Sunday, January 16, 2022

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली..........

 सयौं थुँगा फूलका हामी एउटै माला नेपाली


सार्वभौम भई फैलिएका मेची- महाकाली।


प्रकृतिका कोटीकोटी सम्पदाको आँचल


वीरहरुका रगतले स्वतन्त्र र अटल


ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल


अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल


बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल


अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।

जाग जाग बैज्ञानिक बनाउनुछ नेपाल ......................

 जाग जाग बैज्ञानिक बनाउनुछ नेपाल ......................


 जाग जाग बैज्ञानिक, बनाउनुछ नेपाल ! 

हाम्रो विज्ञान बन्न सकोस, हाम्रैलागि वरदान !!


काम, ज्ञान,अनुसन्धान सूचना र  प्रबिधी !

बिद्या, बिज्ञान, कला आफ्नै बन्नुपर्छ संस्कृती !!


स्वतन्त्रता सार्वभौम र अखण्डको रक्षार्थ !

हाम्रो बिज्ञान बन्नुपर्छ हाम्रैलागि बरदान !!


विश्वपरिवेशमा बनोस हाम्रो नेपाल संमृद्ध !

प्यारो देश प्यारो बिज्ञान, जय जय नेपाल !!


------ रचनाकार 

   ई दीपक यात्री, लेखनाथ -२७ , कास्की नेपाल 

हाल : प्रमुख सूचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दी, ललितपुर, नेपाल 

Friday, January 14, 2022

मेरो पौरख, मेरो राष्ट्र ((३०१ औ राष्ट्रिय एकता दिवस एबम पृथ्वी जयन्तीको कबिता प्रतियोगिताको लागि )

 मेरो पौरख, मेरो राष्ट्र :


प्रजा मोटा भया हुन्छ, नेपाल राष्ट्र बल्लभ !

अनेक मित्र एकता, छत्तिस जात चारै बर्ण !!

योद्दा पृथ्वीको सपना, नेपाल राष्ट्र बैभव !

बलभद्र, सीता, बुद्द बिभूती राष्ट्रका धन !!

--------------------१ --------------------------


मेरो राष्ट्र अखण्ड छ, झरीमा झन दीप्त छ !

मेरो राष्ट्र सार्बभौम छ , सन्ध्यामा नै प्रदीप्त छ !!

मेरो पहाड थामू मैले, मेरै  छाति फुकाउदै !

मेरो हिमाल हासू मैले, हिऊ दन्त देखाउदै !!

--------------२ ------------------------------


पूर्ब टिष्टा पुगी हिमाल, पश्चिम किल्ला कांगडा !

उत्तरमा हिमगिरी उच्च, दक्षिण बाँके बर्दिया !!

पुर्खाको बीरता सिन्धु, भुलेर कहाँ भुलिन्छ र !

पृथ्वी बहादुर शाह, इतिहास कहाँ मेटिन्छ र !!

------------------३--------------------------


राष्ट्र झण्डा बेरिदिनु, म मरे लासको माथमा !

म जल्नेछु खरानी भई, अखण्ड आर्यघाटमा !!

मेरो लास त्रिशुली बग्ला,आखाँमै बग्ला गण्डकी !

कात्रो होस नेपाली झण्डा, फहर्दै पार्थ जिन्दगी !!

------------४----------------------------------


म उठ्छु राष्ट्रको धुन,  बजेदेखि सबेरमै !

म हास्छु देशकै खित्का,हास्छ जस्तो हिमाल झैँ !!

म एउटा बोधीवृक्ष हू, अड्नुपर्छ है सिकाउछु !

म आफू पौरखमा बाच्छु , प्यारो राष्ट्र बचाउछु  !!

------------५ -----------------------------

                (समाप्त )

ई  दीपक यात्री

लेखनाथ -२७ , कास्की नेपाल 

हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दि, ललितपुर, नेपाल  

Thursday, December 30, 2021

मेरो राष्ट्रको सृष्टिमा पृथ्वीनारायण र बहादुर शाहको पसिना चुहेको छ.....

 मेरो देश, मेरो प्रतिबिम्ब 



ए मेरो देश !


