Tuesday, April 13, 2021

शुभकामना

 शुभ दिपावली–२०७७  एवं नेपाल संम्वत् ११४१  को पावन अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत  सम्पूर्ण कर्मचारीहरुमा  सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु  । यस कोभिड-१९ को विषम परिस्थितीमा कोरोन प्रकोपबाट संक्रमण हुदा समेत  रत्तिभर  बिचलित नभईकन केहीदिन क्वारेन्टिनमा  बसेर स्वास्थ्यलाभ लिइकन पुन: नियमित कार्यभार सम्हाल्नु हुने कर्मचारी साथीहरु  प्रति सधन्यबाद प्रकट गर्दछु। साथै उच्च सतर्कताकासाथ अहोरात्र खटिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु ,कर्मचारी मित्रहरु,हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्यु हरु, सेयर सदस्यज्युहरु  र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर  ब्यबस्थापनको तर्फबाट दीपावली –२०७७  एवं नेपाल संम्वत् ११४१ को हार्दिक शुभकामना व्यक्त गर्दछु। 

   
   --प्रार्थी सुदिप श्रेष्ठ , कार्यकारी अध्यक्ष , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

Thursday, April 8, 2021

सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा

 सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा :

                                                 (छन्द:शार्दूलविक्रीडित) 
 
हाम्रो निदान सार्थ होस् प्रचुरता उपचार छ चिन्तन !
जस्तै कठोर अबस्थै पुगोस,  हुन्छ है निराकार !!
स्तन, पाठेघर, फोक्सो सबको हुनेछ निवारण !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
---------१------------------------------------------------
स्क्रिनिंग गरदै बायोप्सी जाँचले, पहिचान क्यान्सरको !
भेटिन्छ पहिलो चरण पूर्बमै, लक्षण अर्बुदको !!
हाम्रो बचन अखण्ड गुणस्तर, उत्कृष्ट नेपालमा !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
-----------२ -----------------------------------
हाम्रो हात पुगोस बिपन्न जगमा, उपचारको खातिर !
हाम्रो घंट बजोस तथास्तु शुभको संदेश उद्घोषक !!
पीडा दु:ख र दर्द शोक सबको, मोक्ष मिलोस घंटमा !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
------------३----------------------------------------
रोक्लान लागू र मद्यपान जनले, रहेर सावधानीमा !
धुम्रपान र सुर्तीजन्य पदार्थ, रोकेर है सेवन !!
बाचेसम्म सधै सर्जक बनी, स्वास्थ्यप्रद जीवन !
सारा क्यान्सरको निदान यही छ, नेपाल क्यान्सरमा !!
-------------४ --------------------------------------------
          (समाप्त )
श्रष्टा : ई दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 
हरिसिद्दी, ललितपुर 

Monday, April 5, 2021

"चाहिन्न केही अरू"

 कविता, "चाहिन्न केही अरू" शार्दूलविक्रीडित छन्द

मेरो सिर्जन सार्थ होस् विपुलता, उद्गार होस् चिन्तन।
इन्द्रेणीमय रंगदार छविझैं, सौन्दर्य होस् काञ्चन।।
पीडा दु:ख र दर्द शोक जनका, सन्ताप सारा हरूँ।
मेरो देश अखण्ड एक नमरोस् ! चाहे म आफैं मरूँ।।१।
मेरो “मन्दिर” आर्तको घर बनोस्, सेवा बनोस् पूजन।
मेरो हात पुगोस् सधैं जखममा, दुख्तै गरेका मन।।
जाँदा लान सकिन्न साधन कुनै, द्रव्यत्व जेथाहरू।
बाँचेसम्म सदैब मानिस बनूँ, चाहिन्न केही अरू।।२।।
मेरो जीवन लम्कियोस् जगतमा ! सम्मानभन्दा अघी।
मान्छेको शुभ नाम धारण गरोस्, विद्वान भन्दा पनि।।
मेरो देह ढलेर “पार्थिव” हुँदा, मेरा मलामी हरू।
रोउन् लास समीप सज्जनहरू ! चाहिन्न केही अरू।।३।।
आशा लोभ नहोस् किमार्थ कहिले, सामर्थ्य आफैं गरूँ।
आफ्नै राष्ट्र - समाज चित्रण गरी, चौधुन्न शोभा भरूँ।।
लागुन् यी पद नित्य अग्र पथमा, आघात आओस् बरू।
मेरो देश अखण्ड एक नमरोस् ! चाहे म आफैं मरूँ।।४।।
लाऊँ दैनिक वस्त्र एक सुकिलो, थोत्रो पुरानो बरू।
खाऊँ पेट भरेर गुन्द्रुक ढिँडो, तृप्ती यसैमा गरूँ।।
चाहे दु:ख अभाव खात चुलियोस्, आक्रान्त पारोस् बरू।
मेरो देश अखण्ड एक नमरोस् ! चाहे म आफैं मरूँ।।५।।
✍️ २०७७//नारायणप्रसाद निरौला

"कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "

 "कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "

(छन्द :- शार्दूलविक्रीडित)
    
हे क्यान्सर कति उग्र गतिले, हल्लाइस सारा मन !
तेरो उग्र अब बढेर कदापि, सक्दैन है फैलन !!
तेरो ग्रहणमा जून अब बल्यो, विकिरण पद्दति !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------१----------------------------------
हे हे क्यान्सर ! भागिदे तलाई इलाज सर्जरीको !
किमो औ विकिरण प्रसस्तै, अन्तेष्टी तेरो भयो !!
सुदिप्ता अनि कल्याणी कोषले गर्दै हातेमालो नै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------२ ------------------------
जा जा दुर अर्बुद रोग हामीले , पहिचान गर्छो तेरो !
प्रारम्भिक चरणभित्रै इलाज गरेर निर्मूल पार्छो तेरो !!
तेरो उग्र बहाब अन्त्य हुने भो , औसी भित्र जून झैँ !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------- ३ ----------------------------
स्तन,पाठेघर,कलेजो र फोक्सो तेरो निशानी रह्यो !
हड्डी,छाती,मुख र मस्तिष्क तेरो प्रकोप रह्यो !!
रोक्छौ लागू र मद्ध्यपान हामीले जीवन साबधानी मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
------------४-----------------
अब दीप बल्छ खुशीयालीको क्यान्सर बिजेताहरु !
हास्छन,खेल्छन,नाच्छन बरिलै र्याम्प सो गरी गरी !!
सुन्दर पुष्प फक्रेर सुगन्ध छर्छ, नेपाली बगैचा मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------५ ---------------------------------
 
स्क्रिनिंग बायोप्सी जांच र शिबिर पहिचानको खातिर !
भेट्छौ पहिलो चरणमै गर्छॊ क्यान्सर निदान !!
नेपाली क्यान्सरका पन्छीहरू हो भारत उड्नु नभई !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
-------------६ -------------------------------
  (समाप्त)
स्रस्टा :दीपक यात्री
  प्रमुख सूचना प्राबिधिक 
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 
हातिवन, ललितपुर , नेपाल 

Saturday, April 3, 2021

"जन्मदिनमा म "

 

"जन्मदिनमा म "
म एउटा फूल भै फुलू ,मौरीको मनोहरमा !
फूलको रसले भरोस ,मौरी घार हराभरा !!
त्यही मह बन्न सकोस ,आयुर्वेदिक औषधी !
स्वास्थ्यलाभ तिनीलाई,असहाय र रोगी !!
------१-------------------------------------
म एउटा आगो भै बलू,रन्किएर रापमा !
आगोको रापले फाडोस ,झार् पाते खोरिया !!
त्यही खोरियामा भोली,फलोस उर्बर फसल !
भूमीहिन सुकुम्बासी,बनाउदै घरबार !!
---२---------------------------------------
म एउटा जल भै बगू,यत्रतत्र बगाउदै !
जलको संगमभित्र ,खोलानदी बनाउदै !!
त्यही नदी हुन सकोस,सिचाइको साधक !
आकासे पानीको भरमा,मुक्ति पाउन कृषक !!
-------------३------------------------------------
म एउटा ऋतु भै आउ ,चाडपर्ब बोलाउदै !
चाडको रंगमा दशैं ,तीज तिहार मनाउदै !!
त्यही पर्ब हुन सकोस ,खुशीको ठूलो उत्सब !
सारा नेपालीमा छावोस, हर्ष एबम महोत्सब !!
----------४ ----------------------------------------
(समाप्त)

Monday, March 29, 2021

मेरो देश, मेरो प्रतिबिम्ब

मेरो देश, मेरो प्रतिबिम्ब 


ए मेरो देश !

