Sunday, June 18, 2023

रातसँग युद्द

                 "रातसँग युद्द"

अध्यारो !

सन्नाटाको बिरुद्द एउटा युद्द गरौ 

मौनताको बिरुद्द एउटा युद्द गरौ 

नीरबताको बिरुद्द एउटा युद्द गरौ। 

-----------१ --------------------------

हामीले अब,

अध्यारोको सन्नाटालाई तोडेर 

उज्यालोको प्रकाशलाई फिज्याउनुछ 

अमुक मौनतालाई तोडेर 

बुलन्द आबाजलाई निम्त्याउनुछ 

नीरबताको चुपचापलाई तोडेर 

उल्लासको बाताबरण सिर्ज्याउनुछ। 

------------------२ -----------------------

अध्यारो बिरुद्द लड्न अब 

जूनकिरीहरु बत्ति बाल्दै तत्पर छन् 

जूनहरु चम्किदै माहिर छन् 

ताराहरु टल्कीदै उद्धत छन्। 

----------------------३ ------------------

रात काट्न नसक्दा,

चराहरुको चिरबिर चिरबिर कुण्ठित भएको छ

भाले बास्ने "कुखुरी काँ" स्वयम लोप भएको छ 

प्रभातीको जप्मंत्र अरु बिलाम्बित भएको छ 

बिहानीको नित्यक्रिया पनि स्थगित भएको छ। 

----------------४ ----------------------------------

जागौ !

अब हामी सबै हातमा अगुल्टो र टर्च लिएर जागौ 

अब हामी सबै साथमा मैनबत्ती र लाल्टिन लिएर जागौ 

अशिक्षा र अन्धबिश्वासको रातलाई निस्तेज पारौ 

रुढीबादी र बिसंगतीको रात्रीलाई निष्क्रिय पारौ। 

------------५ -------------------------------------------

                (समाप्त )

खुशीको क्षण :

   खुशीको क्षण :

 आज धेरै दिनपछि 

मेरो मनको सानो बगैचामा 

खुशीका फूलहरु ढकमक्क फुलेको देखे !

----------------------१ ------------------------

 आज लामो अन्तराल पछि 

मेरो हृदयको खुल्ला आकाशमा 

हर्षका जूनहरु लटरम्म उदाएको देखे !

-----------------२ -------------------------

आज धेरै दिनको प्रतिक्षामा 

मेरो अन्तरआत्माको बिहानीमा 

सूर्यको उषाका लालीहरु उदाएको देखे !

------------------३ -----------------------------

आज धेरै बर्षको पर्खाइमा

मेरो भावनाको हरियो फाँटमा 

हर्षको कुलोले सिचाई गरेको देखे !

------------------४ -------------

           (समाप्त )

Wednesday, June 14, 2023

मेरो देश, मेरो भावनामा

                        " मेरो देश, मेरो भावनामा "

