Tuesday, January 12, 2021

परदेशीलाई बिरानो दशैं

 



आज मेरो शब्द र आवाजका जादुगर, चर्चित कवि , कुशल प्राध्यापक एवम् आदरणीय गुरु शिव त्रिपाठीद्वारा वाचित "परदेशीलाई बिरानो दशैं " झ्याउरे छन्दको कबिता सुन्दा आफैलाई अति आनन्द आयो। हजुरलाई कस्तो अनुभूति भयो , प्रतिक्रिया पाउ है !:
"परदेशीलाई बिरानो दशैं "
सयपत्री गोदाबरी पाखाभरी ढाके होलान !
मखमली मालतीले मीठो सुबास साटे होलान !!
शरदको बिहानीमा सुनौलो त्यो रबी संगै !
सफा आकाश,चिसो बतास धर्तीसंगै रम्दै होलान !!
-------एक --------------------------------------
बर्षभरी घामपानीले सेकिएका भित्ताहरु !
रातोमाटो कमेरोले रंगिएर पोते होलान !!
झरी,बादल,हुरी,बतास झेलेका ती छानाहरू !
पौरखीका हातहरुले मिलाएर छाए होलान !!
--------------दुई ---------------------------------
आकाशको मार्गबाट बादलभित्र यानहरुमा !
हुइकिदै राजधानीको हवाईअड्डा झर्दै होलान !!
सुपर् कोचको बहानीमा गोरखपुर र रक्सौलमा !
आयो दशैं ,आयो भैरे भन्दै लाहुरे गुड्दै होलान !!
--------तीन ------------------------------------------
बतासेको लिङ्गे पिङ्ग ,मच्चाएर आकासिदै !
बाबा तिमी कतिखेर छोरो बाटो हेर्दै होलान !!
घुडामाथि च्युडो राखी परेलीलाई भिजाएर !
असी बर्षे बूढी आमा आँगनीमा कुर्दै होलिन !!
------चार ----------- ------------------
कालिको मन्दिरमा दुर्गा सप्तम पाठ गर्दै !
मनोहरी दुर्गाहरी महाकाली भन्दै होलान !!
सापकोटाको बारीमाथि सार्की मैदान टाकुरामा !
बाटो खन्न उर्दी लाउदै कटुवाल बा बक्दै होलान !!
---------पाँच-------------
पिङ्ग चढ्दा धर्ती बोझ कम हुन्छ भन्दै भन्दै !
थोते बूढो थोती बूढी पिङ्गमाथि चड्दै होलान !!
जख्खड जख्खड खसीबोका तान्दै मेरा संगीहरु !
लाहुरे छुट्यो यसपाली त् भन्दै तास खेल्दै होलान !
----------------छ---------------------------------------
मेरो जस्तै कर्म फुट्ने अभागी ती युवाहरु !
बिरानोमा आँशु पुछ्दै दशैं गीत लेख्दै होलान !
परदेशी बिरानोमा दशैं सम्झी गजल लेख्दै !
बिद्धुतीय संजाल र छापाहरुमा छाप्दै होलान !!
------सात ---------------------------
(समाप्त )
श्रष्टा : ई. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल , ललितपुर नेपाल
(रचना मिति : सन् २०१५ अष्टमीको रात , कोलोम्बो श्रीलंका )

 यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center )मा  डायग्नोस्टिक तथा  रेडियोलोजी विभागमा सेवारत बरिष्ठ कन्सल्टेन्ट (Consultant Diagnostic and Interventional Radiology) ड़ा अमृत कोइराला  (अमृत कोइराला  )लाइ जन्म दिनको अबसरमा सु-स्वास्थ्य , दिर्घायु र प्रगतिको असीम शुभकामना ब्यक्त गर्दछौ । 


Dr. Amrit koirala, Consultant Diagnostic and Interventional Radiologist, NCHRC is a renowned personality in the field of Interventional Radiology in Nepal. After completing his MBBS from Kathmandu Medical College as a gold medalist, he joined University of Santo Tomas Hospital, Manila as a radiology resident and completed Board certification from Philippine College of Radiology. He further completed a yearlong fellowship training in Interventional Radiology from Siriraj Hospital in Bangkok. He has participated and delivered presentations in various national and international radiology conferences and also serves as a reviewer for Korean Journal of Radiology and Journal of Ultrasound in Medicine. He is currently the general secretary for the Nepalese Society of Vascular and Interventional Radiology.

  we wish him best wishes for happiness, prosperity, good health, progress and longevity on his birthday occasion.

