Monday, June 20, 2022

"असार महिना "

      "असार महिना "


असारे महिना पानीको रिमझिम, रोपाइँ चटारो !

खेतका गरा पानीले होला, सम्याउन अप्ठ्यारो !!

खुट्टे र पैते बरखा संगै, भरियो आलीले !

छुपुमा छुपु धानको बीऊ, रोपाहार नानीले !!

------------१ --------------------------------

कुलाको पानी लगाई बाउसे, भिझेर झरीमा !

काधमा हलो बोकेर निक्ले, हलीबा  टारीमा !!

भिजेको माटो हिलो र मैलो ,असारे पानीमा !

भिजेछ दिल पीरतीभित्र, यो जिन्दगानीमा !!

----------२ -------------------------------

धित नै मारी रुझिछिन मेरी, रोपारा चमेली !

असारे गीत घन्काउदै रोप्छिन, रोपारा पातली !!

धानको रोपाइँ, बेठी र बाजा, नौमती बजाउदै !

कोदाली खन्दै रमाउन थाले, बाउसे नचाउदै !!

-----------------३ ----------------------------

छतरी ओढे बाउसे राजा, खेतको डिलमा !

स्याखुले छोपिन ढाड र काख, खेताली रानीमा !!

धमिलो बाढी लगाई खेतमा, असार सुरु भो !

झाले र माले हलगोरु जोत्दै, रोपाइँ गरियो  !!

-------------४----------------------------------

           (समाप्त )

  डा दीपक यात्री 

    लेखनाथ -२७, कास्की नेपाल 

Wednesday, June 15, 2022

डा बिजेश राज घिमिरे (Bijesh Raj Ghimire) Birthday

 मेडिकल अन्कोलोजी स्वास्थ्य विधामा एम डि अध्यन पछि एक दशक भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी युबा पुस्ताका सशक्त नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो डा बिजेश राज घिमिरे (Bijesh Raj Ghimire) । ओम नर्सिङ्ग हस्पिटल र नर्भिक हस्पिटलमा मेडिकल कन्सल्टेन्टको काफि अनुभब लिनु भएका डा घिमिरे हाल नेपाल क्यान्सर हस्पिटल (Nepal cancer Hospital & Research Center) हरिसिद्धिको सह-संस्थापक तथा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर घिमिरेका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै" ("Nepalese cancer treatment in Nepal itself") " र "उत्कृष्टता संग हेरचाह" ("care with excellence") सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।

-------नेपाल क्यान्सर हस्पिटल परिवार
Feeling glad and excited to celebrate birthday of our renowned Medical Consultant, Co-founder of NCHRC (Nepal Cancer Hospital & Research Center ) & Medical Director Dr. Bijesh Raj Ghimire .
He is a co-founder and Vice President of Nepal Cancer Support Group (NCSG) and Executive council member of Asian Clinical Oncology Society (ACOS). He is an active member of American Society of Clinical Oncology (ASC0), European Society of Medical Oncology (ESMO), SAARC Federation of Oncology- Nepal Chapter (SFO-N) among others.
we would like to thank him for his contribution in the field of cancer and working hard for brining up this dream project of
"Nepalese cancer treatment in Nepal" itself & "Care with Excellence".
we would like to wish him healthy and prosperous life a head. Happy Birthday Our Medical Director , Dr. Bijesh !

Wednesday, June 1, 2022

"कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "

 "कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "

(छन्द :- शार्दूलविक्रीडित)
    
