Tuesday, August 12, 2025

म फूल जस्तो हुन सकूँ

 गीत    "म फूल जस्तो हुन सकूँ"


म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

म फूल टिप्ने कोही भए ,

तिमी काँडा भई जोगाऊ है !!

--------------------१ --------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

---------------------------------------

म बासुरी झैँ बन्न  सकूँ,

तिमी धून बनी बज्नू है !

म सारंगी झैँ बन्न सकूँ ,

तिमी तार बनी रेट्नु है !!

--------------२ -----------------------


म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

------------------------------------------

म जून जस्तो चम्कन सकूँ ,

तिमी शीतल भई आऊ है !

म घाम जस्तो उज्यालो बनूँ ,

तिमी पारिलॊ भई छाऊ है !!

---------------३--------------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

-------------------------------

म गीत जस्तो सरस बनूँ,,

तिमी लय बनी गाऊ है  !

म संगीत जस्तो माधुर्य बनूँ 

तिमी राग बनी आऊ है !!

------------------४ -------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !


------------समाप्त ------------------


 डा. दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

रचना मिति : २०८२ साल श्रावण २७ गते 


Sunday, August 10, 2025

तिमीलाई देखेर आँखा

 तिमीलाई देखेर आँखा

त्यहीं छोडी हिंडे म
बाटो सुनसान भैसकेको थियो
जून बिलाएर गैसकेको थियो
बिस्तारै हिंडेको कोही साथमा
तिमीलाई देखेर पाइला
त्यहीं छोडी हिंडे म
बोलाऊँ बोलाउन हुँदैनथ्यो
भुलूँ भने यो मनले दिंदैनथ्यो
भूइँचालो चलाई एक रातमा
तिमीलाई देखेर मुटु
त्यहीं छोडी हिंडे म
**********************
शब्द – कृष्णप्रसाद पराजुली
स्वर – उदित नारायण झा
संगीत – नातीकाजी

Thursday, August 7, 2025

सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट

 आज नेपाल क्यान्सर हस्पिटलकी संस्थापक संचालक समिती सदस्य एबम सामाजिक अभियन्ता श्रीमती स्वरुपा श्रेष्ठसंग पहिलो पटक सुखद भेट भयो। उहाँ नेपाल क्यान्सर सपोर्ट ग्रुप , उपचारका लागि सहयोगी हातहरु, नेपाल च्याम्बर अफ कमर्स, रोटरी क्लब अफ याला, श्रीदीप हेल्थ वेलनेस  ---आदि जस्ता दर्जनौ सामाजिक तथा परोपकारी संस्थामा आबद्द हुनुहुदो रहेछ।  म अन्जु पन्तले पनि केही बर्षदेखी "अन्जु पन्त फाउन्डेसन" स्थापना गरी सक्दो सामाजिक सहयोग र परोपकारी काम गर्ने रहर गरेकी छु। आदरणीय  स्वरुपा मेमले उहाँका परोपकारी संस्थाहरुसंग हातेमालो गरी सहकार्य गर्न सकिने आश्वाशन दिएपछि मलाई धेरै धेरै खुशी लागेको छ। 

     यस सुखद भेट गराइदिनुहुने आदरणीय गीतकार तथा कबि @ दीपक यात्री प्रति हार्दिक आभार !


# परोपकारी संस्थामा सहकार्य #

## सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट ##


        (तस्बीरमा  स्वरुपा श्रेष्ठ मेम, डा दीपक यात्री र डा खगेन्द्र देबकोटा 

Friday, July 11, 2025

के म नेपाली हैन र ?

 के म नेपाली हैन र ?


हामी नेपालीसंग,

बिश्व शान्तिको क्षेत्र नेपाल भूमि छ

यसभन्दा पनि बुद्दको दिब्यभूमि छ

पूर्बजका खुडा खुकुरी मात्रै हैन

जनक र बुद्दको बोधिसत्व पनि छ

अमरसिंह र बलभद्रको बीरता मात्रै हैन

अरनिकोको सीप र कला पनि छ।

मेरो दक्ष मेरो शक्ति यसको लागि योग्य छ

किनकि -

के म नेपाली हैन र ?

------------------१ ---------------------------

हामी नेपालीलाई थाहा छ -

बारुदको धुवाले मात्रै युद्द हुदैन

सेतो परेवाले पनि शान्तिपूर्ण युद्द गर्न सक्छ

हिरण्यकश्यपु र दुर्योधनको मात्रै युद्द हुदैन

प्रल्हाद र युधिष्ठिरले पनि सत्यताको युद्द गर्न सक्छन।

स्वयम्भुका शान्ति दृष्टीले

एउटा न्याय, समानता र अवसरको खोजी गर्न सक्छु

किनकि -

के म नेपाली हैन र ?