भवतु मंगलम जन्मदिनम् विजयीभव सर्वदा Dr. Amrit koirala

Wednesday, December 30, 2020

“नब बर्ष तिमीलाई शुभकामना छ "

 “नब बर्ष तिमीलाई शुभकामना छ "

नया आशाका किरण लिएर आऊ !
सुख शान्ति सम्वृद्धि ,बिगुल बजाउ !!
स्वर्ण रश्मि भर,तिम्रै प्रतिक्षा छ !
नब बर्ष तिमीलाई शुभकामना छ !!
---------------१------------------------------
संघियतामा सात, प्रदेश विभक्त !
संबिधान नेपाल बनोस सशक्त !!
अघोषित बन्द छिट्टै खुलनेछ !
नब बर्ष तिमीलाई शुभकामना छ !!
--------------------२----------------
गरी यज्ञ शान्ति पाओस,आरती ताप !
मधेश पहाड छाओस मेलमिलाप !!
संजीवनी शान्तिको,हवन हुनेछ !
नब बर्ष तिमीलाई शुभकामना छ !!
-----------------३-------------------------
भूकम्प प्रलय अब ,सदा रोकिनेछ !
फाटेको धर्ती पनि ,पुन: जोडिनेछ !!
घरबार बिहीन ,पुनर्निर्माण हुनेछ !
नब बर्ष तिमीलाई शुभकामना छ !!
-------------------४----------------------
ढलेन पशुपती, रह्यो अटल !
पग्लेन हिमाल भएन बिचल !!
धरहरा अर्को पुन: अग्लिनेछ !
नब बर्ष तिमीलाई शुभकामना छ !!
--------५-----------------------------------
----------(समाप्त )--------------

Saturday, December 26, 2020

इञ्जिनियरका गीत : कर्म र मन बेग्लाबेग्लै

 

http://cloudpatrika.com/41286?fbclid=IwAR1Bhnbmkfv9hQj7AJg0oZ8g9ZMl2d45Idyg831kP9SRIFpniWv5BMHwm3Uरक्षा रेग्मी

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङ ! धेरैलाई यो नाम नौलो त छ नै, निरस पनि । इलेक्ट्रोनिक्स सुन्नासाथ झट्ट जटिल प्रकारका विद्युतीय सामग्रीको झल्को आउँछ । अझ त्यसमा कम्युनिकेशन इञ्जिनियरिङ । सेमिकण्डक्टर र डायोडजस्ता आममानिसलाई अनौठो लाग्ने सामग्रीसँग खेल्न र सञ्चार डिजाइन गर्न सिकाउने विधा ।

यस्ता विधामा लागेका मानिसको ध्यान र विचार पनि यान्त्रिक हुँदो हो, उठ्दावस्दा पनि मस्तिष्कमा इलेक्ट्रोनिक सर्किटको ढाँचा बन्दो हो । अनि कविता र गीतसँग त उनीहरुको साइनो पनि हुन्न होला !

होइन रहेछ, कर्म यान्त्रिक भए पनि मन भने यान्त्रिक हुन मान्दो रहेनछ । मन त निस्फिक्रीसँग उड्दो रहेछ अनि आफुले चाहेको कुरामा टक्क अडिने रहेछ । त्यसैले होला , इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियर आनन्दराज खनालको मन गीत कवितामा लहसिएको । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक उनले लेखेका गीतले अवार्ड समेत दिलाइसकेका छन् ।

अत्याधुनिक प्रविधिको क्षेत्रमा दशकौं विताइसकेको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय मन्चमा सूूचना प्रविधिका बारेमा घण्टौं गम्भीर बहस गर्न सक्ने व्यक्तिबाट प्रेममा चुर्लुम्म डुबेको भावसहितका गीत सृजना हुँदा उनकै दौंतरीहरुले समेत आश्चर्यले जिब्रो टोकेका छन् । काम पो प्रविधि हो, मन कहाँ प्राविधिक हुन्छ र ? नत्र त संसारका आधा मानिसहरु रोबोट भएर घुमिरहेका हुने थिए ।

अचानक जागेको रुची

खनालले जीवनमा गीत वा कविता लेख्न सक्छुभन्ने कल्पना पनि गरेका थिएनन् । नत गीत लेखनमा रुची नै थियो । करीब चार वर्ष प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पुगेका बेला उनको आँखा साहित्यकार कृष्णहरि बरालको पुस्तकमा पुग्यो । त्यो पुस्तकमा बरालले गीत लेख्ने तरिका सिकाएका थिए । कौतुहलताबश उनले त्यो पुस्तक किनेर घरमा ल्याए र अध्ययन थाले ।

नयाँ पुराना गीत सुन्ने गुन्गुनाउने त गर्थें तर ती गीतको संरचना, लय आदिमा कहिल्यै ध्यान गएको थिएन । तर बरालको किताब पढे पछि एक्कासी म पनि गीत लेख्न सक्छु भन्ने लाग्यो र दुई चार हरफ कोरिहालें, खनालले आफ्नो उत्साह अभिव्यक्त गरे ।