हे क्यान्सर कति उग्र गतिले, हल्लाइस सारा मन !
तेरो उग्र अब बढेर कदापि, सक्दैन है फैलन !!
तेरो ग्रहणमा जून अब बल्यो, विकिरण पद्दति !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------१----------------------------------
हे हे क्यान्सर ! भागिदे तलाई इलाज सर्जरीको !
किमो औ विकिरण प्रसस्तै, अन्तेष्टी तेरो भयो !!
सुदिप्ता अनि कल्याणी कोषले गर्दै हातेमालो नै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------२ ------------------------
जा जा दुर अर्बुद रोग हामीले , पहिचान गर्छो तेरो !
प्रारम्भिक चरणभित्रै इलाज गरेर निर्मूल पार्छो तेरो !!
तेरो उग्र बहाब अन्त्य हुने भो , औसी भित्र जून झैँ !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------- ३ ----------------------------
स्तन,पाठेघर,कलेजो र फोक्सो तेरो निशानी रह्यो !
हड्डी,छाती,मुख र मस्तिष्क तेरो प्रकोप रह्यो !!
रोक्छौ लागू र मद्ध्यपान हामीले जीवन साबधानी मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
------------४-----------------
अब दीप बल्छ खुशीयालीको क्यान्सर बिजेताहरु !
हास्छन,खेल्छन,नाच्छन बरिलै र्याम्प सो गरी गरी !!
सुन्दर पुष्प फक्रेर सुगन्ध छर्छ, नेपाली बगैचा मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------५ ---------------------------------
 
स्क्रिनिंग बायोप्सी जांच र शिबिर पहिचानको खातिर !
भेट्छौ पहिलो चरणमै गर्छॊ क्यान्सर निदान !!
नेपाली क्यान्सरका पन्छीहरू हो भारत उड्नु नभई !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
-------------६ -------------------------------
  (समाप्त)
स्रस्टा :दीपक यात्री
  प्रमुख सूचना प्राबिधिक 
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 
हातिवन, ललितपुर , नेपाल 

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "

 

2m Lalitpur 
Shared with Public
Public
हस्पिटलको बार्षिकोत्सवमा यो प्रथम स्थान प्राप्त रचना हुनसक्यो। आवाजका जादुगर, चर्चित कवि , कुशल प्राध्यापक एवम् आदरणीय गुरु शिव त्रिपाठी (Shiva Tripathi) ले मेरो छन्दको कबिता "सगरमाथा अग्लो शिर स्वाभिमानी नेपाली म " बाचन गरिदिए पछि अहिले सुन्दा पो बढि भाबुक भए। हजुरहरुलाई पनि मन परे लाइक , अझै मन परे कमेन्ट र धेरै मन परे सेयर पनि गरिदिनुहुन अनुरोध छ :

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म " ( मात्रा: Iss sss ॥। ॥s s।। । s)
मेचीदेखि महाकाली ,कोशीदेखि भेरीसम्म !
बग्छ नेपाल शरीरको,रगत बोकी नसासम्म !!
हिमालको पग्ली हिऊ,बग्छ तराई मधेशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
--------------१----------------------------------
तराईमा बाली झुल्छ ,सुन फल्छ फसलको !
मधेशको तोरीबारी ,पहाडको मकै कोदो !!
हिमालको स्याउ मीठो,याक चौरी कैलाशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
-------------२ ---------------------------------
सोलो गाउछ कोईलीले ,बिगुल फुक्छ जुरेलीले !
रोदी नाच्छ मयुरले ,ताली डाँफे मुनालले !!
बन वृक्ष हराभरा ,चियाबारी ईलाममा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
------------३ -------------------------------------
लिम्बु रुदा पहाडमा ,शेर्पा दाईको मुटु दुख्छ !
हिऊपैरो खस्दाखेरी ,चौधरीको आँशु खस्छ !!
जनक बुद्ध बिभूतीको ,स्वयभूको आँखी हु म !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
--------------४ ----------------------------------------
सोरेठी र लैबेरीका ,शुशेली र भाका गाउला !
भैचालोले घर ढले ,आँगनीमा दर खाउला !!
दशैँ तिहार छठ पर्ब ,सबै मिली मनाउन !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
---------५ -------------------------------
(समाप्त )
श्रष्टा : डा. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

Tuesday, May 24, 2022

बर-पीपलको छहारी मुनी

 बर-पीपलको छहारी मुनी !

