Wednesday, May 24, 2023

मानब तिमी सोध आफैसंग

 

मानब तिमी सोध आफैसंग

 

मानब तिमीले मेरो पंखतिर |

काट्न लाग्यौ लिई हतियार ||

एकै स्वर छ नाई सबजन |

मानब तिमी सोध आफैसंग ||

-----------१------------------------

दुबिधा तिमीलाई काटु नकाटु |

दोधार तिमीलाई आटु नआटु ||

आत्मभित्र होला तिम्रो देबगन |

मानब तिमी सोध आफैसंग ||

-------------२--------------------

महीना पुर्बएक मेरा बाबाआमा |

दीइजन्म मलाई गए चारा खोज्न ||

तिमी आई टिप्यौ पंख समाईकन |

मानब तिमी सोध आफैसंग ||

--------------------३-------------------

होलान तिम्रा पनि लाला बाला |

बटुलेर तिन्लाई पुग्दाहुन चारा ||

उसैगरी उडे मेरा बाबा आमा |

मानब तिमी सोध आफैसंग ||

-------------४-----------------

काटी मेरो पंख बस्त्र बुन्ने भए |

पिई मेरो आशु तृष्णा मर्ने भए ||

बढ अगि तिमी चुड मेरो पंख |

मानब तिमी सोध आफैसंग ||

------५---------------------

(समाप्त)

पहिलो घर

 

" पहिलो घर "
सापकोटाबारी म जन्मेको माटो !
काउले सुर्केमैदान बाटोघाटो !!
तल्लोबारी माथि पाडेंबारी छ !
यो दिलमा हरदम घुमिरहन्छ !!
मोहनाथ पुत्र ज्येष्ठ चूडामणिका !
जन्मे म यही स्वर्गीय भूमीमा !!
---------१----------------------------
"दोस्रो घर "
चारै बर्षको शिशु नाबालकमा !
झरेछु अर्चले तल सानो गाउमा !!
लेखनाथ प्राबि र लक्ष्मी माविमा !
प्रथमै मात्रै मिल्थे शैक्षिक उपमा !!
प्रथम दर्जामा गरी प्रबेशिका !
छाडे अर्चले झारी आशु ढिक्का !!
---------------------२------------------
"तेस्रो घर"
राजधानी भित्र छिरे अध्ययनार्थ !
विज्ञानमा प्रबीण प्रमाणपत्र !!
निक्ले भारतमा प्राबिधिकिलाई !
पिताजी निम्ता बिहे गर्नलाई !!
तेस्रो घरमा गरी सब बिहेदान !
बिताउदैछु सब परिवारजन !!
--------------------३-----------------------
निष्कर्ष :
घर मेराऽ अरु पनि आउलान !
यो आखाँमा बस्ती पनि छाऊलान !!
तर जन्मजस्तो पबित्र घर !
खोजेर कहिल्यै नपाइदो रहेछ !!
न बिर्से कहिल्यै न बिर्सनसक्ने !
स्वर्गीय मातृभूमी नपाइदो रहेछ !!
-------------४ --------------------------------
( ---: क्रमश : "मेरो कथा मेरो व्यथा" खण्डकाब्य बाट )
----------(समाप्त )--------------

Friday, May 19, 2023

आयो शरद ऋतु छाई बहार


ऋतुहरुमा सबै भन्दा शालीन र सुन्दर ऋतु "शरद ऋतु" जसको आगमन भइसक्यो | यही सुन्दर ऋतुको आगमनलाई स्वागत गर्दै केहि हरफहरु :

"आयो शरद ऋतु छाई बहार"

 

वर्षा ऋतुको हिलो भेललाई !

छलेर सारा स्वछन्द बनाई !!

बादल र मेघ हटी नील तारा !

मुस्कुराइन चादनी चन्द्र सारा !!

आकुलदेखि बनी सौर समीर !

आयो शरद ऋतु छाई बहार !!