आफूले लेखेका रचनाउनले चिनजानका एकसंगीतकारलाई देखाए । अनि जन्मियो –‘तिमीलाई मन पराएँ’ । तर उनको त्यो ‘मेडन’ प्रयासले रेकर्ड भएर बजारमा पुगेपछि नसोचेको प्रतिक्रिया पायो । लौ राम्रो गीत लेखिछस् भन्ने धेरै भए । श्रोताले गीत मन पराए । मलाई लाग्यो मेरा शब्दलाई संगीतमय बनाउन त सकिंदो रैछ । त्यसपछी म फर्किन, अघि बढींरहें, उनले हौसिंदै सुनाए ।

त्यसअघि लामो समयदेखी विभिन्न पत्रपत्रिकामा खनालका लेख रचना छापिइरहन्थे ।साहित्य सिर्जना कुनै विशेष विषयको अध्ययन गरेका वा क्षेत्रमा लागेका मानिसहरुको मात्र होइन, विचारलाई नयाँ स्वरुपमा व्यक्त गर्न सक्ने जोकोहीले पनि नयाँ सिर्जना गर्न सक्छन् ।

जो सँग शब्दसँग खेल्न सक्ने खुबी छ र त्यसलाई आकार दिने चाहना छ, साहित्य उसका लागिउर्वर भुमी हो, खनाल भन्छन् । उनका अनुसार साहित्य सिर्जनाको एउटा असाध्यै राम्रो पक्ष छ – यसका लागि अन्य प्राविधिक विषयमा जस्तो लेख्नका लागि लामो अनुसन्धान तथा धेरै साधनस्रोतको आवश्यकता पर्दैन । बस्, इच्छाशक्ति हुनुपर्‍यो भावनाले त बाटो खोजीहाल्छ नि !

प्रविधि र साहित्य

जुन विधामा आफनो दक्षता छ त्यसको असर साहित्यमा देखिनसक्छ वा त्यसलाई बेवास्ता गरेर र अन्य विषयवस्तुलाई अंगालेर पनि साहित्य सृजना गर्न सकिन्छ । विज्ञान र प्रविधिको ज्ञान भएका मानिसहरुले साइन्स फिक्सनजस्ता विधामा कलम चलाउन सक्छन् ।

तर, खनालको विचारमा भने प्रविधिसँग साहित्यको कुनै साइनो छैन । ‘यद्यपि मेरो अर्को रुचीको क्षेत्र अध्यात्ममा भने प्रविधि प्रतिविम्बित हुन्छ,’ साहित्य रचनासँगै अध्यात्ममा समेत डुबेका उनले भने ।

उनी अरुबाट सजिलै प्रभावित हुने मान्छे होइनन् । आफूलाई एकदम अप्ठ्यारो मान्छे ठान्छन् उनी । आफ्नै विधा वा साहित्य, राजनीती र अध्यात्ममाधेरै कम मान्छेले मात्र उनलाई प्रभावित पारेका छन् ।

तर बरालको पुस्तकले भने उनलाई गीत लेखनमा मार्गनिर्देशन राम्रैसँग गर्‍यो । ‘मैले वहाँलाई प्रत्यक्ष नभेटे पनी उहाँले मलाई गीत लेखनमा मार्गदर्शन गर्नुभएको छ । त्यसैले मैले उहाँलाई गीतलेखनको गुरु मानेको छु,’ उनी भन्छन् । तर उनी कसैको गीत वा कविता लेखनबाट प्रभावित भएर सिर्जनामा लागेका भने होइनन् ।

खासमा उनी लेखनमा खगेन्द्र संग्रौलाको लेखन शैलीका फ्यान हुन् । संग्रौलाको शब्द चयन र भाषिक प्रस्तुतिले उनलाई बेसरी आकर्षित गरेको हो । संग्रौलाले शब्द चयन कसरी गर्नुहुन्छ भन्ने जान्न म उहाँलाई पढ्थें । त्यस्तै छोटो मिठो वाक्यका लागी नारायण वाग्लेको पुस्तक तथा लेख मलाई मन पथ्र्यो ।

उनलाई मनपर्ने अन्य लेखकमा अन्तरमनको यात्रा, सककका लेखक जगदीश घिमिरे हुन् । दर्शनलाई साहित्यमा मिसाउने घिमिरेको शैली प्रभावकारी मान्छन् उनी । ‘तर वहाँहरुको लेखनबाट प्रभावित भएको चैं भन्न मिल्दैन । म आफ्नो क्षेत्रप्रविधिमा पनी अरुको केही नहेरी लेख्छु, उनले भने ।

तर पाँच दशकको अवधिमा उनले पढेका अनेकौं विधा र शैलीले उनको अनुभव र विचारलाई प्रभावित गरेको हुनसक्ने भने उनी स्वीकार्छन् । ५० बर्ष मैले यती धेरै पढें, अनुभव गरें किअव म अरुबाट प्रभावित हुनै पर्छ जस्तो लाग्दैन ।

