Thursday, December 30, 2021

मेरो राष्ट्रको सृष्टिमा पृथ्वीनारायण र बहादुर शाहको पसिना चुहेको छ.....

 मेरो देश, मेरो प्रतिबिम्ब 



ए मेरो देश !


म तिमीलाई खरी र पाटी दिन्छु 


बाह्रखरीमा तिम्रो नक्शा कोरिदेऊ


म तिमीलाई बाँसुरी र सारंगी दिन्छु 


शान्तिको धुन बनेर बजिदेऊ


म तिमीलाई मुर्चुङ्गा र नर्सिङ्गा दिन्छु 


मेची र महाकालीको गीत घन्काईदेऊ। 


-------१ ---------------------------------


ए मेरो देश !


हामीलाई स्पष्ट थाहा छ


 श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा 


निधारमा चन्दन मगमगाउदैनन 


हातका नंग्रा नाखियाई 


देशमा हिरामोती  बर्सदैन 


त्यसैले त,


तिम्रा बाझो खेत र सुख्खा टारीहरु 


हाम्रो सिञ्चनका पसिना पर्खिरहेछन 


तिम्रा भीर, पहरा र छहराहरु 


हाम्रो बलिया पाखुराहरू खोजिरहेछन्। 


----------२ ---------------------------


ए मेरो देश !


अब हामी राष्ट्रप्रेमको थाप्लामाथि नाम्लो राखेर 


देशभक्तिको काखीमुनि पोको च्यापेर 


सवा तीन  कोटि नेपालीको मुटुको साथ


सपना रोप्दै, भविष्य गोड्दै, बिकासको बेर्ना सार्दै 


खन्ति, कोदालो र सावेलहरुको साथमा 


बिकासको निम्ति सगरमाथा झैँ चुलिदैछौ 


समृद्धि निम्ति महाभारत झैँ ठडिदैछौ  । 

---------- ३ ---------------------------

ए मेरो देश !


मेरो राष्ट्रको सृष्टिमा पृथ्वीनारायण र बहादुर शाहको पसिना चुहेको छ

भीमसेन थापा र बलभद्र कुँवरको रगत बगेको छ 

मलाई थाहा छ- 

हाम्रो शरीरमा मात्र मुटु छैन 

मुटुभित्र राष्ट्र पनि छ 

हाम्रो देशको सिमानामा मात्र किल्ला छैन 

किल्लाभित्र एकिकरणको बीरांगाना पनि अडेको छ। 

--------------४ -----------------------------

ए मेरो देश !

बिशाल छिमेकीबिच "दुई ढुंगाको तरुल"

"चार बर्ण र छत्तिस जातको साझा फूलबारी "

"मेरा साना दु:खले आर्ज्याको मुलुक हैन "

हामीलाई थाहा छ -

यी सबै एकिकरणका दिव्योपदेश सार्थक छन् 

यी सबै राष्ट्रनिर्माणका कदमहरु अमर छन्। 

--------------------५ -------------------------------------


ए मेरो देश !


भो ! मलाई स्वर्गको अमरावती चाहिदैन 

बरु,


हत्केलाको ठेलाले टोकेपनि 


पैतालाहरु काँडाले कोतरेपनि 


म चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा  किरिया खाएर भन्छु 


"ॐ शान्ति " - यो  देश फलिरहोस  पृथ्वीनारायणको राष्टियतासंगै 


"ब्रम्ह शान्ति" - यो देश फैलिरहोस पृथ्वीनारायणको अखंड़तासंगै 


"बिश्व शान्ति " - यो देश  फुलिरहोस पृथ्वीनारायणको साझा फूलबारीसंगै 


 -------- ६ -------------------------------


              (समाप्त )


 --इ. दीपक यात्री


 प्रमुख सुचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल , ललितपुर 


 स्थायी ठेगाना: लेखनाथ -२७  ,कास्की नेपाल


Thursday, December 9, 2021

हरिदेबी कोइराला

नेपाली लोकगीतको फाँटमा एउटा लोकप्रिय नाम हो हरिदेबी कोइराला (Haridevi Koirala )। नेपाली लोक संस्कृतीप्रति सधै आदरभाव राख्ने र नयाँ पुस्तालाई सधै लोकगीतप्रति उत्प्रेरित गर्ने उहाको बिशेषता हो। आफ्नो पहिचान र धरोहरका रुपमा रहेको लोक संस्कृतीलाई सधै जगेर्ना र सम्बर्धन गर्दै आएकी गायिकाका एक हजारभन्दा बढी गीतहरु रेकर्ड भैसकेका छन्।
पाइन खबर , आमा तिम्रो , चिन्ता बढ्यो , झिलझिल सीतारा , आँखाभरी आशूको धारा, बिरानो मुलुक उहाका लोकप्रिय गीतहरु हुन।
सस्तो लोकप्रिय र फगत मनोरंजन भन्दापनि चेतनामुलक र संदेशमुलक सूचना र भावना प्रदान गर्ने गीतहरुकी संकलन र गायिका हरिदेवी कोइरालाको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय साथै लोकगीत क्षेत्रमा थप प्रगति र उन्नतीकोलागि मङ्गलमय शुभकामना अर्पित गर्दछौँ ।

