सन् १९७४ देखि मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको रुपमा विश्वभरी मनाउदै आइएको छ। मे १२ आधुनिक नर्सिङ्गकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म दिन हो। यस बर्ष नर्सिङ्ग दिवसको नारा "नेतृत्व गर्न आवाज - भविष्यको स्वास्थ्य सेवाको लागि एक दर्शन" (A voice to lead- A vision for future healthcare ) रहेको छ।
Wednesday, March 9, 2022
International Nursing day May 12th
Wednesday, March 2, 2022
खुशीले मन फुरुङ्ग छ (गीत ....)
खुशीले मन फुरुङ्ग छ ,
जिन्दगीको गोरेटोमा एउटा खुशी बढेको छ।
दीप मेरो प्रफुल्लीत छ,
छुट्टै प्रकाश चम्किरहेछ ।
दिब्य प्रकाश मेरो आत्मा,
आत्माभित्र बलिरहेछ ।
खुशीले मन फुरुङ्ग छ .................
जिन्दगीको गोरेटोमा ................
------------१------------------------------
हर्षका आँशुहरु,
परेलीट झारिरहेछ।
दिब्य प्रकाश मेरो सामु ,
आज भित्रै बलिरहेछ।
खुशीले मन फुरुङ्ग छ .................
जिन्दगीको गोरेटोमा ......................
------------२ ------------------------------
आज मेरो भावनामा;
समुन्द्र छाल तरंग छ।
किन किन दिब्य मिलन,
नयनमा सजिएछ ।
खुशीले मन फुरुङ्ग छ .................
जिन्दगीको गोरेटोमा ......................
------------३ ------------------------------
हर्ष अश्रुधार मेरो,
युग युगान्त बगेको छ।
दिब्य प्रकाश मेरो आत्मा,
आत्माभित्रै बलेको छ।
खुशीले मन फुरुङ्ग छ .................
जिन्दगीको गोरेटोमा ......................
--------------४ ----------------------------
(समाप्त )
Tuesday, January 18, 2022
प्रजातन्त्र दिवस : (प्रजातन्त्र दिवस २०७८ को निम्ति )
प्रजातन्त्र दिवस : (प्रजातन्त्र दिवस २०७८ को निम्ति )
प्रजा हु, सबतत्वबाट खटिई, यो राज्यमा बस्छु म !
आफ्नै रुप लिएर बाच्छु जगमा, यै राष्ट्रमा हास्छु म !!
थोत्रो शत्रु पसेर मार्न नसकोस, पहरे भई रोक्छु म !
मैलो भेल पसेर राष्ट्र नडुबोस, बाधै बनी छेक्छु म !!
-----------------१ --------------------------------------
साझा फूलबारी समस्त नेपाली, बनोस साझा चिन्तन !
अग्लो हिऊचुली सगर्व नेपाली, होवोस सदा उन्नयन !!
लाखौ निर्झरबाट शान्ति समृद्धि, सजीबनी फैलियोस !
लाखौ आरतीताप यज्ञ हवन , ऐश्वर्य भई मौलियोस !!
--------------------२ --------------------------------
विश्वको हिमाद्रि उच्च शिखरमा, उक्लेर देखाउला !
विश्वको पबित्र तत्व नेपालमा , संदेश फैलाउला !!
हाम्रो बत्सल राष्ट्रको जगतमा, पंख उडोस ज्योती झैँ !
सीता, गौतम जन्मेथे धरतीमा, जन्मून भृकुटी अझै !!
----------------३-----------------------------------
एकै चिन्तनका समग्र नेपाली, समृद्द नेपालमा !
एकै मननका समस्त नेपाली , स्वर्गीय नेपालमा !!
आफ्नो माटो उर्बरा गरौ सखे, आफ्नै नेपाली पन !
आफ्नै देश बचाऊ सारा प्रेमील हो , प्रजातन्त्र दिवस !!
----------------------४ ---------------------------------
(समाप्त )
---श्रष्टा: दीपक यात्री
लेखनाथ -२७, कास्की
हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्दि ललितपुर
Sunday, January 16, 2022
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली..........
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची- महाकाली।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
जाग जाग बैज्ञानिक बनाउनुछ नेपाल ......................
जाग जाग बैज्ञानिक बनाउनुछ नेपाल ......................
जाग जाग बैज्ञानिक, बनाउनुछ नेपाल !
हाम्रो विज्ञान बन्न सकोस, हाम्रैलागि वरदान !!
काम, ज्ञान,अनुसन्धान सूचना र प्रबिधी !
बिद्या, बिज्ञान, कला आफ्नै बन्नुपर्छ संस्कृती !!
स्वतन्त्रता सार्वभौम र अखण्डको रक्षार्थ !
हाम्रो बिज्ञान बन्नुपर्छ हाम्रैलागि बरदान !!
विश्वपरिवेशमा बनोस हाम्रो नेपाल संमृद्ध !
प्यारो देश प्यारो बिज्ञान, जय जय नेपाल !!
------ रचनाकार
ई दीपक यात्री, लेखनाथ -२७ , कास्की नेपाल
हाल : प्रमुख सूचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
हरिसिद्दी, ललितपुर, नेपाल
Friday, January 14, 2022
मेरो पौरख, मेरो राष्ट्र ((३०१ औ राष्ट्रिय एकता दिवस एबम पृथ्वी जयन्तीको कबिता प्रतियोगिताको लागि )
मेरो पौरख, मेरो राष्ट्र :
प्रजा मोटा भया हुन्छ, नेपाल राष्ट्र बल्लभ !
अनेक मित्र एकता, छत्तिस जात चारै बर्ण !!
