Thursday, August 7, 2025

सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट

 आज नेपाल क्यान्सर हस्पिटलकी संस्थापक संचालक समिती सदस्य एबम सामाजिक अभियन्ता श्रीमती स्वरुपा श्रेष्ठसंग पहिलो पटक सुखद भेट भयो। उहाँ नेपाल क्यान्सर सपोर्ट ग्रुप , उपचारका लागि सहयोगी हातहरु, नेपाल च्याम्बर अफ कमर्स, रोटरी क्लब अफ याला, श्रीदीप हेल्थ वेलनेस  ---आदि जस्ता दर्जनौ सामाजिक तथा परोपकारी संस्थामा आबद्द हुनुहुदो रहेछ।  म अन्जु पन्तले पनि केही बर्षदेखी "अन्जु पन्त फाउन्डेसन" स्थापना गरी सक्दो सामाजिक सहयोग र परोपकारी काम गर्ने रहर गरेकी छु। आदरणीय  स्वरुपा मेमले उहाँका परोपकारी संस्थाहरुसंग हातेमालो गरी सहकार्य गर्न सकिने आश्वाशन दिएपछि मलाई धेरै धेरै खुशी लागेको छ। 

     यस सुखद भेट गराइदिनुहुने आदरणीय गीतकार तथा कबि @ दीपक यात्री प्रति हार्दिक आभार !


# परोपकारी संस्थामा सहकार्य #

## सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट ##


        (तस्बीरमा  स्वरुपा श्रेष्ठ मेम, डा दीपक यात्री र डा खगेन्द्र देबकोटा 

Friday, July 11, 2025

के म नेपाली हैन र ?

 के म नेपाली हैन र ?


हामी नेपालीसंग,

बिश्व शान्तिको क्षेत्र नेपाल भूमि छ

यसभन्दा पनि बुद्दको दिब्यभूमि छ

पूर्बजका खुडा खुकुरी मात्रै हैन

जनक र बुद्दको बोधिसत्व पनि छ

अमरसिंह र बलभद्रको बीरता मात्रै हैन

अरनिकोको सीप र कला पनि छ।

मेरो दक्ष मेरो शक्ति यसको लागि योग्य छ

किनकि -

के म नेपाली हैन र ?

------------------१ ---------------------------

हामी नेपालीलाई थाहा छ -

बारुदको धुवाले मात्रै युद्द हुदैन

सेतो परेवाले पनि शान्तिपूर्ण युद्द गर्न सक्छ

हिरण्यकश्यपु र दुर्योधनको मात्रै युद्द हुदैन

प्रल्हाद र युधिष्ठिरले पनि सत्यताको युद्द गर्न सक्छन।

स्वयम्भुका शान्ति दृष्टीले

एउटा न्याय, समानता र अवसरको खोजी गर्न सक्छु

किनकि -

के म नेपाली हैन र ?

--------------२ ---------------------------------


जाग भो अब जाग,

महाभारतको अभिमन्यू बनेर

अशिक्षा र अन्धबिश्वासको चक्रब्युह फोड्नुपर्छ

रामायणको लबकुश बनेर

भ्रष्टाचार र दुराचारको जरैबाट उन्मूलन गर्नुपर्छ।

बुद्द र जनक बनेर

ज्ञानको साक्षात्कार ज्योती सर्बत्र फैलाउनुपर्छ।

सीता र भृकुटी बनेर

देशको सुबास संसारभरी फैलाउनुपर्छ।

किनकि -

के म नेपाली हैन र ?

---------------------३ ---------------------


उठ, भो अब उठ ,

जोश र जागरको बीज छर्नुपर्छ

भाका लैबरीको गाइनुपर्छ

बोलि चाचारीको हुनुपर्छ

स्वयम्भूको शान्तिप्रीत आँखाले

पशुपतिको पवित्र स्वच्छ हृदयले

आऊ ,

एउटा युद्दको शुभारम्भ गरौ।

किनकि -

के म नेपाली हैन र ?