----------------१-------------------

टहटह चम्किने तारक दल !

लहलह झुल्ने धानका फसल !!

ढकमक फुल्ने फूल सुगंधीत !

झलमल फैले सूर्य किरणसित !!

सप्त स्वर्णिम प्रणय अधीर !

आयो शरद ऋतु छाई बहार !!

--------२---------------------

न त् भारी वर्षा, न त् शीत जाडो !

न त् धुलो फुस्रे ,न त् गड्ने हिलो !!

न गर्मी नै छ ,काढने पसिना !

न बर्सिने छ पानी असिना !!

छठ पर्ब अनि दशैँ तिहार !

आयो शरद ऋतु छाई बहार !!

----------(समाप्त )--------------

--इ. दीपक यात्री

सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम

 लेखनाथ -६ ;कास्की नेपाल

हाल: हैदराबाद भारतमा कार्यरत

 

आज अन्तराष्ट्रिय नर्सिङ्ग दिवस

 आज अन्तराष्ट्रिय नर्सिङ्ग दिवस 

 बिरामीको सेवालाई सँधै आफ्नो जीवन भन्दा महत्व दिने, जस्तो सुकै परिस्थितिमा पनि सेवा नै धर्म हो भनेर बिरामीको सेवामा तत्पर रहने सबै नर्स दिदीबहिनीहरुमा अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको अबसरमा  सलाम एवम सम्मान 🙏


       जस्तोसुकै विषम एबम बिकराल  परिस्थितिको बाबजुद पनि रत्तिभर बिचलित नभई उच्च आत्मबल र सतर्कता अपनाउदै नेपाल क्यान्सर हस्पिटलका स्टाफ नर्सहरुले गर्नु  भएको अथक सेवा निकै प्रशंसनीय छ।   

     नर्सिङ दिवसको उपलक्ष्यमा  दिनरात काम गरेर अग्रपंक्तिमा रहनुहुने नेपालका सम्पूर्ण नर्सिङ संकायलाई म सलाम गर्दछु । हामीले  स्वीकार गर्नैपर्छ कि यहाँहरुको  महान पेशा बिना हामी स्वास्थ्य सेवाको  कल्पना पनि  गर्न सक्दैनौं।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर समर्पित नर्सिङ टोली भएकोमा गर्व गर्दछ। यहाहरुको  समर्पणले नै नेपाल क्यान्सर अस्पताल आज यस उचाइमा पुगेको छ ।

 अन्त्यमा, अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको सु-अबसरमा यहाँहरुको पेशागत उन्नती र प्रगतिको  निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु ।

यहाहरु सबैलाई धन्यवाद।

  ड़ा सुदिप श्रेष्ट 

कार्यकारी अध्यक्ष, नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर

Sunday, May 14, 2023

पीरतिमा मकै

  "पीरतिमा मकै "

गाऊघर बारीपाखा, मकैबोटले हरा होलान !

फाडिएर खोरिया ती मकैहरु उम्रे होलान !

हावाहुरी आधीबेरी,मकैलाई कुट्यो कि त !

असिनाको गुनेलीले मकैलाई चुट्यो कि त !!

-----------------१ ------------------------------------

आकासको पानी भरमा, मकैखेती गर्ने गाउले !

हर हर महादेव, पानी बर्साउ भन्दै होलान !!

मकै रोप्दा हलीसंगै,सियो सियो हिड्नेहरु !

अग्लिएका मकैभित्र हासीहासी,गोड्दै होलान !!

--------------------२ -----------------------------

मकै गोड्ने हातहरु,बन्दुक समाई गए कि त ?

मकै पिध्न घट्ट जाने ,सखा लाहुर गए कि त ??

मकै चोर्ने बादरलाइ,भीरसम्म खेद्ने साथी !

मकैजस्तै भुटिनलाइ खाडीतिर गए कि त !!