मलाई लाग्छ साहित्यमा कसैबाट प्रभाबित हुन जरुरी छैन, खनाल भन्छन् । स्वतन्त्र भएर आफ्नै तरिकाले लेख्छु। प्राज्ञिक लेख्ने भए प्रभावित हुनु पर्ने पनी हुन्थ्यो होला । पेशागत विषयसँग सम्बन्धित विभिन्न नीतिनियम तथा प्रतिवेदनहरु पनि उनको अध्ययन प्राथमिकतामा पर्छन् । अध्यात्ममा उनको रुची बढ्दै गएकाले उनीसँग अनेकौं अध्यात्मिक पुस्तकहरुको संग्रह छ ।

सृजनाको साइत

उनका लागि सृजनामाव्यस्त छु भन्नु अहंकार मात्र हो ।सृजना गर्न निश्चित समय वा स्थान नचाहिने उनको धारणा छ । साहित्य त जस्तो अवस्थामा जहिले पनि रचना गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय सभा सम्मेलन, बैठकमा सहभागी हुँदा, साथीहरु तथा नयाँ मान्छे भेट्दा मनमा अनेकौ विचार खेल्छ । इन्द्रियहरुले पन अनेकौं सूचना लिन्छन् । अनिनयाँ रचना फुर्छ ।

‘मेरो त सृजना फुर्ने नै बाहिर हिंड्दाहो,’ उनी सुनाउँछन् ‘मेरा जति पनि गीत छन् मर्निङ वाकबाट फर्केपछि नुहाउनुअघि सृजना भएका हुन्,।’म नियमित मर्निङ वाक जान्छु, त्यहाँ अनेकौं मान्छे भेट्छु, उनीहरुका कुरा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सुन्छु।सुनेका कुरालाई मनन गरेर प्लट बनाउँदै लेख्छुु । कहीलेकाँहीभने उनी राती १२ बजे उठेर पनि गीत लेख्ने गरेका छन् ।

कृष्ण मेरी प्रेमिका

प्रेमिल सृजनाका सर्जक उनी आफूभने भौतिक प्रेममा विश्वास राख्दैनन् । त्यसो त प्रेम विनाको जीवन चल्छ भन्न उनको मनले दिंदैन । ‘ममा प्रेम छैन वा प्रेमबाट प्रभावित छैन भनेर कसरी भन्न सक्छु र ?प्रेम छ तर म व्यक्तिको प्रेममा विश्वास राख्दिन ।’

अध्यात्ममा चुर्लुम्म डुवेका उनले प्रेम गर्छन् तर भगवानलाई । अध्यात्ममा ध्यान गर्दा कुनै कुरालाई प्रतिक बनाइन्छ जुन भगवानको सवैभन्दा नजिकको हुन्छ । उनले कृष्णलाई प्रतिक बनाउने गरेका छन् ।

कृष्णको नाम लिएपछि डर लाग्दैन, शक्ति आउँछ, भक्तिश्रद्धाको भाव आउँछ । ‘मैले लौकिक गीत लेख्छु त्यसमा कृष्णको नाम राख्दा मजा आउँदैन । त्यसैले गीतमा मैले कृष्णलाई प्रेमिका बनाउँछु । मैले तिमीलाई मन पराएँभनेर भजन नै लेखेको थिएँ । पछि गीत बन्यो,’ उनी सुनाउँछन् ।

लौकिक जीवनमा कसैलाई मन पराएर उसमा हराउन सम्भव हुदैन । आफुुलाई त्यसमा विलय गर्ने भन्ने कुरे सम्भव छैन । मानवीय प्रेममा विश्वास छैन उनको । मान्छेले गर्ने प्रेममा स्वार्थ हुन्छ । प्रेमको मेरो आफ्नै परिभाषा छ । स्वार्थ विनाको प्रेम छैन । भगवानले मानिसलाई गर्ने प्रेम बाहे सबै स्वार्थ हुुन्छ । नित्य निरन्तर अनन्त हुनपर्छ प्रेम – खनाल यसो भन्छन् ।

गीतियात्राको लय

दुई सयभन्दा बढी गीत सृजना गरेका उनको गीतलेखनको पहिलो खुड्किलो ‘तिमीलाई मन पराएँ’ हो । आशीष अविरलले संगीत दिएको सो गीत सफल भएसँगै उनको गीति यात्राले लय समातेको हो । गीति सृजना यात्रा शुरु भएको दोस्रो वर्षमै उनको सिर्जना ‘मनै लोभ्याउने’का लागि गायिका बानिका प्रधानले विन्दबासिनी म्युजिक अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड हात पारिन् ।

त्यस्तै आशीष अविरलले ‘संझनामा नआउ तिमी’का लागि उत्कृष्ट आधुनिक संगीतकारको अवार्ड थापे भने सोही गीतका लागि गत वर्ष नै गायिका संगीता राना प्रधानले रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड जितिन् ।

