Wednesday, February 3, 2021

डा सुदिप श्रेष्ठ शुभजन्मोत्सव

 डा सुदिप श्रेष्ठ, नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर (

Nepal Cancer Hospital & Research Center

) का कार्यकारी अध्यक्ष नेपालमा अन्कोलजीको क्षेत्रमा अग्रगामी र सुपरिचित चिकित्सक हुनुहुन्छ । सन् २०१५ मा नेपाल क्यान्सर हस्पिटल उहाँकै नेतृत्व र अग्रसरतामा स्थापना भएको हो।

नेपाल क्यान्सर हस्पिटल सुरु गर्नुभन्दा पहिले डा श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको चिकित्सा निर्देशक र विभागीय प्रमुखको रूपमा सेवा गरेर काफि अनुभब लिईसक्नुभएको छ । नेपाल क्यान्सर हस्पिटल स्थापना अगाडि नेपालमा क्यान्सर केयर शाखा र ओम क्यान्सर केयर सेन्टर जस्ता महत्वपूर्ण सार्वजनिक अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपालमा प्यालिएटिभ हेरचाह (२००९) र नेपाल क्यान्सर सहयोग समुह (२००९) का संस्थापक अध्यक्ष समेत रहनु भएका ड़ा श्रेष्ठ क्यान्सर उपचार सहित हेरचाह र अन्य पक्षहरु (शैक्षिक, प्यालिएटिभ.. आदि ) पनि अत्यावश्यक हुन्छ भन्ने मान्यता राख्नुहुन्छ ।
क्यान्सर रोगको उपचारमा देशको अग्रणी विशेषज्ञको रूपमा सुपरिचित ड़ा श्रेष्ठ क्यान्सर सम्बन्धि वक्ता, क्यान्सर सम्बन्धि कार्यक्रमको आयोजक, अन्वेषक र संस्थापकको रूपमा असंख्य क्यान्सर गतिविधिहरूमा संलग्न हुनुहुन्छ । नेपालमा क्यान्सर निवारणका लागि साहसी र दूरदर्शी व्यक्तित्व साबित गरिसक्नुभएका ड़ा श्रेष्ठ कुनै पनि नेपालीले क्यान्सर उपचारको निम्ति भारत र अन्य मुलुकमा भौतारिन नपरोस , नेपालमै सबै प्रकारको सर्बसुलभ उपचार सम्भब होस् भन्ने मान्यताबाट नेपाल क्यान्सर हस्पिटलको स्थापना भएको बताउनुहुन्छ । नेपालीको क्यान्सरको उपचार गर्न देशको राष्ट्रिय स्वास्थ्य नीति अन्तर्गत राष्ट्रिय स्वास्थ्य बीमाले क्यान्सर उपचारलाई पनि समेट्नु पर्ने धारणा राख्नुहुन्छ ।
अस्पतालको कर्मचारीहरुको तर्फबाट उहाँको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि तथा थप कीर्तिमय जिबनको लागि शुभकामना दिदै उहाको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै " र "उत्कृष्टता संग हेरचाह "ले साकार एबम सफल रुप लिन सकोस भनी इश्वरसंग प्रार्थना गर्दछौ ।
---नेपाल क्यान्सर हस्पिटल परिवार
Dr. Sudip Shrestha (
Sudip Shrestha
), the Executive Chairman of Nepal Cancer Hospital & Research Center (NCHRC) is a visionary and a pioneer in the field of oncology in Nepal. His “dream project” of a comprehensive cancer hospital in Nepal that provides quality cancer care was realized in 2015, when NCHRC was established under his leadership as Executive Chairman.
Before NCHRC, Dr. Shrestha worked as Medical Director and HOD of Bhaktapur Cancer Hospital, helping establish and run this important public hospital, and also played an instrumental role in establishing the Om Cancer Care Centre, the dedicated cancer care wing of a popular private hospital in Nepal. His passion for comprehensive cancer care has led him to envision and set up many organizations dedicated to academic, palliative or other aspects of cancer care. As founding president, he provided the vision and energy for the establishment of Nepalese Association of Palliative Care (NAPCare 2009) and the Nepal Cancer Support group (NCSG 2009). He is also a founder member of Om Health Foundation, a voluntary organization to help poor patients.
As the country’s leading expert on cancer, he has been involved in numerous cancer activities as speaker, teacher, organizer, researcher, or founder. Dr. Shrestha continues being bold and visionary in tackling cancer in Nepal, and wants to help make cancer treatment and control a part of the country’s national health policy, and help cover cancer patients under a national health insurance policy.
we are delighted to express our heartfelt wishes and feel proud to celebrate birthday of our Executive Chairman of Nepal Cancer Hospital and Research Center (NCHRC) Dr. Sudip Shrestha (
Dr Sudip Shrestha Senior Medical Oncologist
) to wish him on this special day life to be filled with warmth of sunshine, happiness of smiles, sounds of laughter, good cheers and sound health. Also wishing him for grand success on his dream project for a "comprehensive cancer hospital in Nepal " , & " Nepalese cancer treatment in Nepal itself “
---Nepal cancer Hospital family

