Saturday, July 23, 2022

•बाल्यवय• (बासुदेब पाण्डे )

 •बाल्यवय•

तिर्खा,भोक सहेर काम घरका बिर्सी चटक्कै सब
खेल्थ्यौँ खेल रमाउँदै विगतमा छन् सम्झनामा अब।
डुल्थ्यौँ खेत,अरण्य खर्क र खला उन्मुक्त हामी बनी
घर्क्यो दुर्लभ 'बाल्य जीवन' कहाँ भेटिन्छ खोजे पनि ?
न्यास्रो, निर्जन, शून्यझैँ घर हुने आमा नआएपछि
लाग्थ्यो झन् सुनसान पूर्ण घर नै बाबा नआएपछि।
बर्खामा मन शान्त, ढुक्क नहुने खोला नधाएपछि
हुन्थ्यो मौन प्रभात झन् विहगले गाना नगाएपछि।।
मागे जे पनि मिल्दथ्यो र त थियो आनन्दको दैनिकी
चाहेकै घरभित्र खान सकिने खोजी निकाली झिकी।
के गर्ने, कसरी,कहाँ, किन हुने औत्सुक्य स्वाभाविक
भोको पेट, शरीर लस्त मनमा आनन्द मिल्थ्यो खुब।।
चोखो प्रेम दबाबहीन सुखको साम्राज्य बेग्लै थियो
लाग्थ्यो प्राप्ति अवर्णनीय अति नै खेलेर डन्डीबियो।
ढुङ्गा, काठ सजाउँदै पसलमा व्यापार गर्थ्यौँ तर
साटेछौँ सुख, शान्ति, हर्ष पहिले पैसा हुँदा पत्कर।।
पैसा,शक्ति छ,छैन तुष्टि अहिले स्वातन्त्र्य भाग्यो पर
पाई खिन्न छु जे कमाउन भनी छाडेर आएँ घर।
फर्की बालक-काल निष्कपटता आउन्न होला अब
दिन्थेँ यी सब वस्तु जे मसित छन् मिल्ने भए शैशव।।
-------------------------------बासुदेब पाण्डे
----------------------------------------------------------------------
•सुस्त असार•
ढाकी डाँडा गगन घन जो गर्छ पानी प्रसार
मोतीजस्ता जललुङहरू बन्न थाल्छन् जुहार।
गर्थ्यौ वर्षा झमझम धरा तृप्त पार्थ्यौ असार
सुख्खा धर्ती तर जलदमा छैन केही हतार।।
गर्थ्यौ केही दिन अघि तिमी पार्न पानी हतार
सिध्यायौ के सकल जल वा रुष्ट छौ ए असार।
आऊ वर्षा झमझम गरी सृष्टिलाई सिँगार
प्यासी धर्ती, सकल बिरुवा, जीवलाई नमार।।
ढाकी सिङ्गो जग गगनमा मेघको राज चल्थ्यो
मानो रोपे, कृषकजनले त्यो मुरीमा बदल्थ्यो।
हेर्छन् मान्छे नभतिर घटा छैन जस्तो हतार
पानी वर्षा कम हुन गयो जान लाग्यो असार।।
छैनन् ऐले विगत दिनझैँ धानबाली गरामा
निस्केनन् खै विपुल जलका मूल साँच्चै धरामा।
उर्ली बग्दो भल न खहरे मेघ लाचार हार
माया माऱ्यौ किन प्रकृतिको निष्ठुरी ए असार।।
उड्दै आओस धवल कुहिरो ढाकियून् शैलमाला
रोपून् बाली कृषकगणले देखियून् दिव्य बाला।
तिम्रो शोभा जलपरिधि हो अन्नदाता असार
पर्खेकी छिन् प्रकृति दुलही फर्क गर्दै हतार।

नेपाल क्यान्सर (गीत):

 नमस्कार  !

              हजुरले अनुरोध गरे बमोजिम मैले नेपाल क्यान्सर   (गीत) रचना गरेको छु।  यसलाई सक्दो  गायनयोग्य र संगीतयोग्य बनाउने प्रयास गरेको छु।

 

नेपाल क्यान्सर   (गीत):


स्वास्थ्य मेरो धन हो , स्वास्थ्य मेरो प्राण !

स्वास्थ्य मेरो जीबन हो , इश्वरको दान !!

स्वस्थ खान्छु , स्वस्थ बस्छु स्वस्थै मेरो जीबन !

क्यान्सर शंका लाग्यो भने नेपाल क्यान्सर !!

-----------१ -----------------------------

गुट्खा खैनी खान्न म त सुर्ती पनि खादिन !

चुरोट बिडी तमाखु त कहिल्यै  हेर्दिन !!

जाँड रक्सी मादक हो , बस्छु म त पृथक !

क्यान्सर निदान गर्न परे , नेपाल क्यान्सर !!

--------------२ ---------------------------

पहिलो चरण निदान गर्छु , पहिलो चरण उपचार !

क्यान्सर निको हुनेगर्छ, छैन मलाई डर !!

किमो अनि  रेडिएसन सर्जरीको इलाज !

सर्ब सुलभ लोकप्रिय छ , नेपाल क्यान्सर !!

--------------३ -----------------------------

नेपालीको क्यान्सर उपचार हुन्छ नेपालमै !

उत्कृष्टता हेरचाह हाम्रो मूल मन्त्र नै !!

संदेश सारा फैलाऊ, जन चेतना सारा !

सर्बसुलभ मितव्ययी छ नेपाल क्यान्सर !!