मलाई पुरस्कारले आफैमाथी विश्वास भयो । मैले लेखेका गीत राम्रो स्तरीय नै रैछ भन्ने लाग्यो । अव बनाउँदा यो स्तर कायम गरेर बनाउन पर्छ भन्ने अनुभव भयो, उनी भन्छन् ।

मेरी आमा (संगीत र आवाज चण्डीप्रसाद काफ्ले), कस्तो रहेछ तिम्रो मन (संगीत तथा आवाज मनोज सिवाकोटी) र तिमीविनाको लामो बाटो (संगीत दीपक जंगम, आवाज निशा देसार र अजर जंगम) लगायतका गीत छिट्टै आउँदैछन् ।

तनहुँको दमौलीमा जन्मिएका खनालले इलेक्ट्रोनिक्स कम्युनिकेशन इञ्जिनियरिङमा स्नातकसँगै अप्टिकल इञ्जिनियरिङमा स्नातकोत्तर र एलएलबीसमेत गरेका छन् । सन् २०१४ मा अन्तरराष्ट्रिय दूरसञ्चार संघको विकास व्युरोअन्तर्गतको अध्ययन समूहको उपाध्यक्ष चुनिएका उनी सन् २०१४ मा सो पदमा पुनः छानिएका छन् । गत वर्ष संयुक्त राष्ट्र संघका महासचिवले उनलाई इन्टरनेट गभर्नेन्स फोरमको बहुसरोकारवाला समूहको सदस्यमा नियुक्त गरेका छन् ।

Tuesday, December 22, 2020

श्रीमती स्वरुपा श्रेष्ठ Sworupa Shrestha ज्यु को जन्मदिन मनाउदै ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर Nepal Cancer Hospital & Research Center )की सह-संस्थापक/ निर्देशक, श्रीदीप ग्रुपकि महिला अध्यक्ष, नेपालको निजी स्वास्थ्य संस्था (Association of private health institution of Nepal. APHIN) कि कोषाध्यक्ष, नेपाल क्यान्सर सपोर्ट ग्रुप Nepal Cancer Support Group -NCSG की उपाध्यक्ष, उपचारका लागि सहयोगी हातहरु Upacharko Lagi Sahayogi Haatharu संस्थाकी संस्थापक अध्यक्ष एबम बिबिध सामाजिक संघ सस्थामा आबद्ध समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठ Sworupa Shrestha ज्यु को जन्मदिन मनाउदै ।
हजुरलाई शुभजन्मोत्सवको उपलक्ष्यमा माङ्गलिक सुखायको कामना गर्दै सुक्ख, समृद्धि, सुस्वास्थ्य, प्रगति र दीर्घायूका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
जीवेत शरद: शतम् शतम् ..
सुदिनं सुदिनं जन्मदिनम्,
भवतु मंगलम जन्मदिनम् विजयीभव सर्वदा,
जन्मदिनस्य हार्दिक शुभेच्छा ।
पश्येम शरद: शतं जीवेम शरद: |
---- नेपाल क्यान्सर हस्पिटल परिवार

Friday, December 18, 2020

कविशिरोमणिमा श्रद्धासुमन

 आज पौष १५ गते अर्थात् १३१ औ लेखनाथ जयन्ती !

यिनै साहित्यिक स्रस्टाको नामबाट गठित नगरपालिका; लेखनाथ नगरपालिका वार्ड नॉ. ६ को म स्थायी बासिन्दा | त्यसमा पनि म लेखनाथ प्रा.बि को पूर्ब विद्यार्थी |
प्रा.बि को प्रांगणमा लेखनाथ जयन्ती धुमधामले मनाईन्थ्यो |लेखनाथका कृतीहरु र जीवनीको बारेमा कबिबर,जनकविकेशरी लगायतका महान महान हस्तीहरुले मुक्तकण्ठले प्रशंशा गर्थे | हामी प्रा.बि का छात्रछात्राहरु जयन्तीलाई ध्यानपुर्बक अबलोकन गर्नेगर्थौँ | त्यही प्रा.बि. स्कूलको छात्र अहिले म बिध्याबरधिको शोधकर्ता छु र अर्चलेबाट टाढा छु |
तैपनि लेखनाथ जयन्तीमा भावनाका शब्दहरु कवितामा अर्पण गर्दैछु :
"कविशिरोमणिमा श्रद्धासुमन "
नेपाली शीतला हिमाली थलका, अर्चलेको गाउमा !
जन्मे एक प्रतिभा पुष पन्ध्रमा,बसुन्धरा कोखमा!!
पिता थे दुर्गादत्त पण्डित महान ,गुरु दधिरामजी !
संस्कृत भाषा अब्बल अध्ययन,आध्यात्मिक पारखी !!
-------------१--------------------------------------------------
नेपाली साहित्य सृजना जगका,अद्भुत छन्द कबि !
काब्यसागरका महान शिल्पकार,पध्य उषाका रबि !!
संस्कृत विधाका कालिदास भने झैँ हाम्रो विधाका तिमी !
भर्यौ काब्य महा र खण्ड भरिका साहित्यका ढिकुटी !!
------------२------------------------------------------------
झुक्नु फलेको वृक्ष हुन्छ जसरी,भलाईको खातिर !
हुन्न समुन्नत एकाध सबको ,सूर्यगती साक्षी छ !!
सुँगा त्यो पिजारा मुनिबाट भनी कस्तो कहानी दियौ !
काल त्यो अकाट्य कालमहिमा सिर्जित गरिदियौ !!
--------------३------------------------------------
नेपाली साहित्य नबोदित चरण,बामे सरेको सरी !
सुम्प्यौ बुद्दिबिनोद,कलिसंपदा, सुन्दर गीतान्जली !!
तिर्यौ समष्ट साहित्य नेपाली,जननीको त्यो गुण !
प्रजाऔ राजाको सम्मान तिमीलाई शिरोमणि भुषण !!
-------४---------------------------------------
त्याग्यौ तिमीले देह धरती,शिवरात्री पुण्ड दिन !
किन्तु तिमी अमर रहनेछौ साहित्यका रतन !!
पढ्छौ तिमरा अमर सृजना ,साहित्यका काब्य ती !
श्रद्दा सुमन अर्पण गर्दछौ ,मनाउदै जयन्ती !!
----------५-----------------------------------------
(समाप्त)