म तिमीलाई खरी र पाटी दिन्छु 


बाह्रखरीमा तिम्रो नक्शा कोरिदेऊ


म तिमीलाई बाँसुरी र सारंगी दिन्छु 


शान्तिको धुन बनेर बजिदेऊ


म तिमीलाई मुर्चुङ्गा र नर्सिङ्गा दिन्छु 


मेची र महाकालीको गीत घन्काईदेऊ। 


-------१ ---------------------------------


ए मेरो देश !


हामीलाई स्पष्ट थाहा छ


 श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा 


निधारमा चन्दन मगमगाउदैनन 


हातका नंग्रा नाखियाई 


देशमा हिरामोती  बर्सदैन 


त्यसैले त,


तिम्रा बाझो खेत र सुख्खा टारीहरु 


हाम्रो सिञ्चनका पसिना पर्खिरहेछन 


तिम्रा भीर, पहरा र छहराहरु 


हाम्रो बलिया पाखुराहरू खोजिरहेछन्। 


----------२ ---------------------------


ए मेरो देश !


अब हामी राष्ट्रप्रेमको थाप्लामाथि नाम्लो राखेर 


देशभक्तिको काखीमुनि पोको च्यापेर 


सवा तीन  कोटि नेपालीको मुटुको साथ


सपना रोप्दै, भविष्य गोड्दै, बिकासको बेर्ना सार्दै 


खन्ति, कोदालो र सावेलहरुको साथमा 


बिकासको निम्ति सगरमाथा झैँ चुलिदैछौ 


समृद्धि निम्ति महाभारत झैँ ठडिदैछौ  । 

---------- ३ ---------------------------

ए मेरो देश !


मेरो राष्ट्रको सृष्टिमा पृथ्वीनारायण र बहादुर शाहको पसिना चुहेको छ

भीमसेन थापा र बलभद्र कुँवरको रगत बगेको छ 

मलाई थाहा छ- 

हाम्रो शरीरमा मात्र मुटु छैन 

मुटुभित्र राष्ट्र पनि छ 

हाम्रो देशको सिमानामा मात्र किल्ला छैन 

किल्लाभित्र एकिकरणको बीरांगाना पनि अडेको छ। 

--------------४ -----------------------------

ए मेरो देश !

बिशाल छिमेकीबिच "दुई ढुंगाको तरुल"

"चार बर्ण र छत्तिस जातको साझा फूलबारी "

"मेरा साना दु:खले आर्ज्याको मुलुक हैन "

हामीलाई थाहा छ -

यी सबै एकिकरणका दिव्योपदेश सार्थक छन् 

यी सबै राष्ट्रनिर्माणका कदमहरु अमर छन्। 

--------------------५ -------------------------------------


ए मेरो देश !


भो ! मलाई स्वर्गको अमरावती चाहिदैन 

बरु,


हत्केलाको ठेलाले टोकेपनि 


पैतालाहरु काँडाले कोतरेपनि 


म चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा  किरिया खाएर भन्छु 


"ॐ शान्ति " - यो  देश फलिरहोस  पृथ्वीनारायणको राष्टियतासंगै 


"ब्रम्ह शान्ति" - यो देश फैलिरहोस पृथ्वीनारायणको अखंड़तासंगै 


"बिश्व शान्ति " - यो देश  फुलिरहोस पृथ्वीनारायणको साझा फूलबारीसंगै 


 -------- ६ -------------------------------


              (समाप्त )


 --इ. दीपक यात्री


 प्रमुख सुचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल , ललितपुर 


 स्थायी ठेगाना: लेखनाथ -२७  ,कास्की नेपाल


Thursday, December 9, 2021

हरिदेबी कोइराला

नेपाली लोकगीतको फाँटमा एउटा लोकप्रिय नाम हो हरिदेबी कोइराला (Haridevi Koirala )। नेपाली लोक संस्कृतीप्रति सधै आदरभाव राख्ने र नयाँ पुस्तालाई सधै लोकगीतप्रति उत्प्रेरित गर्ने उहाको बिशेषता हो। आफ्नो पहिचान र धरोहरका रुपमा रहेको लोक संस्कृतीलाई सधै जगेर्ना र सम्बर्धन गर्दै आएकी गायिकाका एक हजारभन्दा बढी गीतहरु रेकर्ड भैसकेका छन्।
पाइन खबर , आमा तिम्रो , चिन्ता बढ्यो , झिलझिल सीतारा , आँखाभरी आशूको धारा, बिरानो मुलुक उहाका लोकप्रिय गीतहरु हुन।
सस्तो लोकप्रिय र फगत मनोरंजन भन्दापनि चेतनामुलक र संदेशमुलक सूचना र भावना प्रदान गर्ने गीतहरुकी संकलन र गायिका हरिदेवी कोइरालाको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय साथै लोकगीत क्षेत्रमा थप प्रगति र उन्नतीकोलागि मङ्गलमय शुभकामना अर्पित गर्दछौँ ।