    हामी आफ्नो निर्धो बर्तमानमा 

  आफ्नै देशको मेची महाकाली कुद्नुपर्छ 

हामी आफ्नै मुर्चुङ्गा र सारंगीको रेटाइहरुमा 

आफ्नै चाचरी र लैबरीका भाका अट्नुपर्छ। 

-------------------------१ ------------------------

हाम्रा आफ्नै रंग बिरंगका विखण्डित मनहरु 

अनारको दाना झैँ सर्लक्क सिंगो मिल्नुपर्छ 

हामी केस्रा केस्राका विभाजित बिचारहरु 

माहुरी झैँ एकै चाकामा जुट्नुपर्छ। 

-------------------२ -------------------------------

हाम्रो चेतनाको बाझो बारीमा जन्माएका अन्धबिश्वासहरु 

बाउसे, कोदालो र खान्तिले बाझो फोर्नुपर्छ 

अशिक्षा र बैमनुष्यहरुले उब्जाएका बाझो टारीहरु 

शिक्षा र जागृतीको मलले आफै मल्नुपर्छ। 

-----------------३ ------------------------------

हामी आफ्नै परिचयको पराग लिएर 

फूलजस्तै रंगीन फुल्नुपर्छ 

हामी हाम्रै धरातलको स्वाभिमानमा अडिग हुदै 

सगर जस्तै निर्बिघ्न ठडिनसक्नुपर्छ। 

-----------------------४ --------------------

हामी हाम्रै नगल्ने पानीको अक्षय लिएर 

पन्चामृतले चोखिनुपर्छ 

हामी जूनको आशुले निथ्रुक्क भिजेर 

बिहानीको शीतसंगै उदाउन सक्नुपर्छ। 

-----------------५ ------------------------------

 हामी आफ्नै पाखाहरुमा गुराँस फुलाउदै 

हरेक बसन्तमा कोईलीको गीत गुञ्जाउनसक्नुपर्छ 

हामी हाम्रै कोशीको कन्चन पानीमा 

आफ्नो स्निग्ध अनुहार पखाल्नसक्नुपर्छ। 

----------६ ---------------------------------

हामी हाम्रै इन्द्रेणीको सप्तरंगीमा 

बिकासको रंगिन माला पहिराउनसक्नुपर्छ 

हामी हाम्रै जातजातीको सुन्दर बगैचाभित्र 

बिश्वास र भातृत्वको फलहरु फलाउनसक्नुपर्छ। 

-----------७ ---------------------------------------

     (समाप्त )

Wednesday, June 7, 2023

पानी र जीबन

                  "पानी र जीबन"

 पानी रंगहीन हुन्छ !

पानी स्वादहीन हुन्छ !!

पानी गन्धहीन हुन्छ !!!

------------१ -------------------

मैले नदीको पानीलाई हेरे 

नदीबाट निस्केका नहरलाई हेरे 

पानीले त खेत हरिया बनाउदो रहेछ 

मैले बाटो चढ्दै गरेको बटुवालाई देखे 

बटुवाको पदयात्रासंगै पसिना थिए 

पानीले त पसिनाको बर्षा पो गराउदो रहेछ 

-----------------२ ----------------------------

मैले खेत जोत्दै गरेको हलीलाई हेरे

ऊ पसिना पुछ्दै र खेत जोत्दै गरेको देखे 

एकैछिन पसिना पुछेर एक अन्खारा पानी पिएको देखे 

पानीले त शरीरलाई स्वादिलो बनाउदो पो रहेछ। 

-------------------------३ ------------------------

मैले मालीले उद्यानमा फूल गोड्दै गरेको देखे 

हजारीले फूलहरुलाई पानीले सिञ्चन गरेको देखे 

रंगीचंगी फूलहरुले बगैचालाई रंगीन बनाएको देखे 

पानीले त बाताबरण नै रंगीन बनाउदो रहेछ। 

-------------४ ----------------------------------

बास्तबमा,

पानी हर लहलहाउदै गरेको बालीजस्तै हरियो हुन्छ 

पानी हर कलकलाउदै गरेको कुलोजस्तै शालीन हुन्छ 

पानी हर गडगडाउदै गरेको छहरा जस्तै उमंगित हुन्छ 

पानी हर छटपटको भोकको व्यंजन जस्तै स्वादिलो हुन्छ 

पानी हर हरहरको प्यासको निम्ति सर्बत हुन्छ। 

-------------------------५ -------------------------

अब मलाई लाग्छ ,

 पानी रंगहीन हैन, सबै रंगको जवानी हो 

पानी स्वादहीन हैन, सबै स्वादको चौरासी व्यंजन हो 

पानी गन्धहीन हैन, सबै गन्धको मिठास हो। 

--------------६ ------------------------------


       (समाप्त )

गाऊको घर पुग्दा

                           " गाऊको घर पुग्दा "

आफू जन्मेर हुर्केको गाऊमा पुग्दा 

खै !

घामै समातौ जस्ता युवाहरु कोही छैनन

अनि चराजस्तै चिर्बिराउने बालबालिका पनि त छैनन 

----------------------------------------१ -----------------------

आफू जन्मेर हुर्केको गाऊमा पुग्दा

कस्तो !

