आज मे २८ गते ! विश्व रक्त क्यान्सर दिवस (world Blood Cancer Day)
Monday, May 27, 2024
आज मे २८ गते ! विश्व रक्त क्यान्सर दिवस (world Blood Cancer Day)
Saturday, March 30, 2024
तीजको लहर हैन बरी , तीजैको रहर नाचौ बरीलै !
तीजको लहर हैन बरी , तीजैको रहर नाचौ बरीलै !
------------------------ ---------------------------
भदौरे झरी त्यो चिप्लो बाटो , लड्दै नि आइयो नि !
डाडा र काडा चार भन्ज्यांगदेखि, हिडदै आइयो नि !!
खोला र नाला जंघार तर्दै, रुझदै आइयो नि !
माइतीको आँगन बाबाको घर, सम्झेर आइयो नि !!
तीजको लहर हैन बरी , तीजैको रहर ---------- !
------------------------१ -----------------------
दिनो न स्वामी रातोमा चुरा, फूलबुट्टे सारी नै !
दिनो न स्वामी कानैमा झुम्का, ओठमा लाली नै !!
त्यो बालपन खेलेको चौर, खेल्नलाई आइयो नि !
त्यो बालसखा खेलेका साथी, सम्झेर आइयो नि !!
तीजको लहर हैन बरी , तीजैको रहर ---------- !
-----------------२ ---------------------------------
ठोकौंन मादल दिदी र बहिनी, फुटोस खरी नै !
नाचौन नाच साथी र संगी, घन्कियोस माईती नै !!
शिवको लिङ्ग गरेर पूजा, स्वामीको आयुलाई !
बसेर ब्रत गाएर गीत, मनाऔ तीजलाई !!
तीजको लहर हैन बरी , तीजैको रहर ---------- !
------------३ ------------------------------------
जाम्लानी माइत खाम्लानी दर, माइतीको पिढीमा !
बीस बर्षे जुग बितेको घर, छाती र मुटुमा !!
भदौरे भेल बर्षाको झरी, माईतीको बाटोमा !
खोला र नाला जंघार तर्दै, त्यो रातो माटोमा !!
तीजको लहर हैन बरी , तीजैको रहर ---------- !
तीजको लहर हैन बरी , तीजैको रहर ---------- !
तीजको लहर हैन बरी , तीजैको रहर ---------- !
-------------४ ------------------------------------
(समाप्त )
श्रष्टा: डा दीपक यात्री
Sunday, March 24, 2024
बुवाप्रति श्रद्दान्जली : (छन्द: झ्याउरे )
बुवाप्रति श्रद्दान्जली : (छन्द: झ्याउरे )
कालिका गाऊ सापकोटाबारी, कासकी जिल्लामा !
जन्मेथे एक समाजसेवी, पहाडी भूमीमा !!
असाध्यै थिएँ मिहिनेती उनी, खेती र कृषिमा !
कोदाली खन्थे बन्चरो हान्थे, बालकै कालमा !!
------------१ --------------------------------
खेत र बारी पाखो र टारी, गरेर चलन !
पुर्खाको माटो जोत्दै र खन्दै, जहान पालन !!
भाई र बहिनी पढाइ गर्थे, स्कूल गएर !
स्कूले शुल्क जुटाउने गर्थे, बाऊसे गएर !!
----------२------------------------------
कहिले स्कूल कहिले खेती, दुईटै धानेर !
प्रा बि को शिक्षा हासिल गरे, घरमै बसेर !!
गोर्जेमा थियो माध्यमिक स्कूल दुई कोश पर्तिर !
तैपनि भर्ना भएका थिए , मिलाई अवसर !!
------३ ----------------------------------
ठूलाकोट डाडो चारकोश पर, पोखरा शहरट !
तैपनि गर्थे लेखा र पढी, ओहोरो दोहोर !
कालोमा कलम घुमाउदै लेख्थे, नेपाली कागज !
लाल र पुर्जा कपाली तमसुक, पोखरा मालपोत !!
-------------------४ ------------------------------
समाजसेवा गर्नको निम्ति वडामा निर्बाचित !
घर र टोल धारो र पानी, लगाव रातदिन !!
बाटो र खन्न स्कूल बन्न, दिएथे दिलोज्यान !
कालिका मन्दिर, सार्कीको मैदान उनैको योगदान !
-------------५ ---------------------------------
बाह्रमा मात्रै रोपनी थियो , पैतृक सम्पती !
खरको छानो, माटोको घर, पिताको दौलती !!
एक हल गोरु पालेर गर्थे , रोपाई मारामार !