डाडाकाडा काटेका बटुवा ती !
भारीले थिचिएका भरिया ती !!
थकान मेटी पसिना पुछी !
बर-पीपलको छहारी मुनी !!
--------------------१ ------------------
चराको चिर्चिरे चिर्चिरे स्वर !
हावाको सिर्सिरे सिर्सिरे बहाव !!
छेवैमा हरित चरन सानी !
बर-पीपलको छहारी मुनी !!
------------२ --------------------------
शैशब काल गरी गौचरण !
देखभाल गर्दै भैसीको बथान !!
बस्ने चौतारी बतासे मुनी !
बर-पीपलको छहारी मुनी !!
---------३ ---------------------
गाईको घन्टी आबाज सुन्दै !
बाघगोट्टी गोठाला खेल खेल्दै !!
बस्ने चौतारी बतासे मुनी !
बर-पीपलको छहारी मुनी !!
-----४ -------------------------
डँडिबियो र पानीलौरी खेल्दै !
साधेको गुन्द्रुक बाड्दै र खादै !!
मकै र भट्टका स्वाद अलग्गी !
बर-पीपलको छहारी मुनी !!
------ ५-------------------------
----------(समाप्त )--------------

Thursday, May 5, 2022

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "

 

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "         (छन्द :शिखरिणी , मात्रा: Iss sss ॥। ॥s  s।। । s)

मेचीदेखि महाकाली ,कोशीदेखि भेरीसम्म !

बग्छ नेपाल शरीरको,रगत बोकी नसासम्म !!

हिमालको पग्ली हिऊ,बग्छ तराई मधेशमा !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

--------------१----------------------------------

तराईमा बाली झुल्छ ,सुन फल्छ फसलको !

मधेशको तोरीबारी ,पहाडको मकै कोदो !!

हिमालको स्याउ मीठो,याक चौरी कैलाशमा !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

-------------२ ---------------------------------

सोलो गाउछ कोईलीले ,बिगुल फुक्छ जुरेलीले !

रोदी नाच्छ मयुरले ,ताली डाँफे  मुनालले  !!

बन वृक्ष हराभरा ,चियाबारी ईलाममा  !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

------------३ -------------------------------------

लिम्बु रुदा पहाडमा ,शेर्पा दाईको मुटु दुख्छ !

हिऊपैरो खस्दाखेरी ,चौधरीको आँशु खस्छ !!

जनक बुद्ध बिभूतीको ,स्वयभूको आँखी हु म !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

--------------४ ----------------------------------------

 

सोरेठी र लैबेरीका ,शुशेली र भाका गाउला !

भैचालोले घर ढले ,आँगनीमा दर खाउला !!

दशैँ तिहार छठ पर्ब ,सबै मिली मनाउन !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

---------५ -------------------------------

(समाप्त )

   श्रष्टा : डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च  सेन्टर

Friday, April 29, 2022

आज मेरी हजुरआमाको श्राद्द

 आज मेरी हजुरआमाको श्राद्द :

  मेरी हजुरआमाले छोरा, नाती ,नातिनी, पनाती र पनातीहरु सबै देखेर बित्नुभयो। 

म र मेरो सहोदर दाज्यु राजन त्रिपाठी डेढ बर्षको बच्चा हुदा हजुरबाबा बित्नुभएकोले यसो भनौ कि : हजुरबाबाले मलाइ देख्नुभयो , तर मैले हजुरबाबालाई देखिन। 

हजुरआमा जस्ले राणा शासन देख्नुभयो ,सति प्रथाका अवशेषहरु देख्नुभयो, सति जानु नपरेपनि 

पति वियोगको पीडामा विदुवा वस्त्र पहिरिएर जीवन काट्नु पर्यो। मेरी हजुरआमा जस्को प्रशंसाका लागि मसंग  कुनै ओजपूर्ण शब्द छैन, उहाका स्मरण र स्मृतिका पलहरु अहिले पनि उत्तिकै ताजै छन् , कुनै दन्त्यकथा भन्दा अनौठा छैनन्। 

१) म त्यस्तै ४-५ बर्षको हुनुपर्छ , भर्खरै निर्दल/बहुदल को जनमत संग्रह भएको समय रहेछ , मलाइ सम्झाउनुहुन्थ्यो : तिमीलाई कसैले बहुदल होस् कि निर्दल भनेर सोधेमा , बा लाइ सोध्नु पर्छ भने है ?  मैले हुन्छ भने। 