योद्दा पृथ्वीको सपना, नेपाल राष्ट्र बैभव !
बलभद्र, सीता, बुद्द बिभूती राष्ट्रका धन !!
--------------------१ --------------------------
मेरो राष्ट्र अखण्ड छ, झरीमा झन दीप्त छ !
मेरो राष्ट्र सार्बभौम छ , सन्ध्यामा नै प्रदीप्त छ !!
मेरो पहाड थामू मैले, मेरै छाति फुकाउदै !
मेरो हिमाल हासू मैले, हिऊ दन्त देखाउदै !!
--------------२ ------------------------------
पूर्ब टिष्टा पुगी हिमाल, पश्चिम किल्ला कांगडा !
उत्तरमा हिमगिरी उच्च, दक्षिण बाँके बर्दिया !!
पुर्खाको बीरता सिन्धु, भुलेर कहाँ भुलिन्छ र !
पृथ्वी बहादुर शाह, इतिहास कहाँ मेटिन्छ र !!
------------------३--------------------------
राष्ट्र झण्डा बेरिदिनु, म मरे लासको माथमा !
म जल्नेछु खरानी भई, अखण्ड आर्यघाटमा !!
मेरो लास त्रिशुली बग्ला,आखाँमै बग्ला गण्डकी !
कात्रो होस नेपाली झण्डा, फहर्दै पार्थ जिन्दगी !!
------------४----------------------------------
म उठ्छु राष्ट्रको धुन, बजेदेखि सबेरमै !
म हास्छु देशकै खित्का,हास्छ जस्तो हिमाल झैँ !!
म एउटा बोधीवृक्ष हू, अड्नुपर्छ है सिकाउछु !
म आफू पौरखमा बाच्छु , प्यारो राष्ट्र बचाउछु !!
------------५ -----------------------------
(समाप्त )
ई दीपक यात्री
लेखनाथ -२७ , कास्की नेपाल
हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
हरिसिद्दि, ललितपुर, नेपाल
Thursday, December 30, 2021
मेरो राष्ट्रको सृष्टिमा पृथ्वीनारायण र बहादुर शाहको पसिना चुहेको छ.....
मेरो देश, मेरो प्रतिबिम्ब
ए मेरो देश !
म तिमीलाई खरी र पाटी दिन्छु
बाह्रखरीमा तिम्रो नक्शा कोरिदेऊ
म तिमीलाई बाँसुरी र सारंगी दिन्छु
शान्तिको धुन बनेर बजिदेऊ
म तिमीलाई मुर्चुङ्गा र नर्सिङ्गा दिन्छु
मेची र महाकालीको गीत घन्काईदेऊ।
-------१ ---------------------------------
ए मेरो देश !
हामीलाई स्पष्ट थाहा छ
श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा
निधारमा चन्दन मगमगाउदैनन
हातका नंग्रा नाखियाई
देशमा हिरामोती बर्सदैन
त्यसैले त,
तिम्रा बाझो खेत र सुख्खा टारीहरु
हाम्रो सिञ्चनका पसिना पर्खिरहेछन
तिम्रा भीर, पहरा र छहराहरु
हाम्रो बलिया पाखुराहरू खोजिरहेछन्।
----------२ ---------------------------
ए मेरो देश !
अब हामी राष्ट्रप्रेमको थाप्लामाथि नाम्लो राखेर
देशभक्तिको काखीमुनि पोको च्यापेर
सवा तीन कोटि नेपालीको मुटुको साथ
सपना रोप्दै, भविष्य गोड्दै, बिकासको बेर्ना सार्दै
खन्ति, कोदालो र सावेलहरुको साथमा
बिकासको निम्ति सगरमाथा झैँ चुलिदैछौ
समृद्धि निम्ति महाभारत झैँ ठडिदैछौ ।
---------- ३ ---------------------------
ए मेरो देश !
मेरो राष्ट्रको सृष्टिमा पृथ्वीनारायण र बहादुर शाहको पसिना चुहेको छ
भीमसेन थापा र बलभद्र कुँवरको रगत बगेको छ
मलाई थाहा छ-
हाम्रो शरीरमा मात्र मुटु छैन
मुटुभित्र राष्ट्र पनि छ
हाम्रो देशको सिमानामा मात्र किल्ला छैन
किल्लाभित्र एकिकरणको बीरांगाना पनि अडेको छ।
--------------४ -----------------------------
ए मेरो देश !
बिशाल छिमेकीबिच "दुई ढुंगाको तरुल"
"चार बर्ण र छत्तिस जातको साझा फूलबारी "
"मेरा साना दु:खले आर्ज्याको मुलुक हैन "
हामीलाई थाहा छ -
यी सबै एकिकरणका दिव्योपदेश सार्थक छन्
यी सबै राष्ट्रनिर्माणका कदमहरु अमर छन्।
--------------------५ -------------------------------------
ए मेरो देश !
भो ! मलाई स्वर्गको अमरावती चाहिदैन
बरु,
हत्केलाको ठेलाले टोकेपनि
पैतालाहरु काँडाले कोतरेपनि
म चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा किरिया खाएर भन्छु
"ॐ शान्ति " - यो देश फलिरहोस पृथ्वीनारायणको राष्टियतासंगै
"ब्रम्ह शान्ति" - यो देश फैलिरहोस पृथ्वीनारायणको अखंड़तासंगै
"बिश्व शान्ति " - यो देश फुलिरहोस पृथ्वीनारायणको साझा फूलबारीसंगै
-------- ६ -------------------------------
(समाप्त )
--इ. दीपक यात्री
प्रमुख सुचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल , ललितपुर
स्थायी ठेगाना: लेखनाथ -२७ ,कास्की नेपाल