Wednesday, July 7, 2021

मेरो राष्ट्र, मेरो प्रतिबिम्ब: (राष्ट्रिय कबिता महोत्सव २०७९ को निम्ति )

 मेरो राष्ट्र, मेरो प्रतिबिम्ब:


म उठे राष्ट यो उठ्छ भने उठ्छु सबेरमै !

म हाँसे देश यो हास्छ भने हास्छु हिमाल झैँ !!

बगेको तराई देख्दा आँखामै बग्छ बेदना !

लाग्छ त्यै बगाईमा बाध बनी खडा हुन !!

--------१ -----------------------------------

नाङ्गो आंग कतै देखे निर्बस्त्र हुन्छ यो मन !

लाग्छ यही भूमीको बस्त्र दर्जी भई सिलाउन !!

वैलेका फूलका थुङ्गा देख्दा दुख्दछ यो मुटु !

लाग्छ त्यही फूलको मुनि पानीको मुल भै फुटू !!

---------------२-------------------------------

रुन्छ माटो जहाँनेर बाढी पैह्रो प्रकोपमा !

मुर्छा परी दिल दुख्छ रुन्छ बुद्ध स्वयममा !!

कोरोनाको कहरमा राष्ट्र बन्दछ ब्याकुल !

लाग्छ यही राष्ट्रको निम्ति बनूँ सुई कोभिशील !!

------------३-----------------------------------

म फुल्छु राष्ट्र यो फुल्छ भने बनी सुनाखरी !

म जल्छु खरानी भई राष्ट्रकै निम्ति दन्दनी !!

भू-कम्पको प्रकोपमा ढलेको त्यो धरहरा !

फेरी ठडिए झैँ उठ्छु जगाउदै सबै जना !!

------------------------४ ----------------------

            (समाप्त ) 

ई  दीपक यात्री

लेखनाथ -२७ , कास्की नेपाल 

हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दि, ललितपुर, नेपाल  

Monday, July 5, 2021

" ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ "

 

" ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ   "    (छन्द : शार्दूलविक्रीडित)

 

नेपाली हरिया पहाडी शिलाका तनहुँको गाऊमा !

जन्मे एक प्रतिभा थे विलक्षण भानुभक्त नाउका !!

भर्जन्म घासतिर मन हुनगो घांसी दिए अर्ति नै !

 ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

----------------एक ------------------------

प्रश्नोत्तर, बधुशिला यिनका लघुकाब्यका खातिर !

भक्तमाला अर्को कृति पबित्र अनेकौ छन फुटकर !!

एकदिन नारदजी--जिब्रो जनको रामायण घरघरै !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

-------------दुई-------------------------------------

तिम्रो यश छर्यो बैभव यहाँ मेची महाकालीमा !

तिम्रो ख्याती बल्यो जनमनमा आदिकबि भूषण !!

तिम्रो सिर्जन जो पुस्तक बन्यो मोतीराम बाट नै !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

------------------तीन ----------------------

नेपाली बाङ्ग्मय फाँट जगमा बामे सरेको बेला !

नेपाली साहित्य राग जनमा सूर्योदयको बेला !!

झुल्क्यौ भानु तिमी बनाई बिहानी घामको किरण झैँ !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

------------चार ---------------------------------------

पढ़लान सारा सन्ततीहरुले रामराज्यको कहानी !

बुझ्लान सारा नेपालीहरुले द्वापर युग जीवनी !!

पुज्छौ हामी तिम्रो देन त्यो भगवानको राम झैँ !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

-------------पाच ---------------------------------

                  (समाप्त )

 

रचना : ई दीपक यात्री , प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल , ललितपुर

स्थायी : लेखनाथ-२७, कास्की नेपाल

मोबाइल : ९८१३४५६३७४

ई-मेल : deepak1.hclcdc@gmail.com

Sunday, June 20, 2021

असार पन्द्रह.....

