" ए श्रावण कति सम्झू "
Friday, April 23, 2021
" ए श्रावण कति सम्झू "
Tuesday, April 13, 2021
शुभकामना
शुभ दिपावली–२०७७ एवं नेपाल संम्वत् ११४१ को पावन अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । यस कोभिड-१९ को विषम परिस्थितीमा कोरोन प्रकोपबाट संक्रमण हुदा समेत रत्तिभर बिचलित नभईकन केहीदिन क्वारेन्टिनमा बसेर स्वास्थ्यलाभ लिइकन पुन: नियमित कार्यभार सम्हाल्नु हुने कर्मचारी साथीहरु प्रति सधन्यबाद प्रकट गर्दछु। साथै उच्च सतर्कताकासाथ अहोरात्र खटिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु ,कर्मचारी मित्रहरु,हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्यु हरु, सेयर सदस्यज्युहरु र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ब्यबस्थापनको तर्फबाट दीपावली –२०७७ एवं नेपाल संम्वत् ११४१ को हार्दिक शुभकामना व्यक्त गर्दछु।
Thursday, April 8, 2021
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा :
जस्तै कठोर अबस्थै पुगोस, हुन्छ है निराकार !!
स्तन, पाठेघर, फोक्सो सबको हुनेछ निवारण !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
---------१------------------------------------------------
भेटिन्छ पहिलो चरण पूर्बमै, लक्षण अर्बुदको !!
हाम्रो बचन अखण्ड गुणस्तर, उत्कृष्ट नेपालमा !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
-----------२ -----------------------------------
हाम्रो घंट बजोस तथास्तु शुभको संदेश उद्घोषक !!
पीडा दु:ख र दर्द शोक सबको, मोक्ष मिलोस घंटमा !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
------------३----------------------------------------
धुम्रपान र सुर्तीजन्य पदार्थ, रोकेर है सेवन !!
बाचेसम्म सधै सर्जक बनी, स्वास्थ्यप्रद जीवन !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
-------------४ --------------------------------------------
(समाप्त )
श्रष्टा : ई दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
हरिसिद्दी, ललितपुर
Monday, April 5, 2021
"चाहिन्न केही अरू"
कविता, "चाहिन्न केही अरू" शार्दूलविक्रीडित छन्द
"कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "
"कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "
तेरो उग्र अब बढेर कदापि, सक्दैन है फैलन !!
तेरो ग्रहणमा जून अब बल्यो, विकिरण पद्दति !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------१----------------------------------
हे हे क्यान्सर ! भागिदे तलाई इलाज सर्जरीको !
किमो औ विकिरण प्रसस्तै, अन्तेष्टी तेरो भयो !!
सुदिप्ता अनि कल्याणी कोषले गर्दै हातेमालो नै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------२ ------------------------
जा जा दुर अर्बुद रोग हामीले , पहिचान गर्छो तेरो !
प्रारम्भिक चरणभित्रै इलाज गरेर निर्मूल पार्छो तेरो !!
तेरो उग्र बहाब अन्त्य हुने भो , औसी भित्र जून झैँ !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------- ३ ----------------------------
स्तन,पाठेघर,कलेजो र फोक्सो तेरो निशानी रह्यो !
हड्डी,छाती,मुख र मस्तिष्क तेरो प्रकोप रह्यो !!
रोक्छौ लागू र मद्ध्यपान हामीले जीवन साबधानी मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
------------४-----------------
अब दीप बल्छ खुशीयालीको क्यान्सर बिजेताहरु !
हास्छन,खेल्छन,नाच्छन बरिलै र्याम्प सो गरी गरी !!
सुन्दर पुष्प फक्रेर सुगन्ध छर्छ, नेपाली बगैचा मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------५ ---------------------------------
स्क्रिनिंग बायोप्सी जांच र शिबिर पहिचानको खातिर !
भेट्छौ पहिलो चरणमै गर्छॊ क्यान्सर निदान !!
नेपाली क्यान्सरका पन्छीहरू हो भारत उड्नु नभई !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
-------------६ -------------------------------
(समाप्त)
स्रस्टा :दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
हातिवन, ललितपुर , नेपाल
Saturday, April 3, 2021
"जन्मदिनमा म "
Monday, March 29, 2021
मेरो देश, मेरो प्रतिबिम्ब
मेरो देश, मेरो प्रतिबिम्ब
ए मेरो देश !
म तिमीलाई खरी र पाटी दिन्छु
बाह्रखरीमा तिम्रो नक्शा कोरिदेऊ
म तिमीलाई बाँसुरी र सारंगी दिन्छु
शान्तिको धुन बनेर बजिदेऊ
म तिमीलाई मुर्चुङ्गा र नर्सिङ्गा दिन्छु
मेची र महाकालीको गीत घन्काईदेऊ।
-------१ ---------------------------------
ए मेरो देश !
हामीलाई स्पष्ट थाहा छ
श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा
निधारमा चन्दन मगमगाउदैनन
हातका नंग्रा नाखियाई
देशमा हिरामोती बर्सदैन
त्यसैले त,
तिम्रा बाझो खेत र सुख्खा टारीहरु
हाम्रो सिञ्चनका पसिना पर्खिरहेछन
तिम्रा भीर, पहरा र छहराहरु
हाम्रो बलिया पाखुराहरू खोजिरहेछन्।
----------२ ---------------------------
ए मेरो देश !
अब हामी राष्ट्रप्रेमको थाप्लामाथि नाम्लो राखेर
देशभक्तिको काखीमुनि पोको च्यापेर
सवा तीन कोटि नेपालीको मुटुको साथ
सपना रोप्दै, भविष्य गोड्दै, बिकासको बेर्ना सार्दै
खन्ति, कोदालो र सावेलहरुको साथमा
बिकासको निम्ति सगरमाथा झैँ चुलिदैछौ
सम्रिद्दि निम्ति महाभारत झैँ ठदिदैछौ।
---------- ३ ---------------------------
ए मेरो देश !
भो ! मलाई स्वर्गको अमरावती चाहिदैन
बरु,
हत्केलाको ठेलाले टोकेपनि
पैतालाहरु काँडाले कोतरेपनि
म माटोको किरिया खाएर भन्छु
"ॐ शान्ति " - म देश रोपिरंहू रोपाहाराहरुसंग
"ब्रम्ह शान्ति" - म देश गोडिरंहू खेतालाहरुसंग
"बिश्व शान्ति " - म देश खानिरंहू बाउसेहरुसंग।
-------- ४-------------------------------
(समाप्त )
--इ. दीपक यात्री
प्रमुख सुचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल , ललितपुर
स्थायी ठेगाना: लेखनाथ -२७ ,कास्की नेपाल
सम्पर्क : ९८१३४५६३७४