Sunday, November 1, 2020

कथा "सानीको भाइ टिका"

 कथा "सानीको भाइ टिका"

Tamang Tamang Tamang
November 1, 2012  1 min read 
Shared with Tamang's friends and friends of anyone tagged
Friends
प्रत्येक वर्ष जस्तै सानी यो बर्ष पनि बाटो वरीपरी उम्रेका सयपत्री र मखमलीको बिरुवाहरु जम्मा गरेर आगनिको डील वरीपरी रोप्छिन् त्यसलाई सानो सानो सिन्काहरुले बार लगाएर दिनहु बिहान बेलुका पानि हाल्छिन् | दिनभरी साथीहरु सँग खेल्न नै बेस्त हुन्थिन भने बिहान बेलुका त्यही बिरुवाको छेउमा बसेर हेरिरहन्थिन | जब भाइटिका आउथ्यो त्यही फूलको माला धागोमा लहरै उनेर दाजुहरुलाई सप्तरंगी टिका सँगै माला पनि लगाईदिन्थी | दूई दाजु सँग भाइटिका लगाउन पाउदा सानी धेरै खुसी हुन्थी र दाजुहरुले पनि सानीको निधारमा सप्तरङ्गी टिका लगाई दिन्थ्यो |   सानीको परिवार सानो थियो खुसी थियो बाबा इन्डिया लाहुरे भर्ति थियो भने आमा घर चुलो चौको गर्थिन | सानिकी आमाले दूई छोरा र एक छोरीको जन्म दिएकी थी | त्यस मध्ये सानी सबै भन्दा कान्छी थिइन् | त्यसैले सबैले माया गरेर सानी भनेर बोलाउथ्यो उन्लाई | दूई दाजु र आमा बाबाको मायामा हुर्केकी सानी अलि जिद्दी थिइन् सानीले भनेको सबै पुराउनै पर्थ्यो | सानी ७ बर्षकी थिइन्  भने सानीको ठुलो दाजुहरु ९ बर्सको र ११ बर्सको थियो | अचानक सानीको ठुलो दाजु धेरै बिरामी पर्छ उपचार गर्दा गर्दै उस्को मृतु हस्पिटलमा हुन्छ सानी र उन्को परिवार धेरै दुखि हुन्छ दाजु बितेको १ बर्ष नबित्दै फेरी आमा बिरामी पर्छिन् र आमाको पनि मृतु हुन्छ | सानी भर्खर ८ वर्ष पुगेकी थिइन् भने माइलो दाजु १० बर्षको आमा बिते पछी सानी र सानीको दाजु मात्र घरमा भयो बाबा इन्डियाको लाहुरे भएको हुदा छोडेर इन्डिया तिर जानु भयो | केही दिन सम्म त सानी र उन्को दाजुले घरमा बचेको  खानाहरु खाएर बस्यो |किताब च्याप्ने हातले कुटु कोदालो समात्न बाध्य भयो सानीको दाजु  ... जहाँ जान्थ्यो सानीलाई सँगै लिएर जान्थ्यो कहीले पनि एक्लो छोड्दैन थियो |   अब त गाउलेका बच्चाहरुले पनि हेप्न थाल्यो दाजुबहिनिलाई | उनीहरुसँग बोल्न पनि कोहि मान्दैन थियो | बाबा आएपछी सबै कुराहरु सुनाउछु भनेर  घरको पिढीमा बसेर बाटो हेरिरहन्थ्यो उनीहरु | तर हप्ता ,महिना, वर्ष बित्यो बाबा फर्केर आएन १ बर्ष २ बर्ष गर्दै केही बर्ष पनि बित्यो एउटा लाहुरे गाउको बाटो हुदै घर जादै थियो बाबा संगको पुरानो साथी थियो ऊ | उस्को मुख बाट सुन्छ बाबा त उतै घरजम गरेर बसेको रहेछ | यो कुरा सुनेर सानीको दाइ धेरै रोयो साथमा सानी पनि | अब बाबा फर्किन्छ भन्ने आसा पनि रहेन उनीहरुलाई केवल आफ्नो भाग्यलाई दोष दिदै बस्न थाल्यो | क्रमस...   