Thursday, May 5, 2022

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "

 

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "         (छन्द :शिखरिणी , मात्रा: Iss sss ॥। ॥s  s।। । s)

मेचीदेखि महाकाली ,कोशीदेखि भेरीसम्म !

बग्छ नेपाल शरीरको,रगत बोकी नसासम्म !!

हिमालको पग्ली हिऊ,बग्छ तराई मधेशमा !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

--------------१----------------------------------

तराईमा बाली झुल्छ ,सुन फल्छ फसलको !

मधेशको तोरीबारी ,पहाडको मकै कोदो !!

हिमालको स्याउ मीठो,याक चौरी कैलाशमा !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

-------------२ ---------------------------------

सोलो गाउछ कोईलीले ,बिगुल फुक्छ जुरेलीले !

रोदी नाच्छ मयुरले ,ताली डाँफे  मुनालले  !!

बन वृक्ष हराभरा ,चियाबारी ईलाममा  !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

------------३ -------------------------------------

लिम्बु रुदा पहाडमा ,शेर्पा दाईको मुटु दुख्छ !

हिऊपैरो खस्दाखेरी ,चौधरीको आँशु खस्छ !!

जनक बुद्ध बिभूतीको ,स्वयभूको आँखी हु म !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

--------------४ ----------------------------------------

 

सोरेठी र लैबेरीका ,शुशेली र भाका गाउला !

भैचालोले घर ढले ,आँगनीमा दर खाउला !!

दशैँ तिहार छठ पर्ब ,सबै मिली मनाउन !

सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!

---------५ -------------------------------

(समाप्त )

   श्रष्टा : डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च  सेन्टर

Friday, April 29, 2022

आज मेरी हजुरआमाको श्राद्द

 आज मेरी हजुरआमाको श्राद्द :

  मेरी हजुरआमाले छोरा, नाती ,नातिनी, पनाती र पनातीहरु सबै देखेर बित्नुभयो। 

म र मेरो सहोदर दाज्यु राजन त्रिपाठी डेढ बर्षको बच्चा हुदा हजुरबाबा बित्नुभएकोले यसो भनौ कि : हजुरबाबाले मलाइ देख्नुभयो , तर मैले हजुरबाबालाई देखिन। 

हजुरआमा जस्ले राणा शासन देख्नुभयो ,सति प्रथाका अवशेषहरु देख्नुभयो, सति जानु नपरेपनि 

पति वियोगको पीडामा विदुवा वस्त्र पहिरिएर जीवन काट्नु पर्यो। मेरी हजुरआमा जस्को प्रशंसाका लागि मसंग  कुनै ओजपूर्ण शब्द छैन, उहाका स्मरण र स्मृतिका पलहरु अहिले पनि उत्तिकै ताजै छन् , कुनै दन्त्यकथा भन्दा अनौठा छैनन्। 

१) म त्यस्तै ४-५ बर्षको हुनुपर्छ , भर्खरै निर्दल/बहुदल को जनमत संग्रह भएको समय रहेछ , मलाइ सम्झाउनुहुन्थ्यो : तिमीलाई कसैले बहुदल होस् कि निर्दल भनेर सोधेमा , बा लाइ सोध्नु पर्छ भने है ?  मैले हुन्छ भने। 

२ ) म त्यस्तै ८-९  बर्षको हुनुपर्छ , उहाले कागतका पर्चाहरु बोकेर आउनुभयो , के हुन् मैले र राजन  दाइले सोध्यौ। 

तिमीहरुले पढ़ौला भनेर ल्याएको , हामीले पढ्यौ , रा पं स को उम्मेदबारको निम्ति छापिएका पर्चा रहेछन।  हामीले चर्को संग पढेर सुनायौ।  

छाता चिन्हमा छाप लगाई .......................। 

घडी चिन्हमा छाप लगाई .............। 

 अनि फुरुङ्ग हुदै भन्नुभयो : मेरा तीनैजना छोराहरु लेखपढ गर्न सक्छन , अब आएर नातिहरु पनि पढ्न सक्ने भए।   

३) म त्यस्तै १० बर्षको हुनुपर्छ : उहाले भन्नु भयो : मेरो नाति धेरै सोझो छ , लाटो भनू कि बाठो भनू।  लाटो भनू भने मुख बोल्छ , बाठो भनू भने छक्कापन्जा छैन।  कसैको पैसा भेट्टाएपनि यो कसको पैसा हो भन्दै हिड्ला जस्तो ? सायद यही बाक्य सम्झेर होला २०५७ सालमा मैले भैरहवा मा एउटा पर्स भेट्टाउदा पुलिसलाइ बुझाएको थिए। 

४ ) म त्यस्तै १४-१५ बर्षको हुनुपर्छ : बाबाहरु अंश बण्डा गर्दै हुनुहुन्थ्यो , हजुर आमा मेरा तीनवटै छोराहरु लेख्ने भए कसलाई लेखिदेउ भन्नुपर्यो ? मलाई अंश छ कि छैन भन्ने कुनै जिज्ञासा थिएन। 