म तिमीलाई खरी र पाटी दिन्छु 

बाह्रखरीमा तिम्रो नक्शा कोरिदेऊ

म तिमीलाई बाँसुरी र सारंगी दिन्छु 

शान्तिको धुन बनेर बजिदेऊ

म तिमीलाई मुर्चुङ्गा र नर्सिङ्गा दिन्छु 

मेची र महाकालीको गीत घन्काईदेऊ। 

-------१ ---------------------------------

ए मेरो देश !

हामीलाई स्पष्ट थाहा छ

 श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा 

निधारमा चन्दन मगमगाउदैनन 

हातका नंग्रा नाखियाई 

देशमा हिरामोती  बर्सदैन 

त्यसैले त,

तिम्रा बाझो खेत र सुख्खा टारीहरु 

हाम्रो सिञ्चनका पसिना पर्खिरहेछन 

तिम्रा भीर, पहरा र छहराहरु 

हाम्रो बलिया पाखुराहरू खोजिरहेछन्। 

----------२ ---------------------------

ए मेरो देश !

अब हामी राष्ट्रप्रेमको थाप्लामाथि नाम्लो राखेर 

देशभक्तिको काखीमुनि पोको च्यापेर 

सवा तीन  कोटि नेपालीको मुटुको साथ

सपना रोप्दै, भविष्य गोड्दै, बिकासको बेर्ना सार्दै 

खन्ति, कोदालो र सावेलहरुको साथमा 

बिकासको निम्ति सगरमाथा झैँ चुलिदैछौ 

सम्रिद्दि निम्ति महाभारत झैँ ठदिदैछौ। 

---------- ३ ---------------------------

ए मेरो देश !

भो ! मलाई स्वर्गको अमरावती चाहिदैन 

बरु,

हत्केलाको ठेलाले टोकेपनि 

पैतालाहरु काँडाले कोतरेपनि 

म माटोको किरिया खाएर भन्छु 

"ॐ शान्ति " - म देश रोपिरंहू रोपाहाराहरुसंग 

"ब्रम्ह शान्ति" - म देश गोडिरंहू खेतालाहरुसंग 

"बिश्व शान्ति " - म देश खानिरंहू बाउसेहरुसंग। 

 -------- ४-------------------------------

              (समाप्त )

 --इ. दीपक यात्री

 प्रमुख सुचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल , ललितपुर 

 स्थायी ठेगाना: लेखनाथ -२७  ,कास्की नेपाल

सम्पर्क : ९८१३४५६३७४ 

Friday, February 19, 2021

Happy Birthday Dr. Gisupnikh prasiko

 रेडियो थेरापी स्वास्थ्य विधामा एम डि अध्यन पछि २४ बर्ष भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो गिसुप प्रसाई (Dr.

Gisup Prasiko

) । बि पी मेमोरिअल क्यान्सर हस्पिटल, चितवनको रेडियो थेरापी विभागका सस्थापक श्री प्रसाई हाल नेपाल क्यान्सर हस्पिटल (

Nepal Cancer Hospital & Research Center

) हरिसिद्धिको रेडियो थेरापी विभागको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर प्रसाइका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै " सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।

-------नेपाल क्यान्सर हस्पिटल परिवार
Feeling glad and excitement to celebrate birthday to our eminent & renowned Radiation oncologist Dr
Gisup Prasiko
at
Nepal Cancer Hospital & Research Center
premises today.He is considered to be one of the key person to establish Radiotherapy service at BP Koirala Memorial cancer Hospital (BPKMCH), Chitwan and at Nepal cancer hospital and research center , lalitpur. He is currently sr. consultant and head of department in department of Radiation Oncology, as well as advisor of Nepal Cancer Hospital and Nepal Cancer Support Group.
He is President of PRECAN (Prevent Cancer, Non profitable Non Govt organization) engaged in Prevention of Cancer in Nepal.
We wish him sound healthy and prosperous life and also wish him to fulfill his dream of "Nepalese cancer treatment in Nepal itself".
---Nepal Cancer hospital staffs