रोपेर मानो धानको खेती, बीस र मुरी धान !!
----------------६ --------------------------
बाबाको बुद्दि बर्कत तीक्ष्ण, चलाख बुद्दिले !
साठीको बढी रोपनी जग्गा, जोडियो खुबीले !!
चारतले घर तालचोकतिर ठडियो पक्किघर !
घडेरी मात्रै जोडिन पुगे, पाचवटा एकैवार !!
---------७ ----------------------------------
दुइटा छोरा, तिनोटी छोरी नाति र नातीना !
पढाई लेखाई सकेर सबै गर्दैछन गुजारा !!
तिमरो बाबा आत्मामा शान्ति , बैकुण्ठ बासन !
सायुज्य मिलोस पार्थिव आत्मा, स्वर्गको आसन !
------------८-----------------------------------------
(समाप्त )
Saturday, March 23, 2024
फाल्गुण पुर्णिमा (होली )को शुभकामना
फाल्गुण पुर्णिमा (होली )को शुभकामना
नेपालीहरुको महान पर्ब फाल्गुण पुर्णिमा (होली )को सु -अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु ,कर्मचारी मित्रहरु,हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्यु हरु, सेयर सदस्यज्युहरु र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ब्यबस्थापनको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै कोरोना र अन्य सङ्क्रमणको अझै पूर्ण रूपमा नियन्त्रण भई नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरूलाई अवरोध नहुने गरी मर्यादित रूपमा होली पर्व मनाउन अनुरोध गर्दछु।
--प्रार्थी डा सुदिप श्रेष्ठ , कार्यकारी अध्यक्ष , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
बसन्त ऋतुको बारेमा
बसन्त ऋतुको बारेमा
बिरुवाले फेर्ने पालुवा, प्रकृतिको हरियाली रूप, पारिलो घाम अनि जाडोको बिदाइ त्यसपछि त मन त्यसै चंगा हुन्छ वसन्त ऋतुमा ।
प्रमोद खरेल, गायक
वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछ, सबैतिर हरियाली हुन्छ । हरियाली भएपछि मन त्यत्तिकै दंग पर्छ ।
अनु शाह, अभिनेत्री
वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । यो सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु भएको हुँदा यसलाई सबैले मन पराउँछन् ।
अम्बिका गुरुङ, गीतकार
प्रकृतिले पालुवा फेर्ने भएकाले जीवनमा नयाँपनको आभाष हुन्छ, नयाँ जोस–जाँगर आउँछ ।
हिमानी सुब्बा, कोरियोग्राफर
मनै आनन्दित तुल्याउने हरियाली वातावरण र पारिलो घाम अनि सित्तल मौसम नै यो ऋतुको सुन्दरता हो । फूपू तेन्जिङ शेर्पा, फेसन उद्यमी
मौसम नै रमाइलो हुन्छ, न जाडो न गर्मी । जताततै हरियाली देखिन्छ । मन चंगा हुन्छ । छोटा कपडा लगाएका सुन्दर युवतीहरूको चअलपहल बढ्छ । मौसम र वातावरणले गर्दा काम गर्ने जाँगर
पनि चल्छ ।
कुवेर गिरी, सञ्चारकर्मी
हल्का कपडा लगाएर हिँड्न पाइन्छ, कम्फर्टेबल फिल हुन्छ ।
युवराज चौलागाईं, गायक
वसन्त ऋतु भन्ने बित्तिकै म सरस्वती पूजा (श्री पञ्चमी) लाई सम्झन्छु, जसमा बालबालिकाहरूको अक्षराम्भ गरिन्छ । यति बेला बोटबिरुवा एवं फूलहरूमा नयाँ पात पलाउँछ, जुन एकदमै सुन्दर र मनमोहक देखिन्छ ।
लक्ष्मण महर्जन, अधिवक्ता
कोइलीको कुहु– कुहु र काफल पाक्यो चरीको सन्देश । फूल अनि हरिया रूखहरू, उमंग दिने समय, नयाँ क्यालेन्डर,नयाँ उत्साह र अठोट...यिनै हुन् वसन्त ऋतुका सुन्दर पक्ष ।