सानी पनि अब त १२ बर्षको भैसकी आगो फुकेर भात पकाउने जंगल बाट दाउरा घास काटेर ल्याउने मेला पातमा पनि हिड्न सक्ने भैसकेकी थिइ तर गाउलेको तुच्छ सब्दहरु सुनेर भए पनि बाच्नु पर्ने थियो उनीहरुलाई सधै भरी गरीब भनेर हेला गर्थ्यो केही सामान दिनु पर्यो भने पनि टाढा बाट फाली दिन्थ्यो त्यति त कुकुरलाई पनि गर्दैन होला कुकुरलाई भन्दा पनि निच ब्यबहार गर्थ्यो उनीहरुलाई यहिँ कुरा सानीको दाजुले सहन सकेन ऊ सधै भरी यहिँ कुराले न रातमा निदाउन सक्थ्यो न दिनमा खाना राम्रो सँग खान , पैसा कसरी कमाउने भन्ने बारे मात्रै सोची रहन्थ्यो   एक दिन गाउको एउटा छिमेकी बिदेशबाट सुर्केस बोकेर शान सङ्ग आउछ अनि गाउँ भरी बिदेशमा एस्तो हुन्छ उस्तो हुन्छ पैसा पनि कमाइन्छ भन्ने कुरा गरिरहन्थ्यो यहिँ कुरा सानीको दाजुको कानमा पर्छ अनि उस्ले पनि विदेश जाने निर्णय गर्छ तर विदेश जान ऊ सँग पैसा हुदैन त्यसैले विदेश जानको लागी भनी साउ सँग आफ्नो भएको घर जग्गाको लालपुर्जा  गाउको एक धनि व्यक्तिको हातमा छोडेर केही पैसा बोकेर सानीलाई रातमा निदाई रहेको अबस्तामा एक कपीको पन्नामा चिठी लेखेर छोडेर जान्छ |   सानी मलाई माफ गरी देउ गाउलेको हेला मैले सहन सकिन | आमाले पनि हामीलाई छोडेर जानु भयो बाबाले पनि जिउदैमा हामीलाई टुहुरा पार्नु भयो न मैले पढ्न पाए न तिमिलाई पढाउन पाए अब तिमी पनि ठुली हुदै छौ तिमिले पढ्न नपाए पनि तिमिलाई म पैसा कमाएर धनीको घरमा बिहे गरेर पठाउछु | ताकी तिमिले कहीले पनि दु:ख गर्नु पर्दैन अनि गाउमा एउटा छानो हालेर राम्रो घर बनाउछु म विदेश बाट फर्केर आए पछी म सँग धेरै पैसा हुन्छ अनि हामीलाई यो गाउलेहरुले पनि कहीले हेप्दैन | तिमिलाई भनेको भए तिमी रूने थियौ तिम्रो रुवाइले मेरो पाईलाहरु रोकिने थियो  त्यसैले तिमिलाई थाहा नदि म पर्देश हुदै छु यो दाजुलाइ माफ गरी देउ है |   जब सानीको आँखा खुल्छ तब दाइलाई खोज्न थाल्छ तर दाइको चिठी हात पर्छ तर सानिलाइ कहाँ पढ्न आउछ र उनी त्यो चिठी लिएर पल्लो घरको साथीलाई देखाउछ जब उन्ले दाजु घर छोडेर पर्देश हिडेको कुरा थाहा पाउछे डाको छोडेर रुन थाल्छ | दाजु परदेशमा कमाउन गएको छ भन्ने खबर थाहा पाए पछी छिमेकीको काकी पर्नेले यहिँ बस भन्छ ताकी दाजुको पैसा पनि असुल्न पाउने साथै आफ्नो घर खेत बारीको काम पनि सानीलाई लाउने लोभले | सानी पनि एक्लै भएको हुदा त्यही नै बस्छ गधाले जस्तै काम गरेर |   केही महिना पछी दाजुको फोन आउछ कतार बाट सानी म यहाँ राम्रो सँग आइपुगेको छु मेरो चिन्ता नगर्नु सानीले रुदै दाइलाई घरमा  बोलाउछिन् तर दाजुले पैसा कमाएर मात्र घरमा आउने कुरा बताउछ र राम्रो सँग बस भनी फोन काट्छ | बिदेशमा पुगेको दाजुलाई एउटा ग्यास कारखानामा काम दिन्छ तर तलब भने एकदम थोरै त्यही कमाएको पैसाले त्यही नै राम्रो सँग खान पुग्दैन थियो |   फेरी सोच्न थाल्छ मैले कसरी पैसा कमाउने होला