आगनभरी दूबोले छरपष्ट ढाकेको छ 

बारीको डिलको फूल नटिपिएर झरेको छ 

बेलौतीका दानाहरु पाकेर आफै झरेका छन

सुन्तलाका गेडाहरु पाकेर आफै खसेका छन 

---------------२ ----------------------------------

अहिले म,

शहरमा एउटा कैदी जिन्दगीसंग तुलना गरिरहेकोछु 

बनै मगमगाउने बनफूल गमलामा सिमित फुलेकाछन 

डाडै ब्युझाउने चरीको चिरबिर बन्द पिजडामा थुनिएका छन 

बनपाखा पखेरा चहार्ने दिन्दनी बन्द कोठामा सिमित भएका छन 

------------------३ ------------------------------------------------

अहिले सम्झदैछु,

ती डाडापाखाहरुमा गोठालो गर्दै सुसाएका गीतहरु 

ती शीतल चौतारीहरुमा थकाई मार्दैका शीतल हावाहरु 

ती टारीखेतका गराहरुमा गुच्चा खेल्दाका खोपिल्टाहरु 

ती जंगलभित्रका रुखहरुमा काटेका घोचा र भाटाहरु। 

--------------४ -------------------------------------

आखिर;

मेरो गाऊको सम्झना कहिल्यै नसुक्ने महजस्तै स्वादिलो छ 

मेरो गाऊको स्मृती कत्ति नरोकिने साउनको भेलजस्तै तेजस्वी छ 

मेरो गाऊको यादगार पलहरु फूलजस्तै नवोइलिनेछ 

मेरो गाऊको साचो माया कहिल्यै नझुक्ने सगर जस्तै प्यारो छ। 

----------------------५ ---------------------------------------

                 (समाप्त )

Saturday, May 27, 2023

नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर

 

नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर

 

भारती मुलका सैनिक घरका,जन्मे प्रतिभा एक !

काटी सतगजा फड्केर सिमाना बिराज नेपालमा !!

बस्यौ नेपाली मनमस्तिष्कमाझ ,संगीतका साधक !

नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !!

------------------१ -------------------------------------

मृत्यु एक अभिशाप हो विसंगती,नियतिको पालन !

शाश्वत प्राणको पार्थीव लीला हो, पंचतत्व बिसर्जन !!

कोही चाडै नै त कोही अलि ढीला,राजै छैन अमर !

नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !!

--------------------२ -----------------------------------

कोपिला फक्रेर फुलेर झर्दछ ,माटो मौलाइकन !

त्यही माटो उर्बर बनिदिन्छ ,बनाइ सयौ अङ्कुर !!

तिम्रै काखमा जन्मिए प्रतिभा फक्रुन फलुन अङ्कुर !

नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !!

------------------३ ------------------------

राजा इन्द्रले स्वर्गमै गीत सुन्न, बोलाएको पो होकि ?

इन्द्राणी सखी ती कतै पतिलाई गरीछ्की बिनती ??

नेपाली जनको भरेर दिलमा संगीतको श्राबण !

नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !!

------------------४ ------------------------

(समाप्त )

Wednesday, May 24, 2023

मंगसिर पौष याम,हेमन्त मास

 

मंगसिर पौष याम,हेमन्त मास

मित्र हो कुहिरो भरीभरी आए !

हुस्सुले सारा थोपाथोपा छाए !!

हजुरबाबा आमा बालक नानी !

सबजना भन्छन ठण्डक रानी !!

निभ्दछ दिन पर्छ चाडै साँझ !

मंगसिर पौष याम,हेमन्त मास !!

-----------१------------------------------

धानका कुन्याभारी दाइको याम !

ठंगठंग काप्दै गर्ने दयरो काम !!

धान रास ठूलो, पराले टौवा  !

मानो रोपी भरौ भकारी गाउका !!

आगो ताप्दै रमाउ,न्यानोको राप !

मंगसिर पौष याम,हेमन्त मास !!

------------------२------------------------

हराभरा आलू, पहेलीए तोरी !

बीर्तादेखी माथि ,गैरीबारी भरी !!

बन्दाकोभी काउली,बारी हराभरा !

खुट्टे पैते खलो दाई भराभरा !!

खेत जोती रोपौ अन्न गहूमास !

मंगसिर पौष याम,हेमन्त मास !!

---------३------------------------------

----------(समाप्त )--------------