गण्डकी !

छातिमा मेरो नेपाल रहला, मुटुको ढुकढुकी !!

हिमाल हास्छ, पहाड नाच्छ--------------

यही हिमाल, पहाड, तराइसंग---------------

--------------२ -----------------------------------

गलामा मेरो लैबरी बस्यो, भाकामा सोरेठी !

दिलमा मेरो रोदी र घाटु, नृत्यमा मारुनी !!

कोइली गाऊला, मयुर नाच्ला चारकोशे झाडीमा !

कस्तुरी मृग दौडेर खेल्ला आखाँको नानीमा !!

हिमाल हास्छ, पहाड नाच्छ--------------

यही हिमाल, पहाड, तराइसंग---------------

-------------३ --------------------------------

दमाहा, झ्याली, ट्याम्को र सनाही मिलेर बजेका !

डम्फु र मादल नर्सिङ्घा बज्दै नेपाल भनेका !!

रतेडी देउडा भाकामा हाली मिलेर नाचौला !

हिमालमुनि स्वर्गको देश रमाउदै बाचौला !!

हिमाल हास्छ, पहाड नाच्छ--------------

यही हिमाल, पहाड, तराइसंग---------------

----------------------४ -------------------------------

   (समाप्त )

चिन्तन

 "चिन्तन"

हेर्दामा रूप राम्रो छ बानी राम्रो कहाँ छ र !

त्यस्तै चामल सेता छन् खाँदामा फाइदा छ र !!

दूरी टाढा भयो भन्दै मायाँ टाढा कहाँ भयो !

बिहे पछि टाढा भई, छोरी झनै प्रिय भयो !!

---------------१ --------------------------

सामिप्यमा रहे भन्दै, घनिष्ठ कहाँ भईन्छ र !

नदी दुई किनारामा, मिलेको कहाँ हुन्छ र  !!

बिना अभ्यासले कोही, दक्ष बन्ने इच्छा गरे !

पटमूर्ख आफै नै हो, सिद्दी बन्ने रहर गरे !!

-------------२ ----------------------------------

आफू बडा बन्न निम्ति, घर गृही त्याग्नु परे !

गृह त्याग, गद्दी त्याग, बुद्द जस्तै बन्नु परे !!

चिनारी पाउनालागि, गाऊ छाड्नु पनि परे !

माला बुन्नुपरेदेखि, फूल पनि टिपिन्छ रे !!

------------३ ----------------------------------

कर्म गर, सीप गर, विजय पाउनु परे !

घोटी घोटी फलामैले बन्चरो पनि बन्छ रे !!

ध्यान मात्रै गरिरहे, सुख शान्ति पाईन्छ रे  !

चेतना शून्य मस्तिष्क, उर्जा शक्ति मिल्छ अरे !!

----------------४ -------------------------------

      (समाप्त )

Wednesday, July 26, 2023

कुमालेसंग

      "कुमालेसंग"

ए कुमाले दाई,

हजुर माटो समातेर 

माटो नै सिगार्न सक्नुहुन्छ। 

माटोलाई चक्रमा घुमाएर 

माटोको मूल्य चुल्याउन सक्नुहुन्छ।

माटोलाई कोपेर 

माटोको बुट्टा बनाउन सक्नुहुन्छ  ।

----------------१ ----------------------------

मलाई पनि,

छातिमा माटो घसेर 

माटोको बस्त्र सिलाउन मन लागेको छ। 

ओछ्यानमा माटो बिछ्याएर 

माटोकै सिरक ओढ्न मन लागेको छ। 

माटोमा नै मानो  रोपेर 

माटोकै मुरी फलाउन मन लागेको छ। 

---------------२ --------------------------

म माटोलाई हेर्छु,

खेतबारी टारीबारी अनेक रुप देख्छु। 

म माटोलाई छुन्छु,

धान, गहु, मकै अनेक बाली खान्छु। 

म माटोलाई पुज्छु,

ब्रम्हा, बिष्णु, महेश्वर सबै इश्वरलाई पुज्छु। 

------------------३ ------------------------------

त्यसैले ए कुमाले दाई,

म तराइको एक मुट्ठी माटो दिन्छु

मलाई बालीनाली रुपी एउटा घैला देऊ। 

म पहाडको एक चिम्टी माटो दिन्छु 

कोदो मकै रुपी एउटा पाला देऊ। 

म हिमालको एक ढिक्का माटो दिन्छु 

स्याऊ, अंगुर रुपी एउटा हाडी देऊ। 

---------४ -------------------------------

आखिर,

मेरो देशको माटो दुख्दा 

मेरो मुटु पनि संगै दुख्छ। 

मेरो देशको माटो बग्दा 

मेरो हृदयमा पनि पैह्रो जान्छ। 

मेरो देशको माटो गल्दा 

मेरो आत्माको अन्तरश्वास पनि सगै गल्छ। 

-------------५ -------------------------------

  (समाप्त )