दिनेश डिसी, रेडियोकर्मी
सफा आकाश, नयाँ पालुवा, सुन्दर फूल अनि नयाँ वर्ष ।
निर्मला ढकाल, समाजशास्त्री
वसन्त ऋतुको सुन्दर पक्ष प्राकृतिक सुन्दरता नै हो । वसन्तमा बहार आउँछ, न गर्मी न चिसो ठिक्कको मौसम । यतिबेला प्रकृतिले पनि काँचुली फेर्छ । सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो यो ।
आर्यन अधिकारी, सह–निर्देशक
पुरानो पालुवाको ठाउँमा नयाँ पालुवाको आगमन, आरुको फूलले मन लोभ्याउँछ । नयाँ सोच, नयाँ कामको सुरुवात आदि नै वसन्त ऋतुको सुन्दर पक्ष हो ।
आलोकश्री, संगीतकार
वसन्त ऋतुमा न जाडो, न गर्मी । यो मौसम सबैलाई मनपर्छ । पुराना पातहरू झरेर नयाँ पालुवा लाग्ने ऋतु । उत्साह र उमंगको संकेत गर्ने ऋतु । सांगीतिक दृष्टिले भन्नुपर्दा कोयलीको गीत सुन्न पाइने ऋतु ।
इतु जोजिजू, गायिका
नयाँ उमंगसँगै नयाँ पालुवा हालेका वृक्षहरू ।
निशु ढकाल, गायिका
झरेका पातहरूमा नयाँ मुना पलाउने हरियाली ऋतु अनि फूलैफूलको मौसम ।
अमर तण्डुकार, गायक
रूखमा पालुवा पलाउँछ, हरियाली प्रारम्भ हुन्छ अनि मौसम रमाइलो हुन्छ ।
उमेश खड्का, कलाकार
नयाँ पालुवा लागेका रूख, जताततै हरियाली चरा–चुरुङ्गीको मधुर धुन, लाली–गुराँसले सजिएका वन–पाखा, रुखो मनमा उमंग–उत्साह छाउने ऋतु–वसन्त ऋतु ।
अनिता आचार्य, अभिनेत्री
मलाई सबैभन्दा मनपर्ने ऋतु नै वसन्त हो । यो ऋतुको सुन्दर पक्ष भनेको बोटबिरुवाले नयाँ पालुवा फेर्नु हो । यतिबेला जताततै हरियाली हुन्छ ।
विपना थापा, मोडल
रमाइलो जोस अनि नौलो उमंग नै वसन्त ऋतुको रमाइलो पक्ष हो । वसन्त ऋतुमा प्रकृतिले पनि नयाँ रूप लिन्छ भने चरा–चुरुंगीदेखि मानव जीवनमा पनि रमाइलो अनुभव गराउँछ । त्यसैले पनि वसन्त ऋतु, ऋतुहरूमध्ये सबैभन्दा रमाइलो ऋतु मानिन्छ ।
अभिनाष घिसिङ, गायक
हरेक नयाँ पालुवाको आगमनसँगै हामीमा एक प्रकारको उमंग छाउँछ ।
सङ्गराग बराइली, गीतकार
म संगीतप्रेमी परें, त्यसैले कोइलीको कुहु–कुहुले आकर्षित हुन्छु । प्रकृतिको हरभरा रूप यो ऋतुको अर्को सुन्दर पक्ष हो ।
सिर्जना कार्की, गायिका
वसन्त ऋतुको सुन्दर पक्ष न धेरै जाडो न धेरै गर्मी हुने रोमान्टिक मौसम र हरियाली नै हो ।
भावना गुरुङ, अभिनेत्री
मलाई वसन्त ऋतुको राम्रो लाग्ने पक्ष हरियाली अनि पारिलो घामका साथै हल्का चिसो हावा हो । यो मौसमले नयाँ वर्षको आभाषसमेत गराउँछ ।
हिमाल सागर, गायक
जब–जब बिरुवामा पालुवा पलाउँछ, त्यसको सुन्दरता मलाइ सार्है मनपर्छ ।
अर्जुन अधिकारी, निर्देशक
चारैतिर हरियाली अनि फुलैफूलको मौसम, बोटबिरुवामा नयाँ पालुवा पलाउनु अनि न चिसो न त्यति गर्मी ।
सञ्जय श्रेष्ठ, गायक
हरियाली दृश्य, मनमोहक सुन्दरता एवं रमणीय वातावरण नै यो ऋतुको सुन्दर पक्ष हो ।
आशिष सचिन, गायक
वसन्त ऋतु रङ्गीबिरङ्गी फुल फुल्ने मौसम हो । त्यसकारण यो समयमा एकदम सकारात्मक ऊर्जा सञ्चार हुन्छ अनि यो मौसममा दिन लामो हुन्छ । मलाई त्यो पनि राम्रो लाग्छ ।
श्री पाण्डे, समाचारवाचिका
