कथा "सानीको भाइ टिका"
Sunday, November 1, 2020
कथा "सानीको भाइ टिका"
Thursday, October 29, 2020
Bijesh Raj Ghimire birthday
मेडिकल अन्कोलोजी स्वास्थ्य विधामा एम डि अध्यन पछि एक दशक भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी युबा पुस्ताका सशक्त नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो डा बिजेश राज घिमिरे (
) । ओम नर्सिङ्ग हस्पिटल र नर्भिक हस्पिटलमा मेडिकल कन्सल्टेन्टको काफि अनुभब लिनु भएका श्री घिमिरे हाल नेपाल क्यान्सर हस्पिटल (
) हरिसिद्धिको सह-संस्थापक तथा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर घिमिरेका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै" ("Nepalese cancer treatment in Nepal itself") " र "उत्कृष्टता संग हेरचाह" ("care with excellence") सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।
फिजियो थेरापी दिवस :
फिजियो थेरापी दिवस :
Wednesday, September 2, 2020
"संघियता भन्दा माथि उठेर "
"संघियता भन्दा माथि उठेर "
Sunday, August 23, 2020
मेरो जन्म दिनमा ...
मेरो जन्म दिनमा ....
सर्वप्रथम मेरो जीवनको अस्तित्वलाई मान्दै अनि कदर गर्दै मेरो जन्मदिनको सुनौलो मौका छोपेर यो वर्ष अगस्त २० तारेखमा फेसबुकको सुन्दर पानामार्फत मलाई शुभकामनारुपी मायाले भरिएको आशिरवाद दिने महानुभावहरुप्रति म हार्दिक कृतज्ञता साथै आभर प्रकट गर्दछु ।
हुन पनि यतिका आफ़न्तजनहरुको शुभकामना पाएपछि मलाई २०७२ मा पुनर्जन्म भएछु कि जस्तो लागेको छ |
यही खुशीको भाबहरुलाई शब्दहरुमा रुपान्तर गर्दै :
"जनम दिनको शुभकामनाले"
भदौरे चार ऋतु बर्षात |
घुमेर आयो यो सालगाठ ||
बढायो बर्ष थपिदिनाले |
जनम दिनको शुभकामनाले ||
--------------१------------------------
ठुलाकोटको सापकोटाबारी |
शुक्लपक्षको रात्री तीन घडी ||
मकर राशी तिथिमितिले |
जनम दिनको शुभकामनाले ||
----------२----------------------
तृतीय सन्तान पहिलो पुत्र |
भगवती मोहनाथको सुपुत्र ||
बुद्दिनाथ नाम देबगण हुनाले |
जनम दिनको शुभकामनाले ||
---------३-------------------------
एकैघरका दुइटा बुहारी |
जन्माएर पुत्र दो दौतरी ||
न्वारन दुइको एकै हुनाले |
जनम दिनको शुभकामनाले ||
------------४------------------------
राजु र दीपक नाम बदलीइ |
बोलाईयो दिज्यु र साथीसंगी ||
उही दीपक यो रम्छ कविताले |
जनम दिनको शुभकामनाले ||
--- ( समाप्त )------
ई. दीपक यात्री
लेखनाथ -६ ;कास्की नेपाल
हाल: हैदराबाद भारतमा कार्यरत