Wednesday, July 7, 2021

मेरो राष्ट्र, मेरो प्रतिबिम्ब: (राष्ट्रिय कबिता महोत्सव २०७९ को निम्ति )

 मेरो राष्ट्र, मेरो प्रतिबिम्ब:


म उठे राष्ट यो उठ्छ भने उठ्छु सबेरमै !

म हाँसे देश यो हास्छ भने हास्छु हिमाल झैँ !!

बगेको तराई देख्दा आँखामै बग्छ बेदना !

लाग्छ त्यै बगाईमा बाध बनी खडा हुन !!

--------१ -----------------------------------

नाङ्गो आंग कतै देखे निर्बस्त्र हुन्छ यो मन !

लाग्छ यही भूमीको बस्त्र दर्जी भई सिलाउन !!

वैलेका फूलका थुङ्गा देख्दा दुख्दछ यो मुटु !

लाग्छ त्यही फूलको मुनि पानीको मुल भै फुटू !!

---------------२-------------------------------

रुन्छ माटो जहाँनेर बाढी पैह्रो प्रकोपमा !

मुर्छा परी दिल दुख्छ रुन्छ बुद्ध स्वयममा !!

कोरोनाको कहरमा राष्ट्र बन्दछ ब्याकुल !

लाग्छ यही राष्ट्रको निम्ति बनूँ सुई कोभिशील !!

------------३-----------------------------------

म फुल्छु राष्ट्र यो फुल्छ भने बनी सुनाखरी !

म जल्छु खरानी भई राष्ट्रकै निम्ति दन्दनी !!

भू-कम्पको प्रकोपमा ढलेको त्यो धरहरा !

फेरी ठडिए झैँ उठ्छु जगाउदै सबै जना !!

------------------------४ ----------------------

            (समाप्त ) 

ई  दीपक यात्री

लेखनाथ -२७ , कास्की नेपाल 

हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दि, ललितपुर, नेपाल  

Monday, July 5, 2021

" ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ "

 

" ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ   "    (छन्द : शार्दूलविक्रीडित)

 

नेपाली हरिया पहाडी शिलाका तनहुँको गाऊमा !

जन्मे एक प्रतिभा थे विलक्षण भानुभक्त नाउका !!

भर्जन्म घासतिर मन हुनगो घांसी दिए अर्ति नै !

 ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

----------------एक ------------------------

प्रश्नोत्तर, बधुशिला यिनका लघुकाब्यका खातिर !

भक्तमाला अर्को कृति पबित्र अनेकौ छन फुटकर !!

एकदिन नारदजी--जिब्रो जनको रामायण घरघरै !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

-------------दुई-------------------------------------

तिम्रो यश छर्यो बैभव यहाँ मेची महाकालीमा !

तिम्रो ख्याती बल्यो जनमनमा आदिकबि भूषण !!

तिम्रो सिर्जन जो पुस्तक बन्यो मोतीराम बाट नै !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

------------------तीन ----------------------

नेपाली बाङ्ग्मय फाँट जगमा बामे सरेको बेला !

नेपाली साहित्य राग जनमा सूर्योदयको बेला !!

झुल्क्यौ भानु तिमी बनाई बिहानी घामको किरण झैँ !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

------------चार ---------------------------------------

पढ़लान सारा सन्ततीहरुले रामराज्यको कहानी !

बुझ्लान सारा नेपालीहरुले द्वापर युग जीवनी !!

पुज्छौ हामी तिम्रो देन त्यो भगवानको राम झैँ !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

-------------पाच ---------------------------------

                  (समाप्त )

 

रचना : ई दीपक यात्री , प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल , ललितपुर

स्थायी : लेखनाथ-२७, कास्की नेपाल

मोबाइल : ९८१३४५६३७४

ई-मेल : deepak1.hclcdc@gmail.com