----------------४ ------------------

Saturday, July 5, 2025

नेपाल क्यान्सर गीत

 https://youtu.be/__h7WXQwoWQ


नेपाल क्यान्सर   (गीत):


स्वास्थ्य मेरो धन हो , स्वास्थ्य मेरो प्राण !

स्वास्थ्य मेरो जीबन हो , इश्वरको बरदान  !!

स्वस्थ खान्छु , स्वस्थ बस्छु स्वस्थै मेरो जीबन !

क्यान्सर शंका लाग्यो भने नेपाल क्यान्सर !!

-----------१ -----------------------------

गुट्खा खैनी खान्न म त सुर्ती पनि खादिन !

चुरोट बिडी तमाखु त कहिल्यै  हेर्दिन !!

जाँड रक्सी मादक हो , बस्छु म त पृथक !

क्यान्सर निदान गर्न परे , नेपाल क्यान्सर !!


--------------२ ---------------------------

पहिलो चरण निदान गर्छु , पहिलो चरण उपचार !

क्यान्सर निको हुनेगर्छ, छैन मलाई डर !!

किमो अनि  रेडिएसन सर्जरीको इलाज !

सर्ब सुलभ लोकप्रिय छ , नेपाल क्यान्सर !!


--------------३ -----------------------------

नेपालीको क्यान्सर उपचार हुन्छ नेपालमै !

उत्कृष्टता हेरचाह हाम्रो मूल मन्त्र नै !!

संदेश सारा फैलाऊ, जन चेतना सारा !

सर्बसुलभ मितव्ययी छ नेपाल क्यान्सर !!


-----------४ ----------------------------


    (समाप्त )


Monday, June 2, 2025

म त नाच्छु आउन साथी तीजैको भाका गाऊ

 म त नाच्छु आउन साथी तीजैको भाका गाऊ :

************************************

शिवजीको सेवा पूजा शान्ति गरे परिवार 

तीजको छ महिमा बुझी मन सपार 

उपयुक्त तरीकाले तीजलाई मनाउदा 

राम्रै हुन्छ सबैसंग मिली रमाउदा 

म त नाच्छु आउन साथी तीजको भाका गाऊ 

हासीखुशी क्यान्सर जिती हामी तीज मनाऊ 

--------------------१ -------------------------

तीजैको बेलैमा कसलाई लाग्ला नराम्रो 

क्यान्सर जित्ने दिदी बहिनी भेट्ने चाड हाम्रो 

मिलेर हामीसँगै मनाऔ तीजको महिमा 

समयमै क्यान्सर निदान गरौ सबजना 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती ------------------

-----------२ ------------------------------

नेपाल क्यान्सर भयो साथी प्यारो हाम्रो माइतीघर 

पार्वतीको रुपधारी शरण परौ नेपाल क्यान्सर 

माइत जानी रहर हुन्थ्यो तीजमा नि जहिले 

यसपाली त नेपाल क्यान्सर माइती भो अहिले 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

----------------३ -----------------------------------

के संदेश ल्याऔ चरी माइतीको आगन

बाबा आमा दाजुभाइ कस्ता छन् भनन 

किनिदेउ रातो सारी धागो र चुरा

क्यान्सर जितेपछि सपना छैनन् अधुरा 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

---------------४ ----------------------------

म बनाउछु खिर दही काकरीको अचार 

आऊ चेलीबेटी माइती घर शून्य नपार 

दिन त केही सकिन धेरै थिए चाहना 

दिदी बहिनी सबैलाई तीजको शुभकामना  

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

--------------------------५ ---------------------------

शिवजीको सेवा गरे होला शान्ती परिवार 

क्यान्सर पनि निको होला शिवजीको प्यार 

उपयुक्त तरीकाले तीजलाई मनाउदा

राम्रै हुन्छ नेपाल क्यान्सर भित्र रमाउदा 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