Monday, January 25, 2021

ड़ा सचिन शाक्य ( Sachin Shakya)लाइ जन्म दिनको अबसरमा सु-स्वास्थ्य , दिर्घायु र प्रगतिको असीम शुभकामना ब्यक्त गर्दछौ ।

 यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (

Nepal Cancer Hospital & Research Center

)मा मेडिकल अन्कोलोजी विभागमा सेवारत कन्सल्टेन्ट (Consultant Medical oncology) ड़ा सचिन शाक्य (

Sachin Shakya
)लाइ जन्म दिनको अबसरमा सु-स्वास्थ्य , दिर्घायु र प्रगतिको असीम शुभकामना ब्यक्त गर्दछौ ।
Dr. Sachin Shakya is a cancer specialist on a mission to deliver highest quality and advanced oncology care in a supportive and compassionate environment to all his patients. He is also interested in preventive and palliative oncology. His work has been published in national and international journals and is a member of the American Society of Clinical Oncology (ASCO), European Society for Medical Oncology (ESMO), SAARC Federation of Oncologist Nepal (SFON), Nepalese Association of Palliative Care (NAP-Care) and Board Member of Nepal Cancer Support Group (NCSG). He holds an MD post graduate degree in Medical Oncology from Peoples Friendship University, Moscow, Russia. At present he coordinates the Department of Medical Oncology at Nepal Cancer Hospital and Research Centre..
we wish him best wishes for happiness, prosperity, good health, progress and longevity on his birthday occasion.
भवतु मंगलम जन्मदिनम् विजयीभव सर्वदा डा. सचिन शाक्य

Sunday, January 24, 2021

छन्द कबिता पाठशाला

 छन्द कबिता पाठशाला 

https://www.youtube.com/watch?fbclid=IwAR2V3_tX0QK5Yw1OKRAqxOa-D43my9LQqDq4YQBGdkFu-F8YmZ8NP4aURnQ&v=7mF1QQcYpg0&feature=youtu.be


नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको दोश्रो बार्षिकोत्सब सम्पन्न :

 नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको दोश्रो बार्षिकोत्सब सम्पन्न :

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो  स्थापनाको दुई वर्ष पुरा गरेको छ ।अस्पतालले दुई वर्ष पुरा गरेको अवसरमा आज  दोस्रो बार्सिकोत्सब भब्य रुपले सम्पन्न गरेको छ । “नेपालीको क्यान्सरको उपचार नेपालमा नै“ र “उत्कृष्ट हेरचाह र उपचार”  भन्ने मूल नारा लिएर  क्यान्सर बिरामीहरुलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरुसँग सामना गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको थियो। ललितपुरको हरिसिद्धमा रहेको यो रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित  क्यान्सरका सबै सेवाहरु एकै छानामुनि  उपलब्ध गराउने नेपालकै  पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल पनि  हो ।


क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई  निर्मूल पार्ने उद्देश्यले हस्पिटलले आफ्ना कार्यक्रमहरु संचालन गर्दै जुनसुकै क्यान्सर रोगको उपचार पनि  नेपालमै गर्न सकिने  क्षमता बनाएको छ । आजको समारोहमा  अस्पतालबाटै प्रकाशित हुने स्वास्थ्य पत्रिका “आशा“ को तेश्रो  अंकको लोकार्पण गरिएको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य कार्यकारी अध्यक्ष तथा बरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन कार्यकारी निर्देशक डा बिजेश राज घिमिरेले गर्नु भएको थियो ।
सो समारोहमा उत्कृष्ट सेबा प्रदान गर्ने कर्मचारीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
क्यान्सर आफैंमा एक चुनौतिपूर्ण रोग भएपनि यसको पहिचान समयमै हुन सक्यो भने सम्पूर्ण रुपमा निको पार्न सकिने भएकाले अस्पतालमा क्यान्सर रोग पत्ता लगाउने विभिन्न प्रबिधिहरु पनि भएको अस्पतालले जनाएको छ ।

Tuesday, January 19, 2021

गीत गायन र नृत्य प्रतियोगीता

 नेपाल क्यान्सर हस्पिटलले आफ्नो दोस्रो बार्षिकोत्सबको पूर्ब सन्ध्यामा आज गीत गायन र नृत्य प्रतियोगीताको आयोजना गरेको थियो ।

भनिन्छ, छन्द वा लयमा मिलाएर गाउन वा गुन्गुनाउन सकिने साहित्य नै गीत हो।अनि संगीत चाही गीतलाई लय र कर्णप्रिय बनाउने साधक हो ।यो गीत र संगीतको संयोजनमा तालमा ताल मिलाएर शरीरको चाललाई हु-बहु व्यक्त गर्ने कला नै नृत्य हो ।
आज हस्पिटलको सभाकक्षमा गीत, संगीत र नृत्यको अपुर्ब संगम र अति रमाइलो पललाई फेसबुकको भित्तामा उतार्दै