हरियाली वातावरण रमाइलो लाग्छ । मौसम पनि आनन्दको हुन्छ । कोइलीको गीत गुञ्जन्छ, हावामा एक प्रकारको मस्ती हुन्छ जसले मनलाई तरंगित तुल्याउँछ ।
स्वेच्छा केसी, मोडल
सुकेको बोटमा नयाँ, ताजा पालुवा पलाएको देख्न पाइन्छ ।
विजया कार्की, रंगकर्मी
हरियाली तथा फूल मन नपर्ने मानिस बिरलै पाइएलान् । वसन्त ऋतुलाई ऋतुहरूको राजा पनि भनिन्छ । चारैतिर हरियाली अनि फुलैफूलले सजिएको सुन्दर प्राकृतिक दृश्य देखिनु नै यो ऋतुको सुन्दर पक्ष हो । दु:खपछि पाइने सुख झैं शिशिर ऋतुको उजाडतापछि यो मन नै फुरुङ्ग पार्ने वसन्त ऋतु प्रकृतिको एउटा सुन्दर उपहार हो ।
बानिका प्रधान, गायिका
मलाई साह्रै मनपर्छ यो ऋतु । आफूलाई मनपर्ने रंग पनि हरियो नै भएकाले मलाई यो ऋतु आउने बित्तिकै फोटो खिच्न मन लाग्छ ।
सुलेमान शंकर, इकु, अभिनेता
प्रकृति र मानिसको सम्बन्ध एकदम नजिक छ । मलाई हरेक दृष्टिले यो मौसम एकदम प्रिय लाग्छ, रंगहरू फेरिन्छन् । एक किसिमको मिठो वासना फैलिन्छ वातावरणमा । चारैतिर रमाइलो हुन्छ । रंगीबिरंगी फूलहरू फूल्छन्, नयाँ पात पलाउँछन् ।
दुर्गा खरेल, गायिका
प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
https://saptahik.com.np/gossip/2019/02/18/20190217150628
Monday, March 18, 2024
रुखा बचनका सबै बाणहरु भूलिदिन्छु म
तिम्रा रुखा बचनका सबै बाणहरु भूलिदिन्छु म !
तातो बालुवामा पनि लहराउदै फुलिदिन्छु मा !
आगो पिउदा पिउदै बानि परिसक्यो अब त !
तिमीले जहरै दिए पनि हासी हासी निलिदिन्छु म !!
------------हरिदेबी कोइराला
Tuesday, February 27, 2024
बाबाप्रति श्रदान्जली
" बाबाप्रति श्रदान्जली"
एउटै मानब जो थियो हृदयको सर्वस्व मेरो थियो !
एउटै पुस्तक जो थियो हृदयमा बाबा लेखेको थियो !!
एउटै साथ बसेर हासिरहने बाबा कहानी बन्यौ !
एउटै शान्त र सुख गृहको, बाबा बिरानो बन्यौ !!
-----------१ ----------------------------------------
आफै इश्वरले रचेर धरती, बाबा संगै भासियो !
आफै इश्वरले सृजित गृहस्थी, बाबा संगै च्यातियो !!
कल्पेर अहिले अतीत यादमा, सम्झेर पो के भयो !
बाबा शब्द सम्झदै गुणकथा लेखेर पो के भयो !!
--------------२ --------------------------------------
यी दुई छोरा छन यतातिरअनि, छोरीहरु तीन जना !
प्रीय यती रहेछ भेट टुहुरा, सम्झेर बस्छौ यहाँ !!
बिर्सी बिर्सी सकिन्न किन्तु कहिल्यै, बाबा आफै झर्नु भो !
बढी पातको पालुवा फेरेर, बाबा आफै खस्नु भो !!
--------------३ ---------------------------------------
मैले सोधेथे अन्त्यकाल उहाँको , धोको रहेको थियो !
मैले सोधेथे अन्त्यकाल उहाँको , रहर पो के थियो !!
मैले हरदम खालि शैया बिचमा, छोरा भनेको सुने !
बोल्दै बकबक मात्र बोली संगमा, नानी भनेको सुने !!
------------------ ४ ----------------------------------
आशु झर्थ्यो खालि परेली बिचमा, बोल्ने धोको अड्कियो !
बाक्य प्रष्ट भएन कहिल्यै ओठमा, तोते बोली मात्रै थ्यो !!
बिर्सी बिर्सी सकिन्न कहिल्यै नभमा, बाबा बिरानो भयौ !
लेखी लेखी सकिन्न कहिल्यै लेखमा, बाबा अमर रह्यौ !!
-------------------५ ----------------------------------
(समाप्त )