------३ ---------------------------------------

बिरौटा र बीर्तासम्म ,अर्मपर्म गर्ने संगीसाथी !

असारेको दुधे मकै साथ्, खान आउछु साथी !!

बारीभरी फलोस मकै,पेट पनि नहोस भोकै !

घुन पुत्ला नलागोस ,नछोवोस ब्याध रोगै !!

-------------४ ----------------------

हातमुख जोर्नपरे बरु ,मकै भित्र घैया रोपौ !

बाझो बारी जर्रो टारी ,जतासुकै मकै रोपौ !! 

लू खपेको मकै जस्तै ,दुख खेप्ने मर्द छोरो !

मकै हाम्रो प्राणबाली,राष्ट्रखेती नेपालको !!

---------५ -----------------------------------------

(समाप्त )

नोट :मन परे  लाइक ,कमेन्ट वा सेयर गर्नु होला। 

--ड़ा . दीपक यात्री

 प्रमुख सूचना प्राबिधिक 

 नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

 स्थायी ठेगाना: पोखरा लेखनाथ  २७ ,कास्की नेपाल

Wednesday, May 10, 2023

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता

 

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता 

कमाउन त मूर्दाले पनि कात्रो कमाउला

कमाउन त चोरले पनि पैसा कमाउला

तर ,

मलाई इमानको एउटा लगौटी भए पुग्छ

मलाई साधुको एउटा कमण्डलु भए हुन्छ।

       ===========१  ===========

आऊ,

मसंगै आऊ ,

भ्रष्टचार बिरुद्दमा एउटा युद्दको शुभारम्भ गरौ

अभिमन्यू बनेर अब हामीले

दुराचार र भ्रष्टाचारको चक्रव्युह फोड्न सकौ

राजर्षी भागीरथको तपस्या बनेर हामीले

भ्रष्टचारको गंगालाई थाम्न सकौ।

===========२ ===========

सुन,

मसंगै गीताको एउटा श्लोक सुन ,

" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।

 मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। "

बास्तबमा,

श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा

निधारमा चन्दन मगमगाउदैन |

 हातका नंग्रा माटोमा नाखियाईकन

माटोमा हिरामोती बर्सदैन ||

===========३  ===========

" “ मेरा साना दुखले आर्ज्याको मुलुक हैन "”

“ घुस लिन्या र घुस दिन्या सवै देशका शत्रु हुन ”

यी दिव्योपदेश अब आलेखमा मात्रै हैन

यी पबित्र भावना अब इतिहासमा मात्रै हैन

हामी हर नेपालीसंग आफूभित्र धड्किने मात्र मुटु हैन

मुटुको हर धड्कनभित्र राष्ट्र पनि बाचिरहेछ

सिंगो देशभित्र आफूमात्र बाचिरहेको हैन

हर पल पलमा इमानको स्वाभिमान पनि जिईरहेछ।

===========४ ===========

बस ,

नेपाल आमा अब मलाई

कर्मको अक्षता र पौरखको नैवेद्य देऊ

बुद्दको उपदेश  र सीताको शील देऊ

संजीवनी जडिबुटी र गायत्री मन्त्र देऊ

अब म ,

एकलव्यको आस्था र भगीरथको साहससंगै

बीरभद्रको बीरता र अरनिकोको कलासंगे

भ्रष्टचारको बिरुद्दमा एउटा अभियान चलाउनेछु

शालीनदीमा स्नान गरी एउटा संकल्प बनाउनेछु।

===========५  ===========

               =========समाप्त =========

 

                           श्रष्टा  डा. दीपक यात्री

                            प्रमुख सूचना प्राबिधिक

                             नेपाल क्यान्सर हस्पिटल, ललितपुर

                           स्थायी ठेगाना : पोखरा लेखनाथ-२७, कास्की नेपाल

                         सम्पर्क मोबाइल : ९८१३४५६३७४

                          ई-मेल: iamyatree@rediffmail.com