Tuesday, January 12, 2021

परदेशीलाई बिरानो दशैं

 



आज मेरो शब्द र आवाजका जादुगर, चर्चित कवि , कुशल प्राध्यापक एवम् आदरणीय गुरु शिव त्रिपाठीद्वारा वाचित "परदेशीलाई बिरानो दशैं " झ्याउरे छन्दको कबिता सुन्दा आफैलाई अति आनन्द आयो। हजुरलाई कस्तो अनुभूति भयो , प्रतिक्रिया पाउ है !:
"परदेशीलाई बिरानो दशैं "
सयपत्री गोदाबरी पाखाभरी ढाके होलान !
मखमली मालतीले मीठो सुबास साटे होलान !!
शरदको बिहानीमा सुनौलो त्यो रबी संगै !
सफा आकाश,चिसो बतास धर्तीसंगै रम्दै होलान !!
-------एक --------------------------------------
बर्षभरी घामपानीले सेकिएका भित्ताहरु !
रातोमाटो कमेरोले रंगिएर पोते होलान !!
झरी,बादल,हुरी,बतास झेलेका ती छानाहरू !
पौरखीका हातहरुले मिलाएर छाए होलान !!
--------------दुई ---------------------------------
आकाशको मार्गबाट बादलभित्र यानहरुमा !
हुइकिदै राजधानीको हवाईअड्डा झर्दै होलान !!
सुपर् कोचको बहानीमा गोरखपुर र रक्सौलमा !
आयो दशैं ,आयो भैरे भन्दै लाहुरे गुड्दै होलान !!
--------तीन ------------------------------------------
बतासेको लिङ्गे पिङ्ग ,मच्चाएर आकासिदै !
बाबा तिमी कतिखेर छोरो बाटो हेर्दै होलान !!
घुडामाथि च्युडो राखी परेलीलाई भिजाएर !
असी बर्षे बूढी आमा आँगनीमा कुर्दै होलिन !!
------चार ----------- ------------------
कालिको मन्दिरमा दुर्गा सप्तम पाठ गर्दै !
मनोहरी दुर्गाहरी महाकाली भन्दै होलान !!
सापकोटाको बारीमाथि सार्की मैदान टाकुरामा !
बाटो खन्न उर्दी लाउदै कटुवाल बा बक्दै होलान !!
---------पाँच-------------
पिङ्ग चढ्दा धर्ती बोझ कम हुन्छ भन्दै भन्दै !
थोते बूढो थोती बूढी पिङ्गमाथि चड्दै होलान !!
जख्खड जख्खड खसीबोका तान्दै मेरा संगीहरु !
लाहुरे छुट्यो यसपाली त् भन्दै तास खेल्दै होलान !
----------------छ---------------------------------------
मेरो जस्तै कर्म फुट्ने अभागी ती युवाहरु !
बिरानोमा आँशु पुछ्दै दशैं गीत लेख्दै होलान !
परदेशी बिरानोमा दशैं सम्झी गजल लेख्दै !
बिद्धुतीय संजाल र छापाहरुमा छाप्दै होलान !!
------सात ---------------------------
(समाप्त )
श्रष्टा : ई. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल , ललितपुर नेपाल
(रचना मिति : सन् २०१५ अष्टमीको रात , कोलोम्बो श्रीलंका )

 यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center )मा  डायग्नोस्टिक तथा  रेडियोलोजी विभागमा सेवारत बरिष्ठ कन्सल्टेन्ट (Consultant Diagnostic and Interventional Radiology) ड़ा अमृत कोइराला  (अमृत कोइराला  )लाइ जन्म दिनको अबसरमा सु-स्वास्थ्य , दिर्घायु र प्रगतिको असीम शुभकामना ब्यक्त गर्दछौ । 


Dr. Amrit koirala, Consultant Diagnostic and Interventional Radiologist, NCHRC is a renowned personality in the field of Interventional Radiology in Nepal. After completing his MBBS from Kathmandu Medical College as a gold medalist, he joined University of Santo Tomas Hospital, Manila as a radiology resident and completed Board certification from Philippine College of Radiology. He further completed a yearlong fellowship training in Interventional Radiology from Siriraj Hospital in Bangkok. He has participated and delivered presentations in various national and international radiology conferences and also serves as a reviewer for Korean Journal of Radiology and Journal of Ultrasound in Medicine. He is currently the general secretary for the Nepalese Society of Vascular and Interventional Radiology.

  we wish him best wishes for happiness, prosperity, good health, progress and longevity on his birthday occasion.

भवतु मंगलम जन्मदिनम् विजयीभव सर्वदा Dr. Amrit koirala