५  ) म त्यस्तै १७ बर्षको हुनुपर्छ: एस एल सी परिक्षामा राजन दाई र म उत्कृष्ट प्रथम श्रेणीमा समुत्तिर्ण भएर काठमाण्डौ जाने तयारी गर्दै थियौ , त्यसबेला भन्नु भयो : जेठो छोरो गोर्जे गएर एस एल सी दियो , माहिलो छोरो भद्रकाली गएर क्याम्पस पढ्यो , कान्छो बनारस गएर क्याम्पस पढ्यो।  अब नातीहरु काठमान्डू गएर क्याम्पस पढ्दैछन। 

६ ) म त्यस्तै २० बर्षको हुनुपर्छ , दाह्री आए , जुगा आए , अब कुनै केटी देखु देखु , भेटुभेटु लाग्दैन ? मैले नबोली मात्र मुस्कुराए 

७ ) म त्यस्तै २५ बर्षको हुनुपर्छ , यस पटक हजुरआमाले के भन्नुहोला भनेर भारत बाट नेपाल आउदै गर्दा बाटैमा हजुरआमाको मृत्यु भैसकेको खबरले  स्तब्ध भए , धेरै रोए।  अनि एकपटक सोचे , आज हजुरआमा भएको भए यसपटक के भन्नुहुन्थ्यो होला :

 यही सोच्दै एउटा अंग्रेजीमा कबिता लेखे :  "यदि हजुरआमा जीवितै भएको भए " 

त्यो कबिता अन्तराष्ट्रिय कबिता महोत्सव अमेरिकामा छानियो , र बाचनको निम्ति वाशिंगटन डि सी बोलाइयो तर मेरो व्यक्तिगत कारणले म त्यसबेला अमेरिका जान सकिन। 

  हजुर आमा बितेको आज दुइ दशक भइसक्यो, तर  पनि उहाको सम्झनाले अझै पनि मलाई सम्झाईरहन्छ , ब्युझाईरहन्छ। 

  आज  स्वर्गीय मेरी हजुरआमाको १०२ औ जन्म दिनको श्राद्द , हजुरको आत्माले सधै शान्ति पावोस र बैकुण्ठ बास होस् , यही प्रार्थना !

Thursday, March 17, 2022

शिशा सरी मेरो जीवन चर्किएर फुटीगयो........

 


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो........। 


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

सल्बलाउने ओठ साटो अबरुद्द गला भयो !

बसन्तको पालुवा त सुनामीको  छाल भयो !!


सिसासरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

----------१ ---------------------------------

तेल पनि थप्दै थिए रातभरी दियालोको !

बतासले निभाइदियो अन्धकार रात छायो !!

पूर्णिमाको जुनेली नि मेरो लागि रात भयो !

सपना सजाई फुल्ने फूल खालि अब पात भयो !!


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

-------------२ ----------------------------------

धर्ती रोयो, आकाश रोयो , बतास पनि रोयो !

मेरो मनको विरहमा आँसु आफै रोयो !!

मेरो दिलको बसंतीमा कोइली कति रोयो !

कुहु कुहु भाका संगै आफैसंग रोयो !!


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

--------------( समाप्त ).........................। 


श्रष्टा : डा. दीपक यात्री 

प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्धि ललितपुर 

स्थायी : लेखनाथ -२७ , कास्की 

रचना मिति : २०५२ साल, कार्तिक २४ गते 

Wednesday, March 16, 2022

शुभकामना

  

 शुभ दिपावली–२०७६ एवं नेपाल संम्वत् ११४० को पावन अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सुचना प्रबिधि विभागको तर्फबाट  यस अस्पतालमा
कार्यरत  सम्पूर्ण कर्मचारीहरुमा  सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।
हजुरहरु सबैको जीवनमा  धनकी माता लक्ष्मी  सधै दाहिने रहुन ।
 
 
नोट: दिपावली छुट्टीको अबधिमा अति आवश्यक सेवाको लागि ९८०१३०१११४ मा एकजना प्राबिधिक मोबाइलमा  प्राप्य हुनेछौ ।
प्रिन्टर टोनर डिस्चार्ज/नगद कोठामा उपलब्ध हुनेछ ।

Wednesday, March 9, 2022

खुशीले भो मनै फुरुङ्ग :

 खुशीले भो मनै फुरुङ्ग :

--------------------------

सपनीमा मैले एउटा लालीगुरास देखे ,

बिपनीमा मैले त्यही गुरास आफै टिपे। 

फूलै फुल्यो रानी बनमा, फुल्यो मेरो दिलमा,

माहुरीले रस चुस्यो, मह पर्यो  गुँडमा।

  हजुर, मेरो  दिलको  गुँडमा 

           मेरै दिलको गुँडमा 

सपनीमा मैले एउटा लालीगुरास ...

बिपनीमा मैले त्यही ..............