 

(गत बर्षको पोस्ट ,सारै मन परेकोले पुन: यो बर्ष पनि पोस्ट गर्दैछु |)
गाउघर छाडेको दुइ दशक नाघेछ हो !
यो असार पन्द्रह माचामाचको बेलामा घरमा बुबाआमालाई खेताला र बाउसे खोज्नको चटारो होला | कता बुबाले छोरो आएपछि रोपाई आटुला ,एउटा भएपनि बाउसे थपिएला भन्दै बाटो पो हेर्नु भएको छ कि !
बिन्ति ! छोराले खेतीपाती बिर्सेको छैन बरु भारी मन बाधेर कागज रुपी पुर्ख्यौलीको खेतमा कलम रुपी कोदालीले खेत खन्दै शब्द रुपी धान रोप्दै छ :
...
असार पन्द्रह.....
असारको दब,दब हिलो छायो |
असार पन्द्रह घुमिफिरी आयो ||
बजाउदै पात,खेत तर्फ लागौ|
छतरी र स्याखु ,तयार राखौ ||
--------१-----------------
दही चिउरा रोटी खेतालाका खाजा |
चुरेट रक्सी ,हलिकै कलेवा ||
उठ भाई हो, बाउसे शक्ती जागी|
मनाऔ पन्ध्रे हिलो छ्यापी छ्यापी ||
---------२-----------------
लाग्दैन सर्दी, हिलो छ्यापेपनी |
घट्दैन इज्जत बिउ रोपे पनी ||
छुपु छुपु बिउ रोपी देखाऊ |
गैरीको खेत हरियो बनाऊ ||
------३-----------------
गरेर सेंचन ठुलो कुलो लगाऔ |
बाझो त्यो टारी जलले भराऔ ||
असारे मुशलधारे वर्षा छायो |
असार पन्ध्र घुमिफेरी आयो ||
---४----------------------
(समाप्त )
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
हैदराबाद भारत
स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल
नोट:छन्द,लय,मात्रा त्रुटिको निम्ति माफ चाहन्छु |
भाब व्यक्तमा केही सफल भएमा लाइक चाहन्छु |

Thursday, June 17, 2021

महोत्सवमा दोस्रो भएको सुवास राई ‘क्याप्टेन’ को कविता: ‘फरक’

                                                                   पहाडकाे चुल्ठाे भरि फुलेकाे

गुराँसकाे रङ
र मधेसकाे मजेत्राे भरि लत्पतिएकाे
रगतकाे रङ

सूर्यकाे तापले पग्लिरहेकाे
हिमालकाे रङ
र अाफ्नै पैतालाकाे प्रेमले पृथ्वीमा उम्रेकाे
पसिनाकाे रङ

फरक छन् रङहरू
तर तिमी भन्छाै – रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ ।

जसरी
फर्फराइरहेकाे सबै झण्डा
उचालिएका सबै मुठ्ठी
मुक्तिका लागि
हुन सक्दैनन्
गाइएका सबै गीत
लेखिएका सबै कविता
परिवर्तनका लागि हुन सक्दैनन्
त्यसरी नै
फरक छ तिम्राे र मेराे संघर्ष

हाे तिमी
जुलुशकाे अघि-अघि
फहराउँछाै विजयकाे झण्डा
शहीद मन्च,पार्टी कार्यालय
र जन्माेत्सवहरूमा गाउँछाै गीत

म,
काेदालाे, बेल्चा
र अाफ्नै हात,पाउ शीर,शरीरलाई
बनाउछु झण्डा
भीर पहरा , खेत खलियान
र अाफ्नै असमायिक मृत्युमा गाउँछु जीवनकाे गीत

तिमी भन्छाै
विचारले
दर्शनले
उदेश्यले
हामी दुई छुट्टिनै नसकिने
गाढा राताे भइसक्याैँ
अथवा
गहिराे नीलाे भइसक्याैँ
र भन्छाै –
रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ
तर मित्र !
मलाई थाहा छ याे धर्तीकाे दुखकाे सहस्र अनुहार
त्यसैले,
हामी उस्तै-उस्तै देखिए पनि
हामी दुबै गहुँगाेराे देखिए पनि
फरक छ हाम्राे भित्री रङ
फरक छ हामी दुईकाे पसिनाकाे रङ ।

***

महोत्सवमा प्रथम भएको चन्द्र रानाहँछाको कविता: ‘आँधीको यात्रा …’

                                            हातमा सपनाको फूल

र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु अाँधीको यात्रा … ।

सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।

मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनी बाटो देखाउन
मुस्कुराउँदै
उदाउनेछ जून ।

म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई
सोध्नेछन् अक्षरहरुले
जीवनको सौन्दर्य ।

एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर बतासले
सोध्नेछ समय ।

साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।

जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै छोइसक्नेछु आकाशलाई ।

काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।

मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।

आमा !
यै हत्केलामा कोरिएको बाटोले डोर्‍याउँदै
एकदिन –
ल्याइपुर्‍याउनेछ मलाई तिम्रो काखमा ।