-----------४ ----------------------------

    (समाप्त )

  श्रष्टा : डा. दीपक यात्री 

  प्रमुख सुचना प्राबिधिक तथा युनिट प्रमुख

  नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

छन्दमा कविता लेख्न सिकौं

 

Sunday, June 26, 2022

मेरो राष्ट्र :( कबिता प्रतियोगीता २०८० को निम्ति )

   मेरो राष्ट्र :

मेरो राष्ट्र मेरो प्राण, मेरो माटो म चुम्दछु !

मेरो हिमाल मेरो शिर, नेपाली गर्ब गर्दछु !!

डाफेका तालमा नाच्दछु, मुनालसंग रम्दछु !

आफ्नो पौरखमा बाच्छु, बाच्नुपर्छ सिकाउछु !!

--------------------१ ---------------------------

म गुराँस जसै फुल्छु, मयुर गीत नाच्दछु !

म बुकी जसै फक्रंछु , टुकीमा पनि हास्तछु !!

मेरो शिर काटोस बरु, म झुक्न कसै जान्दिन !

मेरो धर्ती नै हो स्वर्ग, अर्को स्वर्ग म मान्दिन !!

-------------२ ----------------------------------

मासुले म गुराँस हू,रक्तले लालुपातॆ हू !

सिर्जनाको बिहानीमा म अटल हिमाल हू !!

म पोख्छु पसिना बिन्दु, माटोमा प्राण हाल्दछु !

म बोक्छु ध्वजा राष्ट्रको, राष्ट्रभाव बढाउछु !!

---------------------३ ------------------------

म फुल्छु राष्ट्र  यो फुल्छ भने बनी सुनाखरी !

म जल्छु खरानी भई, राष्ट्रकै निम्ति दनदनी !!

म एउटा बोधीबृक्ष हू अड्नुपर्छ सिकाउछु !

म आफू पौरखमा बाच्छु , प्यारो राष्ट्र बचाउछु  !!

------------------४ -------------------------

(समाप्त )

श्रष्टा : डा दीपक यात्री 

      प्रमुख सूचना प्राबिधिक 

       नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर नेपाल 

 रचना मिति : २०७९ साल असार ९ गते बिहिवार 

Thursday, June 23, 2022

म झुक्दै न झुक्ने नेपालको छोरो

 Original singer-

Gopal Yonjan
Karaoke by @MK_Shrestha
Follow him on smule

बनेको छ पहराले यो छाती मेरो।

बगेको छ छहरा , रगतमा मेरो।
पखेरीमा जन्मे ,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो
म झुक्दै न झुक्ने नेपालको छोरो


खोसेको रोटीले मेरो पेट भरिन्न

मागेको धोतीले मेरो लाज छोपिन्न।
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न।
घोटिएर हात पाऊ झरी जाउन औंला,
तर कोहि अघाडी यी हात जोडिन्न
यि हात जोडिन्न

बनेको छ पहराले यो छाती मेरो।

बगेको छ छहरा ,रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो।
म झुक्दै न झुक्ने नेपालको छोरो।


म आगो सहन्छु, अन्याय सहन्न।

म तृष्णा सहन्छु, तिरस्कार सहन्न।
म आगो सहन्छु, अन्याय सहन्न।
म तृष्णा सहन्छु, तिरस्कार सहन्न।
मेरो शीर उड़ाउ बरु त्यो सहन्छु।
तर कोही परायाले टेके सहन्न, टेके सहन्न


बनेको छ पहराले यो छाती मेरो।
बगेको छ छहरा रगतमा मेरो।
पखेरीमा जन्मे ,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो
म झुक्दै न झुक्ने नेपालको छोरो

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

 अभावलाई संहू मैले, दबाबलाई सहने छैन 

खडेरीलाई संहू मैले , गलत्याईलाइ सहने छैन 

बदनामै होवोस मेरो, अपमान सहने छैन 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

-------------------१ ------------------------------

हातको ठेला उठी फुटोस, हेलाई स्वीकार्य छैन 

थाप्लोमा नाम्लो नै होस् , राष्ट्र शान झुक्ने छैन  

दाउराको भारी बोकू, राष्ट्र झण्डा झुक्न दिन्न 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

--------------२ --------------------------------

एक दिन भोकै बसू आफै , कसैसंग माग्ने छैन !

एकछिन प्यासै बसू आफै, पराई दैलो धाउने छैन 

एकै सरो लगाऊ बरु, हिरामोती लाउने छैन 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

---------------------३ ---------------------------

(समाप्त )

श्रष्टा : डा दीपक यात्री 

      प्रमुख सूचना प्राबिधिक 

       नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर नेपाल 

 रचना मिति : २०७९ साल असार ९ गते बिहिवार 

राष्ट्रप्रेमी

 तराइको माटो बग्यो, मेलम्चीको भूमी 

त्यही भूमीमा लम्पसार बनू कि बाध बनी 

राष्ट्रप्रेमी फूल वैले दुख्छ मेरो मुटु 

त्यही फूलको मुनि आफै मूल बनी फूटू 

----------------१ -------------------------

कोरोनाको कहरमा नेपाल देश रुदा 

बनू आफै कोभिशील भ्यक्सिनको रुप 

कालापानी लिपुलेक लिम्पियाधारा सिमा 

परचक्री पाउ परे तयार  तरवार लिन 

---------------------२ --------------

हिमालमा हिमपात पहाडमा पैह्रो 

मधेसमा खडेरी र उल्का बाढी मैलो 

रुन्छ मेरो मातृ गङ्गा देश कतै रोए 

भाक्छु मेरो देश सधै कालजयी रहे 

-----------------३ ----------------------

बाढी पसे, माटो खसे अश्रु भेल खस्छ 

कोरोनाको कहरमा मुटु मेरो पोल्छ 

राष्ट्रप्रेमी फूल वैले दुख्छ मेरो मुटु 

त्यही फूलको बोटभित्र मूल बनी फुटू

----------------४ -------------------------

                      (समाप्त )