-------------------६ -----------------------

       (समाप्त )

डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

Thursday, May 29, 2025

भावपूर्ण श्रद्धान्जली

  यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सहकर्मी मित्र प्रफुल्ल झाको  पिताको  देह्बसान भएको  खबरले स्तब्ध भएका छौ।  

यस दु:खद  घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

 हामी यस दुखद परिस्थितिको सामना गर्न प्रफुल्ल झा एबम सम्पूर्ण परिवारलाई शक्ति प्रदान गरुन भनी  श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं | साथै स्वर्गीय बुबाप्रति संस्थागत एबम व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछौं |  

                                                                    ---  डा गिसुप निख प्रसिको 

                                                                       विभागीय प्रमुख, रेडिएसन एण्ड अन्कोलोजी बिभाग 

                                                                      नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , हरिसिद्दी ललितपुर 

Tuesday, May 20, 2025

स्वदेशको माया

 स्वदेशको माया

  हिमाल हिमालमा उपचार मागेर पुग्दैन

आफै संजीवनी बोकेर उक्लिनुछ

पहाड पहाडमा बिकास मागेर हुदैन

आफै बेल्चा, खन्ती र गैची भएर खनिनुछ

तराई तराईमा खेती चाहेर हुदैन

आफै कुलो र नहर भएर बगिनुछ।

 

किनभने ,

म भित्र एकलव्यको आस्था र भगीरथको साहस उब्जेका छन

म भित्र स्वयम्भूका आँखा र अरनिकोका औलाहरु चलमलाएका छन

म भित्र बुद्दको ज्ञान र सीताको शील जागेका छन

म भित्र बलभद्रको देन र अमरसिंहको राष्ट्रप्रेम जुर्मुराएका छन

 

त्यसैले त,

हिमाल पगाल्नुछ, पहाड फोर्नुछ, तराई जोत्नुछ

आफ्नो हत्केलाका भाग्यरेखा आफ्नै पसिनाले कोर्नुछ

जागृतीका ऋचाहरु पढ़नुछ, संप्राप्तिका बालीहरु गोड्नुछ

बिकासको सगरमाथा चढ्नुछ, उत्साहको कर्णाली तर्नुछ

 

अब,

आबश्यकताको बारीमा संप्राप्तिको बोधिवृक्ष रोप्नुछ

प्रेरणाको थालीमा कर्मका अक्षताहरु पुज्नुछ

पौरखको मन्दिरमा सेवाका नैवेद्यहरु चढाउनुछ

आस्थाको कलशमा  बिकासको दियालो बलाउनुछ

 

आखिर,

म माटोको किरिया खाएर  भन्छु-

म भित्र मात्र मुटु छैन, मुटुभित्र देश पनि अडेको छ

म भित्र मात्र रगत छैन, रगतसंगै गण्डकी पनि बगेको छ

मसंग मात्र छाती छाती छैन, छातीभित्र हिमाल पनि अडेको छ

मसंग मात्र आँखा छैन, आँखाभित्र गुराँस पनि फुलेको छ

 

अन्त्यमा,

मेरी आमा मलाई साइतमा जुराएको दही अक्षता लगाईदिनू

मेरी आमा मलाई शुभमुहूर्तमा सगुनको रातो टीका लगाइदिनू

म यो देश रोप्नुछ यो देशका कर्मठ रोपाहाराहरुसंग

म यो देश गोड्नुछ यो देशका परिश्रमी बाउसेहरुसंग

   “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

-------------------समाप्त --------------------------

 

  श्रष्टा: डा. दीपक यात्री

पोखरा -२७ कास्की

हाल : नेपाल क्यान्सर हस्पिटल , ललितपुर

मोबाइल नं: ९८१३४५६३७४

इ-मेल : deepak1.hclcdc@gmail.com