२ ) म त्यस्तै ८-९  बर्षको हुनुपर्छ , उहाले कागतका पर्चाहरु बोकेर आउनुभयो , के हुन् मैले र राजन  दाइले सोध्यौ। 

तिमीहरुले पढ़ौला भनेर ल्याएको , हामीले पढ्यौ , रा पं स को उम्मेदबारको निम्ति छापिएका पर्चा रहेछन।  हामीले चर्को संग पढेर सुनायौ।  

छाता चिन्हमा छाप लगाई .......................। 

घडी चिन्हमा छाप लगाई .............। 

 अनि फुरुङ्ग हुदै भन्नुभयो : मेरा तीनैजना छोराहरु लेखपढ गर्न सक्छन , अब आएर नातिहरु पनि पढ्न सक्ने भए।   

३) म त्यस्तै १० बर्षको हुनुपर्छ : उहाले भन्नु भयो : मेरो नाति धेरै सोझो छ , लाटो भनू कि बाठो भनू।  लाटो भनू भने मुख बोल्छ , बाठो भनू भने छक्कापन्जा छैन।  कसैको पैसा भेट्टाएपनि यो कसको पैसा हो भन्दै हिड्ला जस्तो ? सायद यही बाक्य सम्झेर होला २०५७ सालमा मैले भैरहवा मा एउटा पर्स भेट्टाउदा पुलिसलाइ बुझाएको थिए। 

४ ) म त्यस्तै १४-१५ बर्षको हुनुपर्छ : बाबाहरु अंश बण्डा गर्दै हुनुहुन्थ्यो , हजुर आमा मेरा तीनवटै छोराहरु लेख्ने भए कसलाई लेखिदेउ भन्नुपर्यो ? मलाई अंश छ कि छैन भन्ने कुनै जिज्ञासा थिएन। 

५  ) म त्यस्तै १७ बर्षको हुनुपर्छ: एस एल सी परिक्षामा राजन दाई र म उत्कृष्ट प्रथम श्रेणीमा समुत्तिर्ण भएर काठमाण्डौ जाने तयारी गर्दै थियौ , त्यसबेला भन्नु भयो : जेठो छोरो गोर्जे गएर एस एल सी दियो , माहिलो छोरो भद्रकाली गएर क्याम्पस पढ्यो , कान्छो बनारस गएर क्याम्पस पढ्यो।  अब नातीहरु काठमान्डू गएर क्याम्पस पढ्दैछन। 

६ ) म त्यस्तै २० बर्षको हुनुपर्छ , दाह्री आए , जुगा आए , अब कुनै केटी देखु देखु , भेटुभेटु लाग्दैन ? मैले नबोली मात्र मुस्कुराए 

७ ) म त्यस्तै २५ बर्षको हुनुपर्छ , यस पटक हजुरआमाले के भन्नुहोला भनेर भारत बाट नेपाल आउदै गर्दा बाटैमा हजुरआमाको मृत्यु भैसकेको खबरले  स्तब्ध भए , धेरै रोए।  अनि एकपटक सोचे , आज हजुरआमा भएको भए यसपटक के भन्नुहुन्थ्यो होला :

 यही सोच्दै एउटा अंग्रेजीमा कबिता लेखे :  "यदि हजुरआमा जीवितै भएको भए " 

त्यो कबिता अन्तराष्ट्रिय कबिता महोत्सव अमेरिकामा छानियो , र बाचनको निम्ति वाशिंगटन डि सी बोलाइयो तर मेरो व्यक्तिगत कारणले म त्यसबेला अमेरिका जान सकिन। 

  हजुर आमा बितेको आज दुइ दशक भइसक्यो, तर  पनि उहाको सम्झनाले अझै पनि मलाई सम्झाईरहन्छ , ब्युझाईरहन्छ। 

  आज  स्वर्गीय मेरी हजुरआमाको १०२ औ जन्म दिनको श्राद्द , हजुरको आत्माले सधै शान्ति पावोस र बैकुण्ठ बास होस् , यही प्रार्थना !