--------------१ -------------------------

मन मेरो भयो चंगा उड्यो सागरमा,

                          उड्यो सगरैमा ,

दिल मेरो चराजस्तो घुम्यो आकाशमा 

                           घुम्यो आकाशैमा । 

कोइली गाउछे कुहु कुहु मनको मझेरीमा ,

हासो छाड्ने ठाउ पाइन बतास बयेलीमा। 

घाम लाग्यो, जून टलक्यो पूर्णीमाको बेलै ,

घाम जून भन्दा बढी मन टलक्यो बरै। 

                           मन टलक्यो बरै

सपनीमा मैले एउटा लालीगुरास ..........। 

बिपनीमा मैले त्यही .......................। 

--------२ --------------------------

मेरो मनको बिहानीमा सूर्योदय भयो ,

                             सूर्योदय भयो। 

मेरो मनको प्रभातीमा झलमल्ल छायो ,

                             झलमल्ल छायो। 

तोरीबारी फूल फुल्यो तराइको फाँटमा ,

तोरीजस्तै फुले मेरा मनका सारा सपना। 

हिमालको बुकी फूल छर्छ मीठो बासना ,

                       हजुर छर्छ मीठो बासना। 

बुकी फूलभन्दा मीठो भयो मेरो दिन,

                        हजुर भयो मेरो दिन। 

सपनीमा मैले एउटा लालीगुरास ..........

बिपनीमा मैले त्यही .......................

---------------------३ ------------------------

                  (समाप्त )

International Nursing day May 12th

 सन् १९७४ देखि मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको रुपमा विश्वभरी मनाउदै आइएको छ। मे १२ आधुनिक नर्सिङ्गकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म दिन हो। यस बर्ष नर्सिङ्ग दिवसको नारा "नेतृत्व गर्न आवाज - भविष्यको स्वास्थ्य सेवाको लागि एक दर्शन" (A voice to lead- A vision for future healthcare ) रहेको छ।

नेपाल क्यान्सर हस्पिटलले यस बर्ष कोभिड-१९ को विषम परिस्थितिको कारण बिबिध कार्यक्रम प्रदान गरी मनाउन नसकेकोमा क्षमा याचना गर्दछौ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी असिस्टेन्ट मेट्रोन लहर माया भासिक (श्रेष्ठ) (Lahar Maya) भन्नुहुन्छ : बिरामीको स्याहार मात्र नर्सिङ्ग सेवा हैन , बरु नर्स स्वास्थ्य सेवा प्रणालीको अभिन्न अंग हो र नर्सिङ्गले बिरामीलाई स्याहारको साथमा सहानुभूति पनि दिने गर्छन । बिरामीको उचित रेखदेख , सहानुभूती , उचित परामर्स , समयमा औषधी प्रदान जस्ता स्याहारमुलक सेवाबाट आधा रोग आफै निको हुन्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सुपरभाइजर द्वय सबिता पौड्याल र बिद्या राइका अनुसार कोभिड-१९ को बिकराल समयमा नर्सहरुले उच्च सतर्कता अपनाउदै सुरक्षित हुदै बिरामीहरुलाई सेवा दिनु अर्को ठूलो चुनौती आइपरेको छ। यस कोभिड-१९ को विषम परिस्थितिमा नर्सिङ्ग पेशाकर्मीहरुले गरेको योगदान सह्रानीय छ। यस परिस्थितिमा नर्सिङ्ग पेशालाई सम्मान र नर्सहरुलाई सबै क्षेत्रबाट सद्भाव र प्रेरणा दिनु आबश्यक छ।
नेपाल क्यान्सर हस्पिटल (Nepal Cancer Hospital & Research Center ) नर्सिङ्ग बिभाग सम्पूर्ण कर्मचारीहरु , स्वास्थ्यकर्मीहरु र आम शुभचिन्तकहरुमा अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको अबसरमा पुन: हार्दिक शुभकामना ब्यक्त गर्दछ।
-- नर्सिङ्ग बिभाग , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

Wednesday, March 2, 2022

खुशीले मन फुरुङ्ग छ (गीत ....)

 खुशीले मन फुरुङ्ग छ , 

जिन्दगीको गोरेटोमा एउटा खुशी बढेको छ। 

दीप मेरो प्रफुल्लीत छ,

छुट्टै प्रकाश चम्किरहेछ । 

दिब्य प्रकाश मेरो आत्मा,

आत्माभित्र बलिरहेछ । 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ................

------------१------------------------------


हर्षका आँशुहरु,

 परेलीट झारिरहेछ। 

दिब्य प्रकाश मेरो सामु ,

आज भित्रै बलिरहेछ। 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ......................

------------२ ------------------------------


आज मेरो भावनामा;

  समुन्द्र छाल तरंग छ। 

किन किन दिब्य मिलन,

नयनमा सजिएछ । 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ......................

------------३  ------------------------------

हर्ष अश्रुधार मेरो,

युग युगान्त बगेको छ। 

दिब्य प्रकाश मेरो आत्मा,

आत्माभित्रै बलेको छ। 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ......................

--------------४ ----------------------------

     (समाप्त )