Tuesday, July 16, 2024
Saturday, June 15, 2024
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
आमाले तानमा गुन्द्री बुन्दै गर्दा
मैले देश बुनिदै गरेको देखेको छु।
बाबाले डोको बुन्दै गर्दा
मैले शान्ति र समृद्ध बुनिदै गरेको भेटेको छु।
हली बाले खेतको गरा जोत्दै गर्दा
मैले देश उर्वर भएको देखेको छु।
खेताला दिदीले धानको बीऊ रोप्दै गर्दा
मैले राष्ट्रियता रोपिएको देखेको छु।
बाऊसे दाईले खेतबारी खन्दै गर्दा
मैले बिकासको आली लगाइएको देखेको छु।
--------------१ ---------------------------
मलाई त अझै,
चुहिने पालामा धीप धीप गरेर
बाले झैँ लाग्छ यो देशको स्वाभिमान।
पुषको जाडोमा थरथर गरेर
कापे झैँ लाग्छ यो देशको राष्ट्रियता।
चैतको खडेरीमा तपतप पसिना चुहाएर
निथ्रुक्क भए झैँ लाग्छ यो देशको अखण्डता ।
----------------------२ -----------------------------
बस नेपाल आमा,
मलाई एउटा प्रकाशरुपी टुकी देऊ
विश्वासका पालाभरी तेल थप्दै पानस सल्काउनुछ यो देशको स्वाभिमान।
मलाई पौरखी हातसंगै च्यांग्राका ऊन देऊ
प्रेमको गलबन्दी र स्वीटरले न्यानो पार्नुछ यो देशको राष्ट्रियता।
मलाई पुष्पमाधुर्य सहितको सिरसिरे बायु देऊ
शीतल र स्वच्छ पार्नुछ यो देशको अखण्डता।
------------------३ ---------------------------------
हुन त !
यो देश भित्र मात्र मान्छे हैन
मान्छेभित्र पनि देश अडेको हुन्छ।
यो शरीरभित्र मात्र मुटु हैन
मुटुभित्र राष्ट्रियता पनि जोडेको हुन्छ।
त्यसैले त,
आखाँभरी फलाउनुछ समृद्धिको सपना
छातिभरी सजाउनुछ राष्ट्रियताको कल्पना
जागौ ,
उठाऔ धरतीको एकमुठी माटो
र खाऔ माटोको किरिया
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"
---------------------४ --------------------------
(समाप्त)
शृजना मिति : जून १५ २०२४ /आषाढ १ गते २०८१
Sunday, June 9, 2024
हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो !
हिमाल हाम्रो शिरको टोपी :
हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो !
तराई हाम्रो आँखाको नानी, मन र मुटुको !!
कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा !
कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !!
हिमाल हाम्रो शिरको टोपी--------------------
तराई हाम्रो आँखाको नानी--------------------
-------------१ ------------------------------
मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली !
मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !!
छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी !
काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !!
हिमाल हाम्रो शिरको टोपी--------------------
तराई हाम्रो आँखाको नानी--------------------
------------२ -------------------------------
म हास्छु मेरै गुराँससंगै , पहाड झलल !
म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !!
भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो !
जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !!
हिमाल हाम्रो शिरको टोपी--------------------
तराई हाम्रो आँखाको नानी--------------------
---------३ -------------------------------
धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल !
चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !!
लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा !
पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !!
हिमाल हाम्रो शिरको टोपी--------------------
तराई हाम्रो आँखाको नानी--------------------
--------------४ -----------------------------
(समाप्त )
डा दीपक यात्री
लेखनाथ -२७ , कास्की
हाल : प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर
सम्पर्क फोन नं : ९८१३४५६३७४
Wednesday, June 5, 2024
राष्ट्रिय गीत लेखन :
चाहिँदैन धनदौलत चाहिँदैन सुख
मलाई मेरै चोखो राष्ट्र नेपाल भए पुग्छ
हिमाल, पहाड, तराई र महाकाली, मेची
अखण्ड यो राष्ट्र मेरो पुग्छ भए यति
देउराली र भञ्ज्याङ अनि झरनाको पानी
फाँट, टार, लेकबेँसी, वनजंगल र खानी
होस्टे गर्दा हैँसे गर्ने हात भए पुग्छ
नेपाललाई नेपालीको साथ भए पुग्छ
कञ्चनजङ्घा सगरमाथा हिमालहरु हाम्रो
बुद्ध हाम्रो जनक हाम्रो संस्कृति झन् राम्रो
जातजाति भाषाभाषी चाडपर्व राम्रो
अद्वितीय वीरता र स्वाभिमान हाम्रो
हिमालझैँ मुहार छ चन्द्र सूर्य टीका
मलाई मेरो नेपाल प्यारो लाग्छ अरु फिका
तराईको हरियो सारी पहाडको चोली
जहाँ रहे पनि सुन्न पाऊँ नेपालीकै बोली
तीन करोड नेपालीको बनोस् एउटै सोच
देशको मुहार हँसाउन झिक्नुपर्छ जोस
मेरो देश
शिरमा हिमाल मुटु पहाड र काखमा तराई राखौला
सत्यको बाटो हिड्नलाई चन्द्र र सुर्य भाकौला
मरे सहिद हुनेगरी यो देशकै लागि बाचौला
लालिगुरास झै फुली मयुरजस्तै नाचौला - ।।
गरिब देशमा जन्मियौ मान्दैनौ यसमा कत्ती पिर
देश कै लागि परिआए चढाउन सक्छौ आफ्नै शिर
नराखौ जातभात यो गरौ सबलाइ बराबरी
नेपाली हौ सबै हामी नेपालका छोराछोरी - ।।
कुरिती उखेली अब ती ज्ञानको बीउ छर्नु छ
नेपाल अमर बनाउनलाई केही त काम गर्नुछ
जबसम्म दिनमा सुर्य रातमा चन्द्र छाइरहोस
तबसम्म यो मनमा जय जय नेपाल आइरहोस - ।
सुजन्म यो मनाइयो ! (anantaram Neupane)
हिजो बेलुका
Tuesday, May 28, 2024
नेपालको गीत
भैरवी भूगोल
ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ–
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ–
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको शिर,
ज्ञान–विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको बिरुवा
विकास गरौँ–
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरूमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरूका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियून्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखून् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरू ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
शिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन, पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहून्
मेरा सन्ततिहरू
गाइरहून् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।
(नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित
कविता महोत्सव २०७७ मा प्रथम कविता )