--------------२ ---------------------------------


जाग भो अब जाग,

महाभारतको अभिमन्यू बनेर

अशिक्षा र अन्धबिश्वासको चक्रब्युह फोड्नुपर्छ

रामायणको लबकुश बनेर

भ्रष्टाचार र दुराचारको जरैबाट उन्मूलन गर्नुपर्छ।

बुद्द र जनक बनेर

ज्ञानको साक्षात्कार ज्योती सर्बत्र फैलाउनुपर्छ।

सीता र भृकुटी बनेर

देशको सुबास संसारभरी फैलाउनुपर्छ।

किनकि -

के म नेपाली हैन र ?

---------------------३ ---------------------


उठ, भो अब उठ ,

जोश र जागरको बीज छर्नुपर्छ

भाका लैबरीको गाइनुपर्छ

बोलि चाचारीको हुनुपर्छ

स्वयम्भूको शान्तिप्रीत आँखाले

पशुपतिको पवित्र स्वच्छ हृदयले

आऊ ,

एउटा युद्दको शुभारम्भ गरौ।

किनकि -

के म नेपाली हैन र ?

----------------४ ------------------

Saturday, July 5, 2025

नेपाल क्यान्सर गीत

 https://youtu.be/__h7WXQwoWQ


नेपाल क्यान्सर   (गीत):


स्वास्थ्य मेरो धन हो , स्वास्थ्य मेरो प्राण !

स्वास्थ्य मेरो जीबन हो , इश्वरको बरदान  !!

स्वस्थ खान्छु , स्वस्थ बस्छु स्वस्थै मेरो जीबन !

क्यान्सर शंका लाग्यो भने नेपाल क्यान्सर !!

-----------१ -----------------------------

गुट्खा खैनी खान्न म त सुर्ती पनि खादिन !

चुरोट बिडी तमाखु त कहिल्यै  हेर्दिन !!

जाँड रक्सी मादक हो , बस्छु म त पृथक !

क्यान्सर निदान गर्न परे , नेपाल क्यान्सर !!


--------------२ ---------------------------

पहिलो चरण निदान गर्छु , पहिलो चरण उपचार !

क्यान्सर निको हुनेगर्छ, छैन मलाई डर !!

किमो अनि  रेडिएसन सर्जरीको इलाज !

सर्ब सुलभ लोकप्रिय छ , नेपाल क्यान्सर !!


--------------३ -----------------------------

नेपालीको क्यान्सर उपचार हुन्छ नेपालमै !

उत्कृष्टता हेरचाह हाम्रो मूल मन्त्र नै !!

संदेश सारा फैलाऊ, जन चेतना सारा !

सर्बसुलभ मितव्ययी छ नेपाल क्यान्सर !!


-----------४ ----------------------------


    (समाप्त )


Monday, June 2, 2025

म त नाच्छु आउन साथी तीजैको भाका गाऊ

 म त नाच्छु आउन साथी तीजैको भाका गाऊ :

************************************

शिवजीको सेवा पूजा शान्ति गरे परिवार 

तीजको छ महिमा बुझी मन सपार 

उपयुक्त तरीकाले तीजलाई मनाउदा 

राम्रै हुन्छ सबैसंग मिली रमाउदा 

म त नाच्छु आउन साथी तीजको भाका गाऊ 

हासीखुशी क्यान्सर जिती हामी तीज मनाऊ 

--------------------१ -------------------------

तीजैको बेलैमा कसलाई लाग्ला नराम्रो 

क्यान्सर जित्ने दिदी बहिनी भेट्ने चाड हाम्रो 

मिलेर हामीसँगै मनाऔ तीजको महिमा 

समयमै क्यान्सर निदान गरौ सबजना 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती ------------------

-----------२ ------------------------------

नेपाल क्यान्सर भयो साथी प्यारो हाम्रो माइतीघर 

पार्वतीको रुपधारी शरण परौ नेपाल क्यान्सर 

माइत जानी रहर हुन्थ्यो तीजमा नि जहिले 

यसपाली त नेपाल क्यान्सर माइती भो अहिले 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

----------------३ -----------------------------------

के संदेश ल्याऔ चरी माइतीको आगन

बाबा आमा दाजुभाइ कस्ता छन् भनन 

किनिदेउ रातो सारी धागो र चुरा

क्यान्सर जितेपछि सपना छैनन् अधुरा 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

---------------४ ----------------------------

म बनाउछु खिर दही काकरीको अचार 

आऊ चेलीबेटी माइती घर शून्य नपार 

दिन त केही सकिन धेरै थिए चाहना 

दिदी बहिनी सबैलाई तीजको शुभकामना  

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

--------------------------५ ---------------------------

शिवजीको सेवा गरे होला शान्ती परिवार 

क्यान्सर पनि निको होला शिवजीको प्यार 

उपयुक्त तरीकाले तीजलाई मनाउदा

राम्रै हुन्छ नेपाल क्यान्सर भित्र रमाउदा 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

-------------------६ -----------------------

       (समाप्त )

डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४