भनेर यहिँ क्रममा एउटा दलाल सँग भेट हुन्छ जस्ले चरेस गाजा हिरोइन जस्ता सामानहरु लुकाएर बेच्ने गर्दो रहेछ | तर पैसा भने धेरै कमाइने रहेछ उस्ले पनि त्यही काम गर्ने निर्णय गर्छ र काम सुरु गर्छ सुरु सुरुमा त केही कमाइ राम्रो नै हुन्छ अनि घरमा बहिनीलाई खर्च र साउको ऋण तिर्न भनी पठाउछ | कालो धन्दा न थियो कहा लामो समय सम्म टिक्छ र केही महिना बित्छ उस्लाई रङगे हात पुलिसले समात्छ र सिदै जेलमा हाली दिन्छ |   अब त छुट्ने कुनै उपाए नै छैन उस्लाई १० वर्ष जेल सजाए सुनाउछ र चारै तिर ठुलो ठुलो पर्खालले बारेको कहीले सुर्यको मुख नदेखिने कालो कोठामा दिन गन्दै रुदै आँसु पिउदै बस्छ | सानीको कानमा दाइ जेल परेको खबर पुग्छ तर पनि दाइ आउनु हुन्छ भनेर पर्खेर बस्छे | दशैमा आउनु हुन्छ भनेर पनि निकै बाटो हेर्छिन आउदैन तिहारमा पनि माला उनेर सप्तरंगी टिका थालि भरी सजाएर बस्छिन् तर दाजु नआए पछी दाजुको फोटोमा नै टिकाइ लगाई माला लगाइदिन्छ एसरी ४-५ वर्ष बित्छ तर दाजु फर्केर आउदैन |   सानी पनि अब त ठुली भई सकी १६ वर्ष पुगेर १७ बर्षमा हिन्दै गरेकी हुन्छिन हेर्दा अफ्सरा जस्ती गोरी सुन्दरी लामो कपाल घरबार पनि राम्रो समाल्न आउछ अनि दु:ख पनि धेरै झेली सकेकी दु:ख के हो सुख के हो सबै भोगिसकेकी थिइन् सानीले त्यसैले जो कोहि पनि उन्को पछाडी पर्थ्यो | जुन घरमा सानी बसिरहेकी थिइन् त्यही घरको छोराले सानीलाई मन पराउन थाल्छ र यो कुरा सानीलाई भन्छ म तिमिलाई मन पराउछु र बिहे गर्न चाहन्छु तर सानी दाजु नआए सम्म बिहे नगर्ने कुरा गर्छे |   सानीको मायाले पनि होला त्यो केटाले पनि पैसा पठाएर धेरै प्रयाश गर्छ सानीको दाजुलाइ जेलबाट छुटाउन उस्ले चिनेको सबै साथी भाइलाई कुरा बुझ्न र दाजुको बारेमा खबर पठाउन अनुरोध गरिरहेको हुन्छ | यस्तो गर्दा गर्दै यो साल पनि बित्छ फेरी दशैँ सुरु हुन्छ लगतै केही दिनमा तिहार सुरु हुन्छ यसपाली त दाजु पक्कै फर्केर आउनु हुन्छ भनेर सानी सयपत्री र मखमली माला उनी सप्तरंगी टिका थालि भरी सजाएर मिठाइ फलफुल एक भाडोमा तोरीको तेल र दुबो सजाई पानसमा दियो बालेर कुरेर बस्छे तर ......   तर दियो बल्दा बल्दै निब्छ यो कस्तो अनर्थ भो भनी फेरी पनि दियो हतार हतार बाल्छे तर केही समय पछी एउटा खबर आउछ सानीको दाजुले त सदाको लागी यो संसार त्यागेर बिदा लिई सकेको हुन्छ जेल भित्र नै | उन्लाई आत्मा घाती रोगले छुटकारा दिएको हुन्छ .. यो खबरले सानी बिहोस हुन्छिन् जब सानीको होस् खुल्छ सानी पुरै एक्लो हुन्छिन दाजुको भर थियो दाजु पनि नभए पछी सानीले त्यही घरमा बिहे गरेर बस्छ तर जब जब भाइ टिका आउछ सानी अझै पनि मखमली माला र सप्तरङ्गी टिका थालीमा सजाएर दाजु आउनु हुन्छ भनेर कुरेर बस्छिन् |   ☆•*¨★ S.P ★¨*•☆    कथा लेख्ने प्